Advertisement
Advertisement

एनसिसीले प्रदेशसँगको विवादलाई टुङ्गो लगाउँदै नोभेम्बर १७ मा सलनालको कार्यक्रम सहजिकरण गर्ने

Advertisement
Advertisement

विशाल आवाज:नेपाली सम्पर्क समिति(एनसीसी) गणतन्त्र कोरियाले  प्रदेश संस्थाहरूबीचको विवादलाई टुङ्गो लगाउँदै  सलनालको अवसरमा  हुने कार्यक्रम हरुको सहजीकरण नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा गर्ने भएको छ।

गत शनिबार का दिन दोङ्देमुनको नाना रेस्टुरेन्टमा एनसिसिका अध्यक्ष हरि प्रसाद खनालको अध्यक्षतामा एनसिसीका प्रतिनिधी सहित र सुदूरपश्चिम, पूर्वी नेपाल, कर्णाली,गण्डकी, बागमती,लुम्बिनी ६ वटै  प्रदेश समाजका अध्यक्ष सहित भौतिक बैठक(बागमती प्रदेश एकता समाजका अध्यक्ष बीपी पौडेल मेसेन्जर अनलाईन माध्यमबाट जोडिनुभएको)  बसी नया अबधारणा र सहमति पत्र सहित निर्णय गरिएको हो।

यस अघिनै अप्रिल १ तारिखका दिन एनसीसी, प्रदेश र आदिवासी जनजाति महासङ्घ बीच जुम भर्चुअल माध्यम वाट बसेको बैठक द्वारा नै आदिवासी जनजाति महासंघका अध्यक्ष बिसन राईले सलनाल तथा छुसकका  ठूला दिवा सांस्कृतिक कार्यक्रममा समन्वय गरिने भनि सहमति दिइसक्नुभएको एनसीसी महासचिव दीपक थापा मगरले विशाल आवाजलाई बताउनुभयो। 

सबैको निर्णय बमोजिम प्रदेश र आदिवासी महासंघ बाट  बाँडफाँड भएर आएका कार्यक्रम हरूको समय तालिका नेपाली सम्पर्क समितीले मिलाएर कार्यक्रम ‌सहजीकरण गर्ने जनाइएको छ। यसैको निर्णय अनुरूप नेपाली सम्पर्क समिति दक्षिण कोरियाले  यही नोभेम्बर १७ तारिख  आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभा हलमा एक कार्यक्रम गरी कोरियाको महान चाड सलनालको अवसरमा गरिने  कार्यक्रम हरुको सहजीकरण गर्ने भएको छ।

यसअघि सबै संस्थाहरूको  छाता संस्थाको रुपमा मान्दै आइएको नेपाली सम्पर्क समिति आगामी दिनबाट छाता संस्था भन्दा पनि सबै संस्थाहरूको साझा संस्थाको रूपमा मानेर जाने समेत बैठकमा निर्णय भएको छ।  यसैगरी कार्यक्रम बाँडफाँड प्रदेशले गर्ने र प्रदेशले बाँडफाँड गरेको कार्यक्रमलाई एनसीसीले सहजीकरण गर्ने  समेत बताइएको छ। 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×