नेपालका भिजन तामाङले दक्षिण कोरियामा भएको चौधौँ अन्तर्राष्ट्रिय ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।
अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आइओएफटीसीको आयोजनामा भएको प्रतियोगिताको पुरुष ४० केजी मुनि भिजनले स्वर्ण पदक जितेका हुन्।
दक्षिण कोरियाको क्युन्मिङ विश्वविद्यालयमा भिजनले सेमिफाइनलमा अमेरिका र फाइनलमा फिलिपिन्सका खेलाडीलाई पराजित गरी नेपाललाई स्वर्ण दिलाएका थिए । नेपालबाट सहभागी भिजन एक्लो खेलाडी हुन् भने भजिन्द्र क्षेत्रीले भिजनको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
प्रतियोगितामा नेपालसहित आठ राष्ट्रका ६ सय ५० खेलाडीको सहभागिता रहेको बताइएको छ। विजेतालाई आइओएफटीसीका निर्देशक दिवाकर महर्जन। प्रतियोगिता संयोजक राजु क्षेत्री लगायतले एक कार्यक्रम बीच पुरस्कृत गरेका थिए। ...
७ भाद्र २०८१, शुक्रबार ११:५२७ भाद्र २०८१, शुक्रबार ११:५२७ भाद्र २०८१, शुक्रबार ११:५२ by विशाल श्रेष्ठNo Comments
स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली (लिजा)मा उत्कृष्ट भएका २५ गाउँपालिकामध्ये सबैभन्दा बढी ११ वटा नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र नेकपा एमालेले नेतृत्व गरेका सात सात वटा गाउँपालिका उत्कृष्ट २५ मा परेका छन् ।
संघीय मामिला तथा सामान्य विकास मन्त्रालयले सार्वजनिक गरेको नतिजामा उत्कृष्ट २५ मध्ये ११ वटा गाउँपालिकाको नेतृत्व माओवादी केन्द्रका अध्यक्षहरुले गरेका छन् । जसअनुसार वेनिघाट रोराङ्ग धादिङ्ग उत्कृष्ट भएको छ, जसको नेतृत्व नेकपा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया‘विवेक’ले गर्नुभएको छ ।
त्यस्तै माओवादी केन्द्रका यदु ज्ञवालीले नेतृत्व गरेको रुरुक्षेत्र गुल्मी, प्रकाश विष्टले नेतृत्व गरेको राप्ती गापा दाङ, शुक्र चुमानले नेतृत्व गरेको आवुखैरेनी तनहुँ, गणेशबहादुर थापाले नेतृत्व गरेको भगवतीमाई दैलेख, विमर्श...
६ भाद्र २०८१, बिहीबार १४:२६६ भाद्र २०८१, बिहीबार १४:२६६ भाद्र २०८१, बिहीबार १४:२६ by विशाल श्रेष्ठNo Comments
नेपालमा दशैँको फूलपातीमा प्रदर्शन तयारीमा रहेको यस वर्षको प्रतिक्षित नेपाली फिल्म “छक्का पञ्जा ५” दक्षिण कोरियामा पनि प्रदर्शन हुने भएको छ।
दक्षिण कोरियामा रहेको दोलखाली समाज ले दीपाश्री निरौला निर्देशित फिल्म को प्रदर्शन अधिकार पाएसँगै दक्षिण कोरियामा पनि दशैंको छेको पारेरै प्रदर्शन हुने दोलखा समाजका सल्लाहकार सरोज केसीले विशाल आवाजलाई बताउनुभएको छ।
सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदैछ
दीपक राजगिरी र वर्षा शिवाकोटी स्टारर फिल्म दसैं फूलपातिको छेकोमा असोज २४ मा रिलिज हुँदैछ । आमा सरस्वती मूभिज र आइएमइको ब्यानरमा निर्माण भएको फिल्ममा माग्ने बुढा र निर्मल शर्मा कार्यकारी निर्माताको रुपमा छन् ।
सोही मितिमा नेपालमा प्रदर्शन हुन लागेको बिराज भट्टको बहुप्रतिक्षित चलचित्र “१२ गाउ” पनि कोरिया प्रदर्शन हुदै...
६ भाद्र २०८१, बिहीबार १२:०६६ भाद्र २०८१, बिहीबार १२:०६६ भाद्र २०८१, बिहीबार १२:०६ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ :कोरिया स्थित किम्हे शहरमा रहेको नेपाली नारीहरुको संस्था सिस्टरहुड कोरियाले आउँदो सेप्टेम्बर १ तारिक "हरितालिका तीज विशेष कार्यक्रम २०२४" आयोजना गर्ने भएको छ । "किम्हे सिजाङ - न्यू लिटल इन्डियाको हल" मा तीजको अवसरमा दर खाने कार्यक्रम र विविध साँस्कृतिक कार्यक्रम सहित बिहान ११ देखि साँझ ६ बजेसम्म उक्त कार्यक्रम हुने भएको हो ।
प्रवासमा नेपाली कला र सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने मात्र नभएर माइतीबाट टाढा रहेका विशेषत: नेपाली चेली तथा दिदीबहिनीहरुको न्यास्रोपन मेटाउन, कोरियाको किम्हे, बुसान, मासान, छाङ्वन लगायत आसपास छरिएर बस्नुहुने दाजुभाई तथा दिदीबहिनीहरुको ब्यापक सहभागिता रहने अपेक्षा राख्दै नेपालीहरुबीच आपसी सहयोग, सद्भाव र भाईचारा अभिवृद्धि गर्ने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
"Together We Can" भन्ने मूल नारालाई अनुशरण गर्द...
५ भाद्र २०८१, बुधबार १०:५४५ भाद्र २०८१, बुधबार १०:५४५ भाद्र २०८१, बुधबार १०:५४ by विशाल श्रेष्ठNo Comments
आउदो छुसकको अवसर पारेर सुदूरपश्चिम समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिकका दिन “सेती महाकाली देउडा साँझ भाग-५” नामक सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ।
सुदूरपश्चिम समाजले कोरियाको महान चाड छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक आईतवारका दिन राजाधानी सौलमा दिउसो ४ बजेदेखी बिहान २ बजे सम्म ख्याती प्राप्त देउडा गायक गायिका र सर्जकको साथमा कार्यक्रम गर्ने भएको हो । समाजले आफ्नो २० बर्षको इतिहासमा पहिलोपटक “हाम्रो गौरव हाम्रो सान हाम्रो संस्कृति हाम्रो पहिचान” भन्ने नारा जारी गरि कार्यक्रम आयोजना गर्न लागेको आयोजकले जनाएको छ।
कार्यक्रम आयोजनाको उद्देश्य सुदूरपश्चिमको भाषा, कला र संस्कृतिको संरक्षण, सम्बर्द्धन तथा अन्तरार्ष्ट्रिय स्तरमा प्रचारप्रसार तथा आपतकालीन राहतकोष स्थापना रहेको सुदूरपश्चिम समाजका अध्यक्ष दिल बहादुर मडैले बिशाल आवाज लाई बताउनु भएको छ।
आयोजकले कोरिया...
५ भाद्र २०८१, बुधबार १०:२९५ भाद्र २०८१, बुधबार १०:२९५ भाद्र २०८१, बुधबार १०:२९ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रोजगारि गरि नेपाल फर्किएर बिभिन्न उद्योग व्यावसाय गरिरहेका रिटर्निहरुको भेला तथा अन्तरकृया कार्यक्रम सप्पन्न भएको छ । रुपन्देहि जिल्लाको योगिकुटि स्थित दरवार लावनमा मंगलवार सम्पन्न भेलाले गम्भिर गुरुङको सम्योजकत्वमा २१ सदस्यीय तदर्थ समिति निर्माण गरेको छ । साथै भेलाले "नेपाल कोरिया साना तथा मझौला व्यावसायिक परिषद" गठन गरि छिटो भन्दा छिटो दर्ता प्रकृयामा जाने निर्णय समेत गरेको छ ।
नेपाल र कोरिया ,दुइ देशको व्यापार र व्यावसायलाइ जोड्दै स्वदेशमा रोजगारि सृजना गरि देशको आर्थिक विकासलाइ टेवा पुर्याउने उदेश्यका साथ गठन गरिएको उक्त संस्थाले कोरियाबाट फर्केर व्यावसायमा आवद्व सम्पुर्ण रिटर्निहरुलाइ एकतावद्व गर्दै समुहिक लगानि तथा व्यावसायका संभावनाको खोजी गर्ने बताएको छ ।
उल्लेख्य व्यावसायिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा दक्षिण कोरिया तथा नेपालमा लामो समय देखि व्यावस...
५ भाद्र २०८१, बुधबार ०९:१५५ भाद्र २०८१, बुधबार ०९:१५५ भाद्र २०८१, बुधबार ०९:१५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको जेजु प्रान्त स्थित माउण्ट एभरेष्ट रेस्टुरेन्टले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा सेप्टेम्बर ७ तारिक जेजुमा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्टमा “माउण्ट एभरेष्ट जेजु तीज धमाका" आयोजना गर्ने भएको छ ।
पछील्ल्लो समय कोरियाको जेजुदो प्रान्तमा पनि नेपाली चेलीबेटी हरुको उल्लेख्य मात्रामा सँख्या बढे संगै माउण्ट एभरेष्ट रेस्टुरेन्टले महिला दिदिबहिनी हरुलाई लक्षित गरेर परदेशमा रहेपनी घरदेशको तिर्सना मेटाइ कला, सस्कृति जोगाउन तीज बिशेष कार्यक्रम आयोजना गरिएको रेस्टुरेन्ट संचालक सुरक्षा शर्माले बिशाल आवाज लाई जानकारी दिनुभयो। कार्यक्रम , सेप्टेम्बर ७ तारिक (शनिबार) का दिन जेजुदोको 제주시 중앙로 7 길9 2 충 मा रहेको माउण्ट एभरेष्ट रेस्टुरेन्ट मा साझ ७:३० बजे देखि बिभिन्न सास्कृतिक कार्यक्रमको बेजोड प्रस्तुती संगै नेपाली बिभिन्न परीकार र दरको परिकारको साथमा सन्चालन हुनेछ ।
...
२ भाद्र २०८१, आईतवार १३:२८२ भाद्र २०८१, आईतवार १३:२८२ भाद्र २०८१, आईतवार १३:२८ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया अध्ययनका लागि गोल्डेन इमिनेन्टद्धारा भदौ ४ गतेदेखि शैक्षिक मेला शुरु
चितवन, भदौ २ गते । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।
शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि य...
२ भाद्र २०८१, आईतवार ११:५१२ भाद्र २०८१, आईतवार ११:५१२ भाद्र २०८१, आईतवार ११:५१ by विशाल श्रेष्ठNo Comments
रोजगारीका लागि कोरिया जाने श्रमिकका लागि हवाई कम्पनी छनोट प्रक्रिया अवरुद्ध भएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस कोरिया शाखाले २७ असारमा टेन्डर आह्वान गरेको थियो । तर कोरियन एयरको नेपाली एजेन्टले हालेको मुद्दामा सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश दियो, यसले कोरिया जाने श्रमिकहरु सामान्यभन्दा दोब्बर भाडा तिरेर कोरिया जानुपर्ने बाध्यता कायमै रहने भएको छ ।
ईपीएस कोरियन भाषा पास गरेर हरेक वर्षमा १२ देखि १५ हजार श्रमिक कोरियामा रोजगारीका लागि पुग्छन् । सरकारले गरेको सम्झौता अनुसार कोरिया जाने श्रमिकहरु कोरियन एयरमार्फत नै जानपर्छ । एकतर्फी टिकटका लागि ८९५ अमेरिकी डलर अर्थात् करिब १ लाख २० हजार रुपैयाँ तिर्नुपर्छ ।
जबकी नेपाल एयरलाइन्स्का साथै थाई, क्याथे प्यासेफिक, विस्तारा लगायतका एयरलाइन्सले यो रुटमा एकतर्फी भाडा न्यूनमत ३१ हजारसम्म लिने गरेका छन् ।
ईपीएस कोरिया शाख...
३१ श्रावण २०८१, बिहीबार १०:१५३१ श्रावण २०८१, बिहीबार १०:१५३१ श्रावण २०८१, बिहीबार १०:१५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको प्रस्तुतिमा सेप्टेम्बर १६ तारिख बेलुकि ८ बजेबाट हुने याक्थुम रैथाने मेलोडी नाइटमा अहिलेको युवा पुस्ताको चर्चित गायक छेवाङ लामा देखि लाइभ डिजेले माहोल तताउने भएको छ।
चुम्लुङ हिम/सेल्टर व्यवस्थापन सहयोगार्थ कोरियाको मुख्य चाड छुसक को अवसर पारि किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख छेवाङ लामा सहित विभिन्न कलाकारहरूको साथमा 서울시 중구 퇴계로 217 충무로 4가 (진양상가 2 층) Seoul metro lino no.4 충무로역 Exit 8 सौलमा “याक्थुम रैथाने मेलोडी नाइट” आयोजना गर्ने भएको हो।
कि.या.चु दक्षिण कोरियाले सन २००८ देखि कोरियामा काम छोडेर बेरोजगारी रहुन्जेल सम्म बस्नकोलागी चुम्लुङ हिम/शेल्टर निरन्तर रुपमा सन्चालन गर्दै हजारौं(पुर्व मेची देखि पश्चिम महाकाली सम्म) नेपाली लाई सहयोग गर्दै आइरहेको छ । यहि शेल्टर लाई निरन्तरता दिन हरेक महिनाको शेल्टरक...