Advertisement
Advertisement

Breaking news 1

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

सियोलमा महाभियोगको निर्णय अघिको सुरक्षा सतर्कता: कोरियामा बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह/ नेपाल राजदुतावास समेत बन्द हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सियोल, अप्रिल २, २०२५ — सियोल महानगर सरकारले राष्ट्रपति युन सुक योलको महाभियोग सम्बन्धी संवैधानिक अदालतको निर्णय सार्वजनिक हुनुअघि कडा सुरक्षा सतर्कता अपनाएको छ। कोरियामा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई यस सन्दर्भमा सावधानी अपनाउन र भिडभाड क्षेत्रबाट टाढा रहन विशेष आग्रह गरिन्छ । निर्णय यही शुक्रबार, अप्रिल ४, बिहान ११:०० बजे सार्वजनिक गरिने भएकाले सियोलको जोंगनो-गु र जुंग-गु जिल्लाहरूलाई ‘विशेष अपराध निवारण क्षेत्र’ घोषित गरिएको छ। अदालत वरपरको क्षेत्रको यातायातमा कडाइ गरिनेछ भने नजिकका दरबार, संग्रहालय, विद्यालयहरू अस्थायी रूपमा बन्द गरिनेछन्। त्यसैगरी, सबवे लाइन ३ अन्तर्गतको अङ्गुक स्टेशनको सेवा बन्द गरिनेछ र अन्य नजिकका सबवे स्टेशनहरू पनि स्थिति अनुसार बाइपास गरिन सक्ने सियोल महानगर सरकारले जनाएको छ। शुक्रबारदेखि आइतबारसम्म सहरभरि भिडभाड, ट्राफिक र सम्भावित प्रदर्शन हुने भ...
तनहुँ समाज दक्षिण कोरियाले आन्तरिक वनभोज कार्यक्रम साथै १५ औँ अधिवेशन समारोह ‌गर्दै

तनहुँ समाज दक्षिण कोरियाले आन्तरिक वनभोज कार्यक्रम साथै १५ औँ अधिवेशन समारोह ‌गर्दै

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियाको सक्रिय संस्था तनहुँ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिखका दिन सउलमा आन्तरिक वनभोज कार्यक्रम २०२५ साथै १५ औँ अधिवेशन समारोह एवं मौलिक कौडा नृत्य प्रस्तुति गर्ने भएको छ।  “आपसी मेलमिलाप, सद्भावना र सहभागिता आजको एकता नै प्रवासीको आवश्यकता” भन्ने नारासहित दक्षिण कोरियामा रहेको तनहुँ समाज दक्षिण कोरियाले 서울시 광복구 우이동 산 75번지 먹거리마을 मा आन्तरिक वनभोज कार्यक्रम २०२५ साथै १५ औँ अधिवेशन समारोह एवं मौलिक कौडा नृत्य प्रस्तुति गर्ने भएको छ।    विभिन्न नेपाली परिकार सँगै विविध सांस्कृतिक कार्यक्रम र आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको कार्यक्रममा सहभागिता जनाउनका पुरुषको लागि ७० हजार वन र महिलाको लागि ५० हजार वन र दक्षिण कोरिया प्रवेश गरेको छ महिनाभन्दा कम समय भएको विद्यार्थीहरूका लागि ३० हजार वन प्रवेश शुल्क तोकिएको छ।  बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा प...
एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा, उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्दै

एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा, उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:एनआरएनए दक्षिण कोरियाको आयोजनामा  अप्रिल ६ तारिख आइतबारका दिन आजु विश्वविद्यालय सुवन दक्षिण कोरियामा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको तयारी पूरा भएको छ भने उपाधि का लागि २० टिम प्रतिस्पर्धा गर्नेछन्। दक्षिण  कोरियामा रहेका नेपाली हरु लाइ खेलको माध्यम बाट जोड्ने हेतुले गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाको आयोजनामा अप्रिल ६ तारिख आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयमा हुने एनआरएनए कप भलिबल टुर्नामेन्टको सम्पुर्ण तयारी भएको हो भने प्रतियोगितामा आयोजक सहित २० टिम ट्रफिका लागि भिड्नेछन्। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ४०लाख र २०  लाख कोरियन वोन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले  १ लाख वन प्रमाण पत्र प्राप्त गर्नेछ भने  उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेर...
परोपकार सेवा समिति पटकाङद्वारा मृगौला पीडित रोमलाललाई रु. ७ लाख सहयोग रकम हस्तान्तरण

परोपकार सेवा समिति पटकाङद्वारा मृगौला पीडित रोमलाललाई रु. ७ लाख सहयोग रकम हस्तान्तरण

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
स्याङजा जिल्ला गल्याङ नगरपालिका वडा नम्बर ७ मुलीबास स्थायी रुपमा बसोबास गर्दै आउनुहुने वर्ष ३३ का रोमलाल थापालाई विगत केही महिना अगाडि Universal College of Medical Science Hospital भैरहवाले दुवै मृगौला फेल भएको पुष्टि गरेको थियो। विवाहित रोमलाल को परिवारमा श्रीमती,वृद्ध आमा र २ बच्चा रहेका छन। घरको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र परिवार उनकै कमाइमा आश्रित रहेकाले उनको स्वास्थ्य समस्या पश्चात सिङ्गो परिवार नै पीडामा छटपटाईरहेको थियो। "सहयोगी भावना सबैलाई मान,एकता र सद्भाव हाम्रो पहिचान" भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै रोमलालको उपचारको लागि पटकाङ - कोरिया प्रवासी मञ्चको विशेष सक्रियता र परोपकार सेवा समिति पटकाङको संयोजनकारी भूमिकामा रोमलाल थापा बचाऔं अभियान शुभारम्भ गरी देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइहरू समक्ष आर्थिक सहयोग सङ्कन गर्न आह्वान गरिएको थियो। करिब १ महिना सम्म ...
उरी बैंकले अब विदेशीहरूलाई पनि रोजगारीको लागी सहयोग गर्ने 

उरी बैंकले अब विदेशीहरूलाई पनि रोजगारीको लागी सहयोग गर्ने 

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
उरी बैंकले दक्षिण कोरियाको प्रमुख रोजगार खोज प्लेटफर्म 'जब कोरिया' सँग व्यापार सम्झौता गरेको छ। जसको उद्देश्य कोरियामा बसोबास गर्ने विदेशी नागरिकहरूलाई रोजगार खोज्न सहयोग गर्नु हो। बैंकका अनुसार, यस वर्षको पहिलो अर्धबीर्षीकी देखि कोरियामा रोजगारी खोजिरहेका विदेशी नागरिकहरूले उरी बैंकको विदेशी ग्राहकहरूका लागि विशेष प्लेटफर्म Woori WON Global मार्फत द्वारा प्रदान गरिने रोजगारी सूची र भ्याकेन्सी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्। उक्त मोबाइल बैंकिङ सेवा विदेशी ग्राहकहरूलाई १७ भाषामा खाता जानकारी, रकम स्थानान्तरण, अन्तर्राष्ट्रिय रेमिट्यान्सजस्ता वित्तीय सेवाहरू सहज रूपमा उपलब्ध गराउनुका साथै प्रस्थान परिपक्वता बीमा सेवासहित दैनिक जीवनका अन्य आवश्यक सेवाहरू प्रदान गर्न डिजाइन गरिएको छ।...
दक्षिण कोरियाली संसदले महाभियोग लगाएका कार्यबाहक राष्ट्रपतिलाई अदालतले गरिदियो पुनर्बहाली

दक्षिण कोरियाली संसदले महाभियोग लगाएका कार्यबाहक राष्ट्रपतिलाई अदालतले गरिदियो पुनर्बहाली

Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको संसदले महाभियोग लगाएको कार्यवाहक राष्ट्रपतिलाई अदालतले पुनर्बहाली गराएको छ। राष्ट्रपति युन सुक योललाई महाभियोग लगाइएपछि त्यतिबेला प्रधानमन्त्री रहेका हान डक सू कार्यबाहक राष्ट्रपति बनेका थिए। सैनिक कु गर्ने असफल प्रयास गरेका राष्ट्रपति युनको महाभियोग अदालतबाट अगाडि बढ्ने प्रक्रिया रोकेको भन्दै दक्षिण कोरियाली संसदले कार्यबाहक राष्ट्रपति बनेका हान डक सूलाई पनि महाभियोग लगाएको थियो। त्यसमा तीन महिनापछि निर्णय सुनाउँदै संवैधानिक अदालतले हान डक सुलाई कार्यबाहक राष्ट्रपतिमा पुनर्बहाली गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। अदालतले पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै उनीहरूको प्रशंसा गरे। ' बदलिँदो विश्व परिस्थितिकाबीच दक्षिण कोरियालाई विकासको बाटोमा निरन्तर लैजान अब हामी सँग...
बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो बनभोज कार्यक्रम मे ३ र ४ मा गर्दै

Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था बाग्लुङ समाज दक्षिण कोरियाले बर्सेनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ। आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका बाग्लुङ्गेहरुको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरियाले मे ३ र ४ तारिख 진성농원 펜션 मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो। बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि बाग्लुङ्गे ‌लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष राजु नेपालीले विशाल आवाजलाई बताउनुभयो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि कोरिया बासि नेपा...
कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संस्थाको असंलग्नता, आयोजकले निकाले विज्ञप्ति

कोरिया होलि महोत्सवको उच्छृङ्खल घटनाको गतिविधिमा संस्थाको असंलग्नता, आयोजकले निकाले विज्ञप्ति

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर‌ आपत्ति जनाउँदै आयोजक संस्थाले प्रेस विज्ञप्ति निकालेको छ। दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रममा कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध समेत गरेको छ। ...
Fonemoney कोरियामा करोडपति” बन्ने अवसर मार्च मसान्त सम्म

Fonemoney कोरियामा करोडपति” बन्ने अवसर मार्च मसान्त सम्म

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाबाट नेपाल पैसा पठाउदा 1 करोड Won जित्न यही वर्षको मार्च महिनाभरि रहेको छ। Fonemoney रेमिटयान्सबाट बैंक , क्यास वा वालेटमा पैसा पठाउने मध्येबाट १ जना कोरियामा करोडपति बन्नेछन।  यसको लागि Fonemoney एप प्रयोग गरेर नेपाल पैसा पठाउनु पर्ने छ। Fonemoney साथमा 1 करोड हातमा योजना अन्तर्गत दक्षिण कोरियाबाट पैसा पठाउने मध्येबाट यो छनौट गरिनेछ। Fonemoney मा ३३ जनाले पाए पैसा डबल  Fonemoneyको हरेक हप्ता पैसा डबल योजना अन्तर्गत अहिले सम्म ३३ जनाको पैसा डबल भएको छ। जसको घोषणा हरेक हप्ता सोमबार Fonemoneyले फेसबुक लाईभ मार्फत जानकारी गराउदै आएको छ । ७ दिनमा पैसा डबल हुने यो योजना पनि मार्च महिनाभरि रहनेछ । दक्षिण कोरियामा Fonemoneyले छोटो समयका नेपालीहरको रोजाईमा परेको छ । Fonemoneyको Device Detector सिस्टमको कारणले पनि यसको विश्वसनियता बढदै गएको छ ।  Fonemoney रिफर गर्नेलाई पन...
चलचित्र “अन्जिला” को दक्षिण कोरिया ह्वासङ सो मार्च २३ मा

चलचित्र “अन्जिला” को दक्षिण कोरिया ह्वासङ सो मार्च २३ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आइरहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियाको ह्वासङमा पनि मार्च २३ तारिख प्रदर्शन हुने भएको छ।  महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजनामा मार्च २३ तारिख आइतबारका दिन ह्वासङसीमा प्रदर्शन हुने भएको हो। ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सहजीकरणमा ह्वासङसीमा रहेको फारान स्थित साराङ फाङमा मा मध्यान्ह १२ बजे च्यारिटी शोको रूपमा प्रदर्शन गरिने चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप १५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ। नेपाल ल...