काठमाण्डौं । वैदेशिक रोजगारीको क्रममा कुवेतमा काम गर्दा गर्दै बोनम्यारो क्यान्सर भएका कवि नवराज न्यौपानेको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ आगामी जेठ–१९ गते शनिवार काठमाण्डौंमा विमोचन गरिने भएको छ । करिव दुई वर्ष देखी क्यान्सर रोगसंग लडिरहेका कविको उपचार खर्च सहयोगार्थ उनकै कविता संग्रह सार्बजानिक गर्न लागिएको हो ।
ललितपुरको ब्लड हस्पिटलमा उपचार गराइ रहेका नवराजको तेह्रौँ किमो भर्खरै सकिएको छ । हरेक २८ दिनमा किमो गर्नु पर्ने र यो उपचार बिधी महँगो हुने भएकाले आफ्ना कविता संग्रहहरु खरिद गरी सहयोग गर्न कविले सबैलाइ अनुरोध गरेका छन् । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोईट आईडल सो’ मा समेत सहभागी भएका कवि नवराजको यस अगाडी पनि कविता संग्रह सपनाका लहरहरु भाग १ र २ प्रकाशति भइसकेका छन् भने उनका केही गितहरू रेकर्डेट भएका छन्।
क्यान्सर जस्तो रोगसँग झुधिरहेका कवि नवराजको मनोबल बढाउन र ...
१६ जेष्ठ २०८१, बुधबार २३:४५१६ जेष्ठ २०८१, बुधबार २३:४५१६ जेष्ठ २०८१, बुधबार २३:४५ by विशाल श्रेष्ठNo Comments
सउल/दक्षिण कोरिया:नेपाली जनसम्पर्क समिति दक्षिणले बृहत अन्तर्क्रिया तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ। नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा नेपाली काङ्ग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र पार्टीका केन्द्रीय सदस्य किरण पौडेलको विशेष आतिथ्यता रहने उक्त कार्यक्रममा नेपालमा भएको समसामयिक राजनीतिक घटनाक्रम,प्रबासमा नेपाली दाजुभाई दिदी-बहिनीहरुको अबस्था लगायतका विविध बिषयमा गहन छलफल हुने बताइएको छ।
गत हप्ताको आईतबार मे महिनाको १९तारिक आईतबार जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा बसेको कार्यसमिति र सल्लाहकारहरूको बैठकले जुलाई महिनाको २८तारिक आईतबार कार्यक्रम गर्ने निर्णय गरेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन्।
कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन र कार्यक्रमको सम्पूर्ण तयारी सहितको रूपरेखा निर्माण गर्दै नयाँ ढङ्गले सबै राजन...
१६ जेष्ठ २०८१, बुधबार ०५:२०१६ जेष्ठ २०८१, बुधबार ०५:२०१६ जेष्ठ २०८१, बुधबार ०५:२० by विशाल श्रेष्ठNo Comments
उत्तर कोरियाले हिजो २८ तारिक रातिदेखि दक्षिण कोरिया तर्फ ठूलो मात्रामा बेलुनहरू फालिरहेको छ आजसम्म ख्यङिदो लगायत देशभर करिब १५० बेलुनहरू फेला परेका छन्।
दक्षिण कोरियालाई निशाना बनाएर फालेका उत्तर कोरियाका बेलुनहरू घर हरु भएको क्षेत्रमा मात्र नभई सडक र खुला ठाउँमा पनि भेटिएका छन । यस अघी सन २०१६ मा पनि उत्तर कोरियाले पठाएका यस्ता फोहोर बेलुनले सवारी साधन र घरहरूलाई क्षति पुर्याएको थियो
अहिले पठाएका १५० बेलुनहरू मध्ये केही भुइँमा खसे, भने अन्य उड्न जारी राखइरहेको श्रोतले जनाएको छ।ज्वाइन्ट चिफ अफ स्टाफका अनुसार, सेनाको केमिकल, बायोलोजिकल र रेडियोलोजिकल र्यापिड रेस्पोन्स टीम (सीआरआरटी) र एक्सप्लोसिभ अर्डनेन्स डिस्पोजल (ईओडी) लाई भुइँमा खसेको बेलुन सङ्कलन गर्न पठाइएको र फोहोर हरु फोहोरको सरोकारवाला निकायले विस्तृत विश्लेषण गरिरहएको बताएका छन
उत्तर कोरियाक...
१३ जेष्ठ २०८१, आईतवार १४:२११३ जेष्ठ २०८१, आईतवार १४:२११३ जेष्ठ २०८१, आईतवार १४:२१ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ बाग्लुङ समाज दक्षिण कोरियाको आयोजनामा सलनालको दोश्रो दिन भएको “धौलागिरी सांगितिक सौगात भाग-४” को आय-व्यय सार्वजनिक भएको छ।
बाग्लुङ समाज दक्षिण कोरियाद्वारा दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा आइतबार धौलागिरी सांगीतिक सौगात भाग-४ को सम्मान,धन्यवाद ज्ञापन तथा आयव्यय सार्वजनिक कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा आर्थिक संयोजक राजु नेपालीले धौलागिरी सांगीतिक सौगात भाग ४ को आय व्यय सार्वजनिक गर्दै सबै खर्च कटाएर लगभग साढे २ करोड वन बचत भएको जनाउनुभयो। आर्थिक सहयोग (फ्रेम सङ्कलन) वाट ४ करोड ९ लाख ८४ हजार ६४८ वन , टिकट बिक्री बाट २ करोड ६० लाख १० हजार वन, स्पोन्सर तथा खाजा बिक्रीबाट २६ लाख वन, संस्थागत सहयोगबाट १९ लाख ६५ हजार वन गरि जम्मा ७ करोड १५ लाख ५९ हजार...
१३ जेष्ठ २०८१, आईतवार ०५:१७१३ जेष्ठ २०८१, आईतवार ०५:१७१३ जेष्ठ २०८१, आईतवार ०५:१७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवास संगठन अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको संगठन पुनर्गठन एवं पिकनिक कार्यक्रमबाट डम्बर सुब्बा (डम्बर कुमार लिम्बु) को प्रमुखत्व मा नयाँ कार्यसमिति पुनर्गठन भएको छ।
“परिवर्तनमा तपाईँ हाम्रो एकता, राष्ट्र निर्माणमा प्रवासको सहभागिता” भन्ने मूल नाराका साथ स्थापित प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको मे २५ र २६ तारिखका दिन गणेश तिमल्सिनाको संयोजकत्वमा छनान् मा सम्पन्न भएको पुनर्गठन तथा पिकनिक कार्यक्रम बाट डम्बर सुब्बाको प्रमुखत्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो। कविराज लिम्बु उपप्रमुख रहेको कार्यसमितिमा सचिवमा हरिप्रसाद भण्डारी, कोष नियन्त्रकमा रुक्माङ्गत पौडेल र सदस्यहरूमा राजकुमार घलान,बीरबल खड्का,अर्जुन बराली, सन्तोष डंगोल,रमा दुलाल ,वीरबहादुर तामाङ, जगदीश कुमार शाह रहेका छन्।
दक्षिण कोरियामा विभिन्न पेश...
११ जेष्ठ २०८१, शुक्रबार ०७:१७११ जेष्ठ २०८१, शुक्रबार ०७:१७११ जेष्ठ २०८१, शुक्रबार ०७:१७ by विशाल श्रेष्ठNo Comments
काठमाडौं– गायक सुवास खत्री र गायिका शान्ति श्री परियारको स्वरमा ‘आधा विर्को’ सार्वजनिक गरिएको छ ।
सुजित खत्रीको शब्द तथा लय सिर्जना सुजित खत्री र दिलिप धड्कन थेगो , विश्वास नेपालीको एरेन्ज गीतमा रहेको छ । मायालुले आफु छोडि जादाँको विछोडको पललाई गीतमा समावेश गरिएको छ । आफुले हृदयको कुनामा राखेको मायाबाट टाडा जानुपर्दाको विसम परिवेशलाई गीतमा चित्रण गरिएको छ । बुद्ध थापाको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा विशाल घिमिरेको निर्देशनमा भिडियो निमार्ण गरिएको छ । बद्रि प्रसाद तिवारी र रचना न्यौपानेको अभिनयलाई गीतमा देख्न सकिन्छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
https://www.youtube.com/embed/Kd7Q9oEy008?si=xbLxb86EYwfl6IsH...
९ जेष्ठ २०८१, बुधबार १३:३१९ जेष्ठ २०८१, बुधबार १३:३१९ जेष्ठ २०८१, बुधबार १३:३१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो जुन २ तारिखका दिन फेन्थेक मा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतकोष सहयोगार्थ” जुन २ तारिख आइतबारका दिन फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा फेन्थेकमा रहेको 평택 대학교/ 경기도평택시 서동대로 3825 (대학원 소강당)मा पहिलो शो बिहान ११:३० बजे र दोस्रो शो दिउँसो २:३० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” कोरियाभर मे २६ तारिखदेखि प्रदर्शन हुन गइरहेको छ।
फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टरले स्थापनाकालदेखि नै हरेक वर्ष नयाँ नयाँ कार्यक्रम तथा योजनाहरू गर्दै सेल्टरलाई थप व्यवस्थित एवं मर्यादित गर्दै आइरहेको छ। नेपाली नेपाली चलचित्रलाई हेरेर मनोरञ्जन लिनुको साथै सामाजिक कार्...
९ जेष्ठ २०८१, बुधबार ०९:५८९ जेष्ठ २०८१, बुधबार ०९:५८९ जेष्ठ २०८१, बुधबार ०९:५८ by विशाल श्रेष्ठNo Comments
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ ।
सानेपामा जारी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्ने भएको हो । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।
बैठकस्थलबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै नेतृ डिला संग्रौलाले आवश्यकताको उपत्यकाबाहिर प्रदर्शन गर्न थप कार्यक्रम लैजाने बताइन् ।...
७ जेष्ठ २०८१, सोमबार १२:३६७ जेष्ठ २०८१, सोमबार १२:३६७ जेष्ठ २०८१, सोमबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई सामाजिक कार्यमा पनि अग्रसर रहँदै आइरहेको छ।
मासिक रूपमा रेमिट्यान्स कम्पनीले विभिन्न स्किम आयोजना गरेर सामाजिक कार्यहरूमा पनि सहकार्य गर्दै आइरहेको छ। दक्षिण कोरियाबाट नेपालमा रकम पठाउँदा बुल्लेट बाइक देखि भेस्पा सम्म पाउने इभेन्ट सञ्चालन गरिसकेको सेन्ट- वी रेमिट्यान्सले गत मार्च महिनामा मात्र नेपाली विद्यार्थी समाज (SONSIK) सँगको सहकार्यमा मार्च महिनाको इभेन्टमा प्रत्येक कारोबारमा नेपाली रु ५० (कोरियन ५०० वन) सिधै नेपाल स्थित विपन्न विद्यार्थीहरूको शैक्षिक अवस्था सुधारका लागि जम्मा गरेर चितवनको राप्ती नगरपालिका वडा नम्बर ८ स्थित आधारभूत विद्यालयमा अध्ययनरत ७० जना विद्यार्थीहरुलाइ छात्रवृत्ति प्रदान गरिएको थियो।
यति मात्रै नभएर सेन्ट-वी रेम...
२६ बैशाख २०८१, बुधबार ११:०१२६ बैशाख २०८१, बुधबार ११:०१२६ बैशाख २०८१, बुधबार ११:०१ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :नेपाली सम्पर्क समिती(NCC) ले कोरियाको महान चाँड छुसक को अबसरमा बिभिन्न नेपाली संघ सस्थाले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम बाडफाड यही २६ तारिक सुवनमा रहेको Delhi Daba restaurant को चौथो तल्लाको कामना सभा तथा सेमिनार हलमा गर्ने भएको छ ।
गत अप्रिल 28 तारिकमा प्रादेशिक संस्था र नेपाली सम्पर्क समिति NCC को दोस्रो बिस्तारिक बैठक द्वारा सर्बसम्मत रुपमा मे 26 तारिक बाँडफाँड गर्ने मिति तय भएको हो ।कार्यक्रमका नाउमा नेपाली समाजनै बिखन्डन हुने र अस्वस्थ प्रतिस्पर्धाले फाईदा नपुग्ने हुनाले यसपाली सबैलाई मिलाएर लैजानुपर्ने सबैको आशय रहेको बताउदै सुदुर पश्चिम समाजका भिम जागृत,लुम्बिनी प्रदेश समाजका संयोजक हिमाल खनाल , कर्णाली प्रदेशका अध्यक्ष धर्मराज जोशी ,गण्डकी प्रदेश समाजका अध्यक्ष प्रविन गिरी ,बागमती प्रदेश एकता समाजका अध्यक्ष बि.पि .पौडेल ,पुर्बान्चल सरोकार समाजका महासचिव केदार न...