विशाल आवाज: नेपाली मुक्तकको विकास र विस्तारका लागि स्थापित नेपाल मुक्तक प्रतिष्ठान दक्षिण कोरिया शाखाको आइतबार भर्चुअल माध्यम जुमबाट सम्पन्न पाँचौं अधिवेशनबाट निर्दोष शिवको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ।
कार्यवाहक अध्यक्ष निर्दोष शिवको सभापतित्वमा सम्पन्न पाँचौं अधिवेशनमा प्रमुख अतिथिको रूपमा नेपाल मुक्तक प्रतिष्ठान का केन्द्रीय अध्यक्ष रामकाजी कोनेको उपस्थिति रहेको थियो भने दक्षिण कोरिया लगायत विभिन्न देशमा रहेका साहित्य क्षेत्र लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको समेत बाक्लो उपस्थिति समेत रहेको थियो। दुर्गा तिवारीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रकाश पाठकले स्वागत मन्तव्य दिनु भएको थियो भने संस्थाको प्रगति विवरण दीपकराज बन्जाडेले प्रस्तुत गर्नुभएको थियो।
रामचन्द्र शर्मा संयोजक अनि लोकराज शर्मा र विष्णु वाग्ले सदस्य रहेको निर्वाचन समितिले निर्दोष शिवको अध्यक्षतामा ...
११ मंसिर २०८१, मंगलवार ०७:०४११ मंसिर २०८१, मंगलवार ०७:०४११ मंसिर २०८१, मंगलवार ०७:०४ by विशाल श्रेष्ठNo Comments
वर्तमान समयमा मानिसहरू डिजिटल लतमा फसेका छन् । स्मार्टफोन लगायतका डिजिटल डिभाइसमा टाँस्सिइरहने बानीमा मानिसमा विभिन्न समस्याहरु पनि निम्त्याइरहेको छ । यही परिप्रेक्ष्यमा दक्षिण कोरियाले मोबाइल फोनको लत छुटाउनका लागि एउटा अनौठो उपायको खोजी गरेको छ । दक्षिण कोरियामा हरेक वर्ष एउटा यस्तो प्रतियोगिता गरिन्छ जसलाई स्पेस आउट भनिन्छ ।
९० मिनेटसम्म आफैंसँग समय बिताउने
उक्त प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले ९० मिनेटसम्म केही पनि नगरिकनै बस्नुपर्छ । उक्त अवधिमा प्रतिस्पर्धीहरूले कुनै कुराकानी, हिंडडुल वा कुनै विद्युतीय सामानको प्रयोग पनि गर्न पाउँदैनन् । उनीहरू केवल शान्त ढंगले बस्नुपर्छ र आफ्नो मुटुको धड्कलाई अधिकाधिक नियन्त्रण गर्नुपर्छ ।
स्पेस आउट प्रतियोगितामा मुटुको चालको मापनका आधारमा विजेताको छनोट गरिन्छ । मुटुको धड्कन दर अर्थात् हार्ट रेट सबैभन्दा स्थिर हुने व्यक्ति नै...
१० मंसिर २०८१, सोमबार १३:४११० मंसिर २०८१, सोमबार १३:४११० मंसिर २०८१, सोमबार १३:४१ by एलिनाNo Comments
डायस्पोरामा रहेर नेपाली भाषा तथा साहित्यको प्रवर्धन गर्नुपर्छ भन्ने उद्देश्यका साथ ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले खुल्ला कोरियाव्यापी नेपाली कविता प्रतियोगिता गर्नेभएको छ ।
कोरियाको ख्यङ्गीदो प्रान्तका ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिन क्षेत्रमा रहेका नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाजले कोरियन नयाँवर्ष सलनालको पूर्वसन्ध्यामा आउँदो जनवरी १९, २०२५ मा उक्त प्रतियोगिता गर्ने भएको छ ।
संस्थाका सल्लाहकार कवि आर एन अधिकारीको संयोजकत्वमा हुने उक्त प्रतियोगिताको पुरस्कार राशी प्रथम, द्वितिय र तृतिय स्थान प्राप्त गर्ने कवितालाई क्रमश: ३ लाख वन, २ लाख वन र १ लाख वन प्रदान गरिने छ ।
प्रतियोगिता सम्बन्धि बाँकी जानकारी छिट्टै प्रकाशन गरिने संस्थाका महासचिव ह्यारी बोण्डले जानकारी दिनुभयो ।कोरियामा रहेर नेपाली कवितामा कलम चलाउने सम्पुर्ण कविहरुला...
१० मंसिर २०८१, सोमबार १३:३०१० मंसिर २०८१, सोमबार १३:३०१० मंसिर २०८१, सोमबार १३:३० by विशाल श्रेष्ठNo Comments
सौल दक्षिण कोरिया मिन बि क:स्याङ्जा परिवार दक्षिण कोरियाले अक्षय कोष स्थापनार्थ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ। यहि डिसेम्बर २९ तारिकका दिनमा ख्यांगीदोको ह्वासङ ओसानमा प्रतियोगिता हुन लागेको स्याङ्जा परिवार दक्षिण कोरियाका अध्यक्ष सुशील गुरुङ्गले जानकारी दिनुभयो।
सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा अग्रणी संस्था स्याङ्जा परिवारले बिगतमा विभिन्न खेलको आयोजना गर्ने गरेको भएपनि ब्याडमिन्टन प्रतियोगिता भने पहिलो पटक गर्न लागेको हो। यसबाट संकलिन मुनाफालाई अक्षयकोषको रुपमा खडा गरि स्याङ्जा जिल्लाभरिका सामुदायिक बिद्यालयबाट प्रत्येक बर्ष एस ई ई परिक्षामा सर्बोत्कृष्ट हुने १ जना छात्र र १ जना छात्रालाई उत्प्रेरणा स्वरुप पुरस्कार प्रदान गर्ने संस्थाका सचिब टोजेन्द्र गुरुङले बताउनुभयो।
पुरुषहरुले भाग लिन पाउने यस प्रतियोगितामा खेलाडीहरुको लेभल अनुसार ३ लेभलका खेलहरु (A ,B ,C ) हु...
१० मंसिर २०८१, सोमबार ०६:४११० मंसिर २०८१, सोमबार ०६:४११० मंसिर २०८१, सोमबार ०६:४१ by विशाल श्रेष्ठNo Comments
निरन्तर प्रवासी श्रमिकको पेशागत हक अधिकारको निम्ति सघर्ष गरि रहने प्रवासी श्रमिकको एक मात्र सगठन प्रवासी श्रमिक सगठन (एमटीयु)ले २०२४ डिसेम्बर १५ तारिक 강북노동자 복지 센터 को हल 5층 ( Train line No 2/5 충정로역 6 번출구 ) मा २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबस मनाउने भएको छ।
आईतबार संयुक्त राष्ट्र संघद्वारा घोषित २४औ अन्तराष्ट्रिय प्रवासी श्रमिक दिबसको अवसरमा ईपिएस लगायत सबै भिषालाई (E9,E7,E7-4 ,E1 ,E8,E6 ,R2) कार्यस्थल स्वइच्छाले परिबर्तन गर्न पाउने अधिकार सुनिस्चित भएको कार्य अनुमति प्रणाली (WPS)मा रुपान्तर गर्नु पर्ने ,प्रवासी श्रमिकको अधिकार सम्बन्धित माहासन्धि अनुमोदन गर्नु पर्ने ,उचित आवासको ब्याबस्था गर्नु पर्ने, तोकिएको क्षेत्र भन्दा अन्य क्षेत्रमा कम्पनी परिबर्तन गरि काम गर्न नपाउने गरी बनाएको निर्देशिका खारेज गर्नु पर्ने ,५ बर्ष भन्दा बढी लगातार काम गर्न पाउने व्यवस्था गर्नु पर्ने ...
१० मंसिर २०८१, सोमबार ०५:२५१० मंसिर २०८१, सोमबार ०५:२५१० मंसिर २०८१, सोमबार ०५:२५ by एलिनाNo Comments
बिशाल आवाज : घरेलु बजारमा आज सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १५ हजार ९सय रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ११५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८४५ रुपैयाँ कायम भएको छ ।
सरकारले सुनको साबिकको भन्सारदर २० प्रतिशतलाई घटाएर १० प्रतिशतमा झारेसँगै आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो । यस्तै चाँदीको भन्सार दर पनि १५ प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारिएको छ ।...
८ मंसिर २०८१, शनिबार १४:२४८ मंसिर २०८१, शनिबार १४:२४८ मंसिर २०८१, शनिबार १४:२४ by एलिनाNo Comments
विशाल आवाज: नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको थेगुमा पनि डीसेम्बर १ तारिख आइतबारका प्रदर्शन हुने भएको छ।
नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको दक्षिण कोरियाको थेगु (대구) मा पनि १२ गाउँ वेग्वान नेपाली समाज थेगुले प्रदर्शन गर्न लागेको हो। 대구 달서구 달구벌대로 1095 (계명대 학교) Line No 2 को 계명대 역 Exit Gate No 7 बाट 200m मा डीसेम्बर १ तारिख आइतबारका दिन बिहान ११:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
थेगुमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "आपतकालिन राहत ...
६ कार्तिक २०८१, मंगलवार १४:३६६ कार्तिक २०८१, मंगलवार १४:३६६ कार्तिक २०८१, मंगलवार १४:३६ by विशाल श्रेष्ठNo Comments
कमला केसी/ न्युज केन्द्रबिन्दुः पहिलो पटक हुन लागेको एसिया प्यासिफिक ट्रेल रनिङ च्याम्पियनसिपमा भाग लिन नेपाली खेलाडीको टोली दक्षिण कोरिया प्रस्थान गरेको छ ।
सन् २०१३ मा स्थापना भएको अन्तर्राष्ट्रिय ट्रेल रनिङ एशोसिएसनले पहिलोपटक आयोजना गरेको प्रतियोगितामा नेपालका खेलाडी पनि सहभागि हुने भएका हुन् । दक्षिण कोरियामा यहि अक्टुवर २३ तारिकदेखि २७ तारिकसम्म हुने च्याम्पियनसिपमा भाग लिन जाने खेलाडीहरुमा गोपाल तामाङ लामा, मनकुमार मगर, प्रिया राई, रसिला तामाङ, तिलक सुनुवार र तिर्थ तामाङ रहेका छन् ।
नेपालवाट १० जना खेलाडी सहभागि हुने भनिएकोमा ६ जनाको मात्र भिषा लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा विश्वका २५ देशका ४ सय भन्दा बढि धावकहरुले भाग लिने अनुमान गरिएको छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुका लागि आयोजक संस्थाले विभिन्न मापदण्डहरु तय गरेको छ । अन्तर्राष्ट्र...
५ कार्तिक २०८१, सोमबार १०:३९५ कार्तिक २०८१, सोमबार १०:३९५ कार्तिक २०८१, सोमबार १०:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज/दक्षिण कोरिया: तिहारको अवसर पारी यहि आउदो नोभेम्बर ३ तारिखका दिन ह्वासङ मा MN DREAM-11 FC ले “प्रथम ड्रीम-११ एफसी फुटसल कप ” आयोजना गर्ने भएको छ ।
नोभेम्बर ३ तारिख आइतबारका दिन ह्वासङ स्थित 경기화성시 향남읍 마곡동길 180-27 (향남읍 하길리 (616) मा हुने उक्त प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३५लाख, २० लाख कोरियन वोन प्रदान गरिनेछ। अन्य विधातर्फ प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलकिपर ,हाइ गोल स्कोरर, उत्कृष्ट खेलाडी लाइ १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार टीम दर्ता गर्न KEB HANA BANK मा रहेको DULAL MADAN को खाता नम्बर 21191068263107 मा OCTOBER 26 तारिख सम्ममा टीम दर्ता शुल्क :३,५०,००० वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ।
ह्वासङमा रहेको नेपाली समाज र फुटबल क्ल...
४ कार्तिक २०८१, आईतवार ११:०७४ कार्तिक २०८१, आईतवार ११:०७४ कार्तिक २०८१, आईतवार ११:०७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टर दक्षिण कोरियाको आयोजनामा फ्यङथेकमा आयोजित दोश्रो नेपाली कम्युनिटी भलिबल कप गुल्मी सम्पर्क समितिले चुम्न सफल भएको छ। यो सिजनको अन्तिम खेल मा पनि लगातार प्रथम स्थान हासिल गर्दै गुल्मी सम्पर्क समितिले ह्याट्रिक गर्न सफल भएको हो।
“शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष सहयोगार्थ ”फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले अक्टोबर २० तारिखका आइतबारका दिन 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा खेलाइएको दोश्रो नेपाली कम्युनिटी भलिबल कपको फाइनलमा सुदूरपश्चिम समाजलाई पाखा लगाउँदै गुल्मीले प्रथम स्थान हासिल गर्न सफल भएको हो।
प्रतियोगितामा विजेता र उपविजेता भएसँगै गुल्मी र सुदूरपश्चिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २१ लाख र १३ लाख कोरियन वोन प्राप्त गरे। तृतीय स्थानको लागि भएको खेलमा भोजपुर लाइ पराजित गरि मोना कोरियाले तृतीय भइ ८ लाख कोरियन वोन...