कोरियाबाट सन्तोष गुरुङको “तिम्रो मेरो सम्बन्ध” सार्वजनिक
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, रचना, समाचार
बोम्जन गुरुङ/दक्षिण कोरिया:नेपाली आधुनिक गीतसंगीत विधा अन्तर्गत गीत लेखनमा शानदार डेब्यु गर्दै सन्तोष गुरुङले "तिम्रो मेरो सम्बन्ध" बजारमा ल्याएका छन् । विशेष गरी नेपाली आधुनिक गीतसंगीतको क्षेत्रमा चर्चित हस्ती दि भोईस अफ नेपाल सिजन ५ र आउने सिजन ६ को कोच उदय सोताङ र उहाँको "टीम बुलेट" को प्रतिभावान् मिठो स्वरका धनी ममता हिन्माङ्गले यस गीतमा आफ्नो सुमधुर स्वर भरेकी छिन् ।
https://youtu.be/ym5ljZEexd0?si=naDll-Hg7ZQHTiQt
"जिन्दगी जिउने क्रममा कति सम्बन्धहरु गाँसिन्छन र कति छुटिन्छन पनि तर कुनै कुनै सम्बन्ध यस्तो हुने रै'छ कि जसलाई बुझ्न र बुझाउन निकै गार्हो हुने भाव गीत मार्फत् प्रष्ट झल्किन्छ । मायालु जोडीमा हुने केही छट्पटी, उतार चढावका भावहरुले गीतको उचाई अझ बढाएको छ ।
"तिम्रो मेरो सम्बन्ध" गीतमा संगीत स्वयं उदय सोताङले नै भरेका छन् । सुर संगम स्टुडियोमा रेकर्डिङ, एरेन्जमा कृष्ण...









