आजको राशिफल : २०८० साउन १२ गते (शुक्रवार)
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हो...





