किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै
किम्हे बासी लाई पासपोर्ट नवीकरणका लागि सउल धाउन नपर्ने, किम्हेमै सेप्टेम्बर ७ मा घुम्ती शिविर हुँदै
दक्षिण कोरियाको किम्हे आसपास काम र बसाइका कारण सियोलस्थित नेपाली दूतावास पुग्न नसक्ने नेपालीका लागि खुसीको खबर छ। आगामी २०२५ सेप्टेम्बर ७ तारिक आइतबार किम्हेमा राहदानी नवीकरण घुम्ती शिविर सञ्चालन हुने भएको छ। नेपाली राजदूतावास सियोलको आयोजना तथा न्यू भिजन ग्रुप दक्षिण कोरियाको पहलमा किम्हेमा राहदानी नवीकरण घुम्ती सेवा संगै श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम पनि हुने भएको छ ।
दक्षिण कोरियामा रहेका नेपालीहरूको समस्यालाई ध्यानमा राख्दै यसपटक भने बुसान–किम्हे आसपासमा बस्ने नेपालीलाई नेपाली राजदूतावासले आफ्नै क्षेत्रमा सहज सेवा उपलब्ध गराउने भएको हो।
नवीकरण शुल्क २ लाख १० हजार वोन, हराएको वा च्यातिएको अवस्थामा ४ लाख २० हजार वोन, र कम्पनीमै पासपोर्ट पठाउन चाहेमा थप ३,०४० वोन लाग्नेछ।...







