बुद्धि गुरुङ अध्यक्ष रहेको गैरआवासीय नेपाली संघ दक्षिण कोरिया (NRNA KOREA )को सौलमा आज सम्पन्न अधिवेशनमा सञ्चारकर्मीहरू र मिडियालाई गरिएको उपेक्षा विरुद्ध पत्रकारहरू आक्रोशित भएका छन्। अध्यक्ष बुद्धि गुरुङ नेतृत्वको NRNA समुहले आयोजना गरेको कार्यक्रममा कोरियामा कार्यरत मिडिया प्रतिनिधि र पत्रकारहरूलाई न त आमन्त्रण गरियो, न कुनै जानकारी प्रवाह न त सम्मान नै!
यसरी सञ्चारकर्मीलाई पूर्ण बेवास्ता गर्नु संगठनको पारदर्शिता र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाउने विषय बनेको छ। कोरियास्थित पत्रकारहरू भन्छन्
“हामी प्रवासी नेपालीको आवाज बन्ने प्रयास गरिरहेका छौं, तर NRNA जस्तो संस्था उल्टै हामीलाई बहिष्कार गर्दैछ।”
NRNA को मूल उद्देश्य भनेको विदेशमा रहेका नेपालीको हक–हितको रक्षासँगै, नेपाली पहिचान र सम्मान बचाउने हो। तर त्यो उद्देश्य पूर्ति गर्न सञ्चार माध्यमको भूमिका अत्यावश्यक हुन्...
११ श्रावण २०८२, शनिबार ०२:०१११ श्रावण २०८२, शनिबार ०२:०१११ श्रावण २०८२, शनिबार ०२:०१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक योजना सफल बन्ने संकेत छ। कडा परिश्रमले उपलब्धि मिल्नेछ। परिवारमा खुसी आउनेछ। आफूभन्दा ठूला व्यक्तिसँग लाभदायक कुराकानी हुने सम्भावना।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
दिन तपाईंको लागि अनुकूल छ। आत्मबल र सोच दुवैमा सकारात्मकता देखिन्छ। समाज वा परिवारमा सम्मान मिल्ने समय हो। निर्णय क्षमता राम्रो रहनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
थकान, अल्छीपन वा निरुत्साह हुन सक्ने दिन। कुनै कुरा मनमा गढेर बस्न सक्छ। सजग र धैर्य बनिरहनु राम्रो हुन्छ। एकान्तमा शान्ति खोज्न मन लाग्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साथीभाइ वा सामाजिक घेरामा सक्रियता बढ्नेछ। समर्थन मिल्नेछ। कुनै पुरानो मित्रसँग पुनः भेट हुन सक्छ। समूहमा नेतृत्वदायी भूमिका लिन सक्नुहुन्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कामको जिम्म...
१० श्रावण २०८२, शुक्रबार ०३:०५१० श्रावण २०८२, शुक्रबार ०३:०५१० श्रावण २०८२, शुक्रबार ०३:०५ by एलिनाNo Comments
कोरियामा गर्मी बढ्दो छ। यस्तै गर्मीमा काम गरिरहेका एक नेपालीको 포헝시. मा दुखद निधन भएको छ।
२४ जुलाई को दिन, दिउँसो १२ बजेर २३ मिनेटतिर 경북 포항시 북구 (पोङ्ग सिटी, उत्तर जिल्ला) स्थित एक डाँडामा घाँस काट्ने काम गर्दै गर्दा ४० वर्ष उमेरका नेपाली पुरुष A씨 अचानक ढलेका थिए। साथीहरूले तत्कालै आपतकालीन सेवामा खबर गरेपछि ११९ एम्बुलेन्स टोली घटनास्थलमा पुग्दा A씨 बेहोस अवस्थामा रही नाडीमा चाल नदेखिएको बताइएको छ। तुरुन्तै अस्पताल लगिए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका बताइको छ।
अनुसन्धान अनुसार A씨 बिहान ६ बजेदेखि घाँस काट्ने काममा संलग्न थिए। त्यो दिन पोङ्गमा अधिकतम तापक्रम ३३.६ डिग्री सेल्सियस मापन गरिएको थियो। मौसम विभागका अनुसार जुलाई २२ देखि पोङ्ग क्षेत्रमा ‘폭염경보’ (गर्मी सर्तकता उच्चतम तह) जारी गरिएको थियो। साथै चार दिनदेखि रातको न्यूनतम तापक्रम २५ डिग्रीभन्दा नघटेको ‘ताप रात’ (तातो रात) क...
१० श्रावण २०८२, शुक्रबार ०२:४४१० श्रावण २०८२, शुक्रबार ०२:४४१० श्रावण २०८२, शुक्रबार ०२:४४ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सञ्चार, लेखन वा यात्रा सम्बन्धी कार्यमा प्रगति हुनेछ। नयाँ मान्छेसँग चिनजान फाइदाजनक रहन सक्छ। भाइबहिनीसँग सम्बन्ध सुधारिने समय।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धन खर्च बढ्न सक्छ तर कामको लागि उपयोगी हुनेछ। बृद्ध व्यक्तिको सहयोग पाउनुहुनेछ। आर्थिक निर्णय सोचविचार गरी गर्नुहोला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बढ्नेछ। निर्णय क्षमता मजबुत हुनेछ। आत्मविश्वासका साथ अघि बढ्न सकिने समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निराशा वा थकानको अनुभूति हुन सक्छ। आत्मसमीक्षा वा विश्रामको आवश्यकता छ। पुराना कामको समीक्षा गर्दा लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सामाजिक तथा समूहगत काममा सम्मान पाइनेछ। साथीभाइको साथ र सहयोग मिल्नेछ। नयाँ योजना बनाउने राम्रो समय हो...
९ श्रावण २०८२, बिहीबार १०:५९९ श्रावण २०८२, बिहीबार १०:५९९ श्रावण २०८२, बिहीबार १०:५९ by विशाल श्रेष्ठNo Comments
चार वर्षसम्म गैर–आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरियामा लगातार दुई कार्यकाल समर्पित भूमिका निर्वाह गरेका सुनिल कन्दङगवाले अबको नेतृत्व दौडबाट आफूलाई अलग राख्ने निर्णय गरेका छन्।
उपाध्यक्ष (२०२३–२०२५) र सह–कोषाध्यक्ष (२०२१–२०२३) को जिम्मेवारीमा रहेर काम गरेका कन्दङगवाले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश दिँदै भनेका छन्,
“नेतृत्व लिन सुझाव धेरै आए, तर आत्माले मानेन। त्यसैले अब केही समय विश्राममा बस्ने निर्णयमा पुगेको छु।”
चार वर्षको यात्रामा उनले समुदाय, संस्था, व्यवहार र राजनीति — सबैलाई नजिकबाट बुझ्ने मौका पाएको अनुभव साटेका छन्।
“यहाँ काम गर्दा प्रशंसा कम, आलोचना बढी पाइन्छ। त्यो आलोचनाले नै मलाई अझ गम्भीर बनायो।”
उनले NRNA को मूल मुद्दा र उद्देश्य बिस्तारै गुम्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्।
“कोरिया अब बिबादको लाल किल्ला बनिसकेको छ,” भनेर उनले त्यो असन्तो...
९ श्रावण २०८२, बिहीबार १०:१५९ श्रावण २०८२, बिहीबार १०:१५९ श्रावण २०८२, बिहीबार १०:१५ by विशाल श्रेष्ठNo Comments
गैर आवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया २०२३–२०२५ कार्यकालका अध्यक्ष बुद्धि गुरुङले संस्थाको आगामी कार्यकालका लागि दिएको अध्यक्ष पदको उम्मेदवारी स्वेच्छाले फिर्ता लिएको घोषणा गरेका छन्।
सार्वजनिक वक्तव्यमार्फत उनले संस्थामा आफ्नो भूमिका सफलतापूर्वक पूरा गर्न सघाउनुहुने सम्पूर्ण सदस्य, शुभेच्छुक, र सहयोगीहरूप्रति हृदयदेखि धन्यवाद प्रकट गरेका छन्।
“सधैं संस्थालाई पहिलो प्राथमिकता दिएँ,” गुरुङले लेखेका छन्, “सकेजति काम गरेँ — सानो वा ठूलो भन्ने भेद कहिल्यै राखिनँ।”
गुरुङले आपतकालीन अवस्था, विपद्का बेला र आप्रवासी नेपालीहरूको आवश्यकतामा सधैं फ्रन्टलाइनमा रहेर सेवा दिने प्रतिबद्धता निभाएको दाबी गरेका छन्।
यद्यपि, हाल संस्थामा गुटगत सोच, आन्तरिक द्वन्द्व र व्यक्तिवाद हावी हुन थालेको भन्दै उनले गहिरो चिन्ता व्यक्त गरेका छन्।
“संस्थाको गरिमा, एकता र साझा उद्देश्यलाई सर्वोपरि ठानी, मै...
९ श्रावण २०८२, बिहीबार ०९:२०९ श्रावण २०८२, बिहीबार ०९:२०९ श्रावण २०८२, बिहीबार ०९:२० by एलिनाNo Comments
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युंगले आप्रवासी श्रमिकहरूमाथि राम्रो मानवअधिकार सुनिश्चित गर्न आह्वान गरेका छन्।
केही दिन यता एक श्रीलंकाली आप्रवासी श्रमिकमाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक भएपछि विवाद चुलिएको छ। उक्त घटना छल्लानाम्दोको नाजुमा रहेको एउटा इँटा कारखानामा भएको हो।
ती श्रीलंकाली आप्रवासी श्रमिक (३० वर्षको हाराहारी) माथि उनका सहकर्मीहरूले दु!र्व्यवहार गरेका थिए। ५८ सेकेन्डको भिडियोमा उनलाई इँटामा टेपले बाँधी फोर्कलिफ्टमा कसेर राखिएको देखिन्छ, जहाँ सहकर्मीहरू उनलाई हाँसी-ठट्टा गर्दै अपमान गरिरहेका छन्।
पीडित श्रमिकले ग्वाङ्जु–जोल्लानाम आप्रवासी श्रमिक नेटवर्कसँग सहयोग मागेका थिए। उक्त संस्थाले घटनाको अनुसन्धानको माग गर्दै वक्तव्य जारी गरेको छ। यस विषयमा अहिले दक्षिण कोरियाली राष्ट्रपति स्वयंले पनि टिप्पणी गर्दै यो कार्यलाई "बर्बर" भनेका छन्।
कोरियाली इन्टर...
९ श्रावण २०८२, बिहीबार ०७:४१९ श्रावण २०८२, बिहीबार ०७:४१९ श्रावण २०८२, बिहीबार ०७:४१ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमिति चयनको प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा मात्र निर्वाचन हुने पक्का भएको छ। आगामी कार्यकाल (२०२५–२०२७) का लागि नेतृत्व चयन गर्न लागिएको एनआरएनए कोरियाको १०औं महाधिवेशनमा अधिकांश पदमा उम्मेदवार निर्विरोध चयन भएका छन्।
अध्यक्ष पदका लागि प्रारम्भमा उम्मेदवारी दिएका बुद्धि गुरुङले उम्मेदवारी फिर्ता लिएपछि अब पार्वती मोक्तान र हरि भट्टराई बीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुनिल कान्दाङवा लिम्बु र महासचिव पदका उम्मेदवार दिपक के.सी. ले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। त्यसअनुसार अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन्।
एनआरएनए कोरियाको नेतृत्व चयनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच भएको प्रचारप्रसार, दौडधुप र अन्तिम समयमा आएका उम्मेदवारी फिर्ताले चुनावी...
९ श्रावण २०८२, बिहीबार ०४:२७९ श्रावण २०८२, बिहीबार ०४:२७९ श्रावण २०८२, बिहीबार ०४:२७ by विशाल श्रेष्ठNo Comments
सिओल, दक्षिण कोरिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) कोरिया २०२५–२०२७ कार्यकालको निर्वाचनलाई लक्षित गर्दै समाजसेवी पार्वती मोक्तानले अध्यक्ष पदको लागी उम्मेद्वारी दिसक्नुभएको छ्।
उहाँले कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदायसँग भावनात्मक अपील गर्दै भन्नुभयो:
“सानो निर्णयले ठूलो परिवर्तन सम्भव हुन्छ। अब गहिरिएर सोच्ने समय आएको छ। तपाईंको अमूल्य मत समाज परिवर्तनको कोसेढुंगा बन्न सक्छ।”
पार्वती मोक्तानले आफू एकता, पारदर्शिता र सेवामूलक नेतृत्व प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै, NRNA कोरियालाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउने संकल्प व्यक्त गरेकी छन्।
उहाँको भनाइमा:
“अवसर खोज्ने र भाषण गर्ने धेरै छन्, तर इमानदारीपूर्वक काम गर्ने नेतृत्वको खाँचो अझै छ। त्यसैले म तपाईंहरूको साथ र समर्थनको अपेक्षा गर्छु।”
मतदाताहरूलाई आह्वान गर्दै उहाँले आग्रह गर्नुभयो कि:
“आफ्नो वि...
९ श्रावण २०८२, बिहीबार ०२:४४९ श्रावण २०८२, बिहीबार ०२:४४९ श्रावण २०८२, बिहीबार ०२:४४ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रोजगारीको सिलसिलामा रहेका संखुवासभा मादी–३, थाम्खर्क निवासी मिङमार शेर्पा गम्भीर स्वास्थ्य संकटमा परेका छन्। उनको शरीरको संवेदनशील भागमा फैलिएको दुर्लभ रोग Fournier’s Gangrene ले जीवन संकट निम्त्याएको छ।
हाल मिङमारलाई दक्षिण कोरियाको Gachon University Gil Hospital मा सघन उपचारमा राखिएको छ। चिकित्सकहरूले छिटो शल्यक्रिया र दीर्घकालीन औषधोपचार आवश्यक रहेको बताएको छ। उपचारमा ढिलाइ हुँदा ज्यान जान सक्ने खतरा रहेको छ।
हालसम्म उनको उपचारमा ३ करोड कोरियन वन भन्दा बढी खर्च भइसकेको छ भने थप उपचारका लागि ७ करोड वनसम्मको लागत अनुमान गरिएको छ। मिङमारको आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च धान्न उनी असमर्थ छन्।
यसै कारण दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई सहयोगको अपिल गरिएको छ। सहयोग गर्न चाहनेहरूले निम्न बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्:
बैंक: IBK (Industrial Bank of ...