बोम्जन गुरुङ :कोरियामा स्थापित अन्याङ नेपाली समाज उल्सानले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर "विशेष पार्टी तथा बनभोज कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ ।
समाजले 울산 울주군 상북면 배내로 1064-1 (배내골 에델바이스펜션) मा यही जनवरी २९ तारिक बेलुकी ६ बजेदेखि भोलिपल्ट दिनको १२ बजेसम्म सो कार्यक्रमको आयोजना गरिने समाजका अध्यक्ष भुवन राक्क्ष्यले बिशाल आवाजलाइ जानकारी दिएका छन ।
"प्रवासमा विविध समस्याहरु समाधानको निम्ति हाम्रो प्रतिबद्धता, आपसी मेलमिलाप, सद्भाव नेपालीहरुको एकता आजको आवश्यकता" भन्ने मूल नारालाई अनुशरण गर्दै आईरहेको सामजले दक्षिण कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आवद्ध रहेका नेपालीहरु बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिवृद्धि गर्दै आईरहेको बताउँदै गत वर्षमा जस्तै यस वर्षमा पनि नियमित कार्यक्रमलाई निरन्तरता दिदै आएको सन्दर्भ उल्लेख गर्दै सो दिनमा सदस्यता वितरण समेत गरिने समाजका ...
७ माघ २०८१, सोमबार ०५:४८७ माघ २०८१, सोमबार ०५:४८७ माघ २०८१, सोमबार ०५:४८ by एलिनाNo Comments
बोम्जन गुरुङ:नेपालको लुम्बिनी प्रदेश अन्तर्गतको जिल्ला नवलपरासी जिल्ला घर भई विभिन्न पेशा, व्यवसाय र रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका नेपालीहरुको क्षेत्रीय संस्था नवलपरासी समाजको स्थापना हुने भएको छ ।
"आजको आवश्यकता विदेशी भूमिमा नवलपरासी एकता" भन्ने मुल नारालाई आत्मसात् गर्दै यही सलनालको अवसर पारेर जनवरी २९ तारिक बिहान ११ बजेबाट शुरु हुने गरी सउल स्थित शुभेच्छा रेष्टुरेन्टको सभाहल दोड्देमुन [서울특별시 종로구 중로 315-2, 2층 (창신동)] मा प्रथम अधिवेशन हुने भएको हो ।
लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका नारायण न्यौपानेको संयोजकत्व, जीवन भण्डारीको सहसंयोजकत्व रहने गरी बनेको तदर्थ समितिले सो अधिवेशनलाई पूर्णता दिने सो अधिवेशनका निर्वाचन मण्डल सदस्य चुडामणी भण्डारीले बिशाल आवाजलाइ जानकारी दिएका छन।
विशेष गरी नवलपरासी जिल्ला अन्तर्गत बर्दघाट सुस्ता पश्चिमलाई समेट...
७ माघ २०८१, सोमबार ०२:४७७ माघ २०८१, सोमबार ०२:४७७ माघ २०८१, सोमबार ०२:४७ by एलिनाNo Comments
मध्यरात सडकमा एक युवालाई प्रहरीले मरणासन्न हुनेगरी बुटै बुटले कुटेको भिडियो सार्वजनिक भएको छ।
सडकमा मोटरसाइकल रोकेर केही युवाहरुसँग कुरा गर्दै गरेको अवस्थामा एक प्रहरीले सडक किनारमा उभिएका युवालाई लात्ताले हानेर पेटीमा लडाएर ' कसलाई फोन गर्ने? पावर देखाएको, कसलाई फोन गर्ने, फोन गर' भन्दै बुटै बुटले कुटिरहेका छन्।
उनले ती युवालाई बुटले खुट्टामा, ढाडमा अनि टाउकोमा हानिरहेको भिडियोमा प्रस्ट देखिन्छ। भिडियो पठाउने स्रोतले सो भिडियो चितवन भरतपुरको रहेको र कुट्ने प्रहरी गणेशथान चौकीको रहेको दाबी गरेका छन्।
कुट्ने नेपाल प्रहरी नै हुन् भन्ने भिडियोबाट प्रस्ट देखिन्छ। तर ती प्रहरी कहाँको हुन र उनको परिचय के हो भन्ने पुष्टि हुन सकेको छैन।...
७ माघ २०८१, सोमबार ०२:२१७ माघ २०८१, सोमबार ०२:२१७ माघ २०८१, सोमबार ०२:२१ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नु...
६ माघ २०८१, आईतवार १०:१५६ माघ २०८१, आईतवार १०:१५६ माघ २०८१, आईतवार १०:१५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: विपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद, दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा जनवरी २७ तारिखका दिन सउलमा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ ।
दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाले कोरियास्थित नेपाली समुदायको बीचमा खेलेको सकारात्मक भूमिका, पहल र योगदानको कदर स्वरुप जनवरी २७ तारिख दिउँसो ३ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा एनआरएनए दक्षिण कोरियाले सम्मान कार्यक्रम आयोजना गर्ने भएको हो।
हाल दक्षिण कोरियामा बुद्धि गुरुङको नेतृत्व र विपिन कुमार गुरुङको नेतृत्वमा दुईवटा NRNA छ। NRNA मा हाल देखिएको विवाद र अदालती प्रक्रियाका कारण आफ्नो योजना अनुसार काम गर्न नसकेको बताउदै अब सर्वोच्च अदालतको आदेश, परराष्ट्र मन्त्रालयको निर्देशन, र NRNA-ICC (केन्द्रीय समिति) ले गर्न लागेको एकता अधिवेशनको तयारीलाई...
६ माघ २०८१, आईतवार ०९:३९६ माघ २०८१, आईतवार ०९:३९६ माघ २०८१, आईतवार ०९:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले माघी पर्व २०८१(थारु सम्बत् २६४८) को उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम जनवरी २९ तारिखका दिन सउलमा गर्ने भएको छ।
“हाम्रो कला, संस्कृति, भेषभुषा, पहिचान संरक्षण र सम्बर्धन हाम्रो अभियान”भन्ने मूल नाराका साथ स्थापित थारु कल्याणकारीणी सभा दक्षिण कोरियाले स्थानिय कलाकारहरुको साथमा माघी पर्व २०८१ तथा थारु समुदायको नयाँ वर्ष थारु सम्वत २६४८भब्यताका साथ मनाउने भएको हो। जनवरी २९ तारिख बुधबारका दिन मध्यान्न १२ बजेदेखि सुरु हुने कार्यक्रम सउल स्थित ट्रेन लाइन नम्बर २/४ को 신당 स्टेसनको १/१२ गेटबाट बाहिर निस्केर जान मिल्ने 성동처차차 스텐드빠 나이트 मा हुने आयोजकले जनाएको छ।
कार्यक्रममा नि:शुल्क रुपमा प्रवेश गरि थारु समुदायको स्थानीय परिकारहरू समेत खान पाइने आयोजकले जनाएको छ।
सन् २०१५ मा स्थापीत थारु कल्याणकारीणी सभा, दक्षिण कोरिया...
६ माघ २०८१, आईतवार ०८:०८६ माघ २०८१, आईतवार ०८:०८६ माघ २०८१, आईतवार ०८:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:मञ्जुश्री संम्वत २८६१ डुल/सा पुख्री ल्हो (सर्प) वर्ष सोनाम ल्होछारको अवसरमा हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा जनवरी २८ तारिखका दिन गजेदोमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५” हुने भएको छ।
“भाषा, धर्म, कला,र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा निरन्तरताको लागि एक हौँ” भन्ने मूल नाराका साथ हान्वा ओसन तामाङ समाज गजेदोको आयोजनामा सलनालको पहिलो दिन अर्थात् जनवरी २८ तारिख मङ्गलबारका दिन गजेदो स्थित स्थित नेपाल स्टोरी रेस्टुरेन्टको सभाहल हान्वा ओसन नाम्मुनमा “सोनाम ल्होछार शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम २०२५”आयोजना हुने भएको हो। स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ।
“मञ्जुश्री संम्वतको पात्रो अनुसार २८६०डुक/ मु पुख्री ल्हो बर्षलाई बिदाई गर्दै आउदै गरेको २८६१ ड...
६ माघ २०८१, आईतवार ०२:२९६ माघ २०८१, आईतवार ०२:२९६ माघ २०८१, आईतवार ०२:२९ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका स...
५ माघ २०८१, शनिबार १३:३४५ माघ २०८१, शनिबार १३:३४५ माघ २०८१, शनिबार १३:३४ by विशाल श्रेष्ठNo Comments
प्रवासमा रहेका नेपालीहरु मध्य पहिलो पटक दक्षिण कोरियावाट नेपाली सिरियल "मायाँको संसार" सार्वजनिक भएको छ ।
जनवरी १८ तारिक २०२५ का दिन कोरियन स्थानिय समय समय ९ बजेर १५ मिनेटमा के छ कोरिया युट्युबमार्फत उक्त सिरियल सार्वजनिक भएको हो । तिलक छन्त्यालको लेखन निर्देशनमा तयार भएको सिरियलमा अध्ययन तथा रोजगारीको शीलशिलामा कोरियामा रहेका नेपालीहरुको अभिनय रहेको छ । प्रेम सर्वुजको प्रोडक्सन मेनेजर तथा विकास नेपाली एक्टिंग डिरिेक्सन गरेको सिरियललाई के छ कोरिया प्रोडक्सन युनिटले तयार गरेको हो । सिरियल हरेक महिनाको पहिलो र तेस्रो शनिवार सोहि समयमा प्रशारण हुनेछ ।
सिरियलमा सरस्वती तामांग, धनु तामांग, विकास नेपाली, कुमार गढाईली, शोभा थापा, लगायत कलकारहरुको अभिनय रहेको छ। सिरियलको शीर्षगीतलाई कम्पोज, एरेन्ज तथा भोकल योगेश काजीले दिएका छन् ।
भिडियो हेर्नुहोस् :
https://youtu.be/aw0OkSIj...
५ माघ २०८१, शनिबार १३:१६५ माघ २०८१, शनिबार १३:१६५ माघ २०८१, शनिबार १३:१६ by एलिनाNo Comments
विशाल आवाज:नेपालको राष्ट्रिय चाड तथा तामाङ, गुरुङ र शेर्पा समुदायको मौलिक चाड ल्होछार/ल्होसारको अवसरमा मोक्पोमा पनि जनवरी २६ तारिखका दिन कार्यक्रम आयोजना हुने भएको छ।
“सात समुन्द्र पारी, आफ्नो भाषा, कला, साहित्य, धर्म र संस्कृति जगेर्ना हाम्रो जिम्मेवारी” भने मूल नाराका साथ मोक्पो स्थित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरियाले स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा जनवरी २६ तारिख आइतबारका दिन दिउसो १ बजेबाट संयुक्त तमु,सोनाम,ग्याल्पो ल्होसार/ल्होछार कार्यक्रम आयोजना गर्नेभएको हो। कार्यक्रम 전남영암군 삼호읍 용앙리 1661-5 मोक्पोको थेबुल स्थित DAEBUL CLUB 2F मा हुने आयोजकले जनाएको छ।
हामी नेपाली विश्वको जुनसुकै स्थानमा कर्म गरेता पनि आफ्नो पहिचान इतिहास र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने कुरालाई विशेष दायित्व सम्झी आयोजित कार्यक्रममा विशेषगरी मोक्पो आसपास लगायत ,दक्षिण कोरिया बासि...