दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। नवौं अधिबेशनबाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ।
"प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सम्पन्न गरेको आफ्नो नवौं अधिबेशन बाट जीवन न्यौपानेको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो।
नया कार्यसमितिको अध्यक्षमा जीवन न्यौपाने,बरिष्ठ उपाध्यक्षमा प्रकाश न्यौपाने,उपाध्यक्षमा युवराज गौतम, कुमार दर्लामी,यमलाल अर्याल,सचिवमा शुशील बिश्वकर्मा,सहसचिवमा विश्वनाथ गौतम,कोषाध्यक्षमा-प्रमेश्वर रिजाल,सहकोषाध्यक्षमा रिसब गौतम र सदस्यहरुमा रीखिराम घिमिरे,सन्दिप न्यौपाने,सुमन गिरी ,...
२९ भाद्र २०८१, शनिबार ११:२५२९ भाद्र २०८१, शनिबार ११:२५२९ भाद्र २०८१, शनिबार ११:२५ by एलिनाNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसरमा अन्नपूर्ण दुधपोखरी गाइज (ADP) को आयोजनामा सेप्टेम्बर १५ तारिखका दिन आयोजना हुने “नरेन लिम्बु लाइभ कन्सर्ट इन सौल एण्ड डान्स पार्टी” मा आउने भनिएका नेपालको चर्चित लोकप्रिय गायक नरेन लिम्बु बिभिन्न कारणबस कार्यक्रममा उपस्थित हुन नसक्ने आयोजकले एक बिज्ञप्ती सार्वजनिक गरी जनाएको छ।
मलाई भन्न आउँदैन, अन्तिम माया, सुन किन, कहाँ होला मेरो मायालु लगायत दर्जनौं सुपरहिट गीत दिन सफल युवा पुस्ताको लोकप्रिय गायक तथा म्युजिक भिडियो डाइरेक्टर नरेन लिम्बुले THE ADP GUYS को आयोजनामा हुने NAREN LIMBU LIVE CONCERT IN SEOUL AND DANCE PARTY मा माहोल तताउने भएको थियो तर प्राबिधिक कारणले भिसा प्राप्त गर्न ढिलाई हुन गएकोले नरेन लिम्बु कार्यक्रममा उपस्थित हुन नसक्ने भएको हो ।
नरेन लिम्बु उपस्थित हुन नसकेपनी आयोजकले सबै तयारी पुरा भइसकेको कारण कार्यक्रम भने यथ...
२९ भाद्र २०८१, शनिबार ०६:१५२९ भाद्र २०८१, शनिबार ०६:१५२९ भाद्र २०८१, शनिबार ०६:१५ by एलिनाNo Comments
भदौं २९ , बारा ।
रिटर्नी सदस्य आगामी माघसम्म १० हजार वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ सम्पन्न भएको छ ।
मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका छन । विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार उदघाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएका छन ।
मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान...
२८ भाद्र २०८१, शुक्रबार ०८:०३२८ भाद्र २०८१, शुक्रबार ०८:०३२८ भाद्र २०८१, शुक्रबार ०८:०३ by विशाल श्रेष्ठNo Comments
आउँदै गरेको कोरियन महान् चाड छुसकको अवसरमा यसै मिति २०२४, ९ महिना १७ तारिख मङ्गलबार छुसकको दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले सौलमा आफ्नो सातौं अधिवेशन र काव्य सुधा १६५ औँ श्रृङ्खला 'रचना वाचन' तथा डीइबी सिकारुकृत 'यौवन हराएको मान्छे' लोकार्पण कार्यक्रम एकै दिन गर्ने भएको छ।
सौल, थोङ्देमुन शुभेच्छा रेस्टुरेन्टको हलमा बिहान १० बजेदेखि गरिने उक्त कार्यक्रम मा रचना वाचनमा गजल तर्फ दीप प्रदीप कुमार , कवितातर्फ भरत खत्री र मुक्तकतर्फ सञ्जय घिमिरे ज्यूहरूको विशेष रचनावाचन रहनेछ भने अन्य उपस्थित साहित्यकारहरूको पनि रचना वाचन कार्यक्रम रहनेछ।
त्यसैगरी डिईबि सिकारु को 'यौवन हराएको मान्छे' कृति लोकार्पण पनि हुँदैछ साथसाथै साहित्यकारहरूको उल्लेखनीय उपस्थिति र विभिन्न संघसंस्थाका प्रतिनिध एवं अनेसास कोरियाका शुभचिन्तकहरूको माझ नयाँ कार्यसमिति गठन हुन...
२६ भाद्र २०८१, बुधबार १०:२७२६ भाद्र २०८१, बुधबार १०:२७२६ भाद्र २०८१, बुधबार १०:२७ by एलिनाNo Comments
विशाल आवाज: दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा पनि नरेन लिम्बु, अस्मिता अधिकारी र खुसि कार्किको धमाकेदार प्रस्तुति रहने भएको छ।कोरियन महान चाड छुसकको अवसर पारि आयोजित सुदुरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा कलाकारहरूको प्रस्तुति रहने भएको हो।
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ तारिखका दिन बुसान स्थित Eunseok cultural & welfare center मा हुने कार्यक्रमको होस्ट भने आरती चौधरीले गर्ने छिन्। “दुर्गम क्षेत्रका अनाथ बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोगार्थ” आयोजना हुन लागेको सुदूरपश्चिम बुसान सांगीतिक धमाका-२०२४ मा पछिल्लो समय युवा पुस्ताको मन जित्न सफल लोकप्रिय राष्ट्रिय कलाकारहरू नरेन लिम्बु, अस्मिता अधिकारी, मेरो डान्स युनिफर्सको विजेता खुसी कार्कीले धमाकेदार प्रस्तुति दिने भएका छन्।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा दक्षिण कोरियामा ...
२४ भाद्र २०८१, सोमबार १२:०५२४ भाद्र २०८१, सोमबार १२:०५२४ भाद्र २०८१, सोमबार १२:०५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा सक्रिय दक्षिण धादिङ्ग समाज कोरियाले छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिक सुवनमा रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा गर्ने भनिएको १० औ अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको अध्यक्ष सन्तोष अधिकारीले विशाल आवाजलाई जानकारी दिनुभएको छ ।
"कोरियाबासी धादिङ्गेली हरूको एकता, धादिङ्ग समाज दक्षिण कोरियाका प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन २०११ सालमा स्थापित धादिङ्ग समाज दक्षिण कोरियाले सेप्टेम्बर १५ तारिक आइतबारका दिन सुवन स्टेशन ८ नम्बर गेट बाट थोरै अगाडि रहेको ग्रेट हिमालयन रेष्टुरेन्टको सभाहलमा मध्यान्ह १२ः३० मा आफ्नो १० औ अधिबेशन गर्ने भएको हो ।
धादिङ्ग समाज दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण धादिङ्गेली हरूको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रू...
१९ भाद्र २०८१, बुधबार ०९:४०१९ भाद्र २०८१, बुधबार ०९:४०१९ भाद्र २०८१, बुधबार ०९:४० by एलिनाNo Comments
दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो नवौं अधिबेशन छुसकको अवसर पारी सेप्टेम्बर १६ तारिक दोङ्देमुनमा रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ ।
"प्रवासमा गुल्मेली एकता,एक आपसमा सहयोग आजको आवश्यकता" भन्ने मुल नारा लिएर सन २००७ सालमा स्थापित गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिक सोमबारका दिन दोङ्देमुन ३ नम्बर गेट अगाडि रहेको दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा साझ ५ बजे आफ्नो नवौं अधिबेशन गर्ने भएको हो ।
गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आफ्नो स्थापनाकाल देखि नै कोरियामा रहेका सम्पुर्ण गुल्मेलीहरुको अभिवावकत्वको भुमिका निर्वाह गर्दै कोरियामा रहेका विभिन्न संघ सस्था संगको सहकार्य मा कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिबिधि गर्दै आईरहेको छ।
स्थायि बासस्थान गुल्मी जिल्ला भई...
१८ भाद्र २०८१, मंगलवार १२:५७१८ भाद्र २०८१, मंगलवार १२:५७१८ भाद्र २०८१, मंगलवार १२:५७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेश दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात भाग १” बारे टिकटक बनाइ पुरस्कार जित्न सकिने गरी आयोजकले टिकटक इभेन्ट सार्वजनिक गरेको छ।
कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन सउलमा बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ।
सोहि कार्यक्रमको व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले सेप्टेम्बर १ तारिख बिहान ६ बजेदेखि सेप्टेम्बर १३ तारिख राति १२ बजे १३ दिन सम्म सञ्चालन हुनेगरी टिकटक इभेन्ट खुलाइएको आयोजकले बताएका छन्।
नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल,...
१७ भाद्र २०८१, सोमबार ०८:३९१७ भाद्र २०८१, सोमबार ०८:३९१७ भाद्र २०८१, सोमबार ०८:३९ by विशाल श्रेष्ठNo Comments
रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले छुसकको अवसर पारि सेप्टेम्बर १६ तारिक सौलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
“प्रवासी एकता आजको आवश्यकता सामाजिक सेवामा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ दुर्गम भेगको शिक्षा क्षेत्रमा सहयोगार्थ दक्षिण कोरियामा सक्रिय रामेछाप सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १६ तारिख सोमबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로 63-8(호텔 파노라마) 종각역 3번 출구 स्थित होटेल फानोरामाको हलमा बृहत् भेटघाट, रात्रीभोज तथा साँगीतिक कार्यक्रम गर्नेभएको हो। १४ प्रकारको बुफे परिकार तथा पेय पदार्थ रहने कार्यक्रममा सहभागिता जनाउनका लागि ५० हजार कोरियन वन प्रवेश शुल्क तोकिएको छ।
कोरियन महान चाड छुसकको पहिलो दिन सेप्टेम्बर १६ तारिक सांझ ६ बजेबाट दक्षिण कोरियामा रहेको लोकदोहोरी प्रतिस्ठानका कलाकार र वाध्यबाधक हरु लगायत , डिजे AC...
११ भाद्र २०८१, मंगलवार १०:२९११ भाद्र २०८१, मंगलवार १०:२९११ भाद्र २०८१, मंगलवार १०:२९ by एलिनाNo Comments
माडीको बरुवामा गोल्डेन ईमिनेन्ट २९ औं स्टार कप फुटबल प्रतियोगिता सुरु भएको छ । स्टार स्पोर्टस क्लब बरुवाको आयोजनामा सोमबारबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा प्याराडाईज युवा क्लब रत्ननगर विजयी भएको छ । स्टार स्पोर्टसको मैदानमा भएको खेलमा प्याराडाईजले बसन्तपुर माडीलाई ३–० ले हराएको हो । प्याराडाईजका आकाश थापा म्यान अफ दि म्याच भए ।
त्यस अघि प्रतियोगिताको एक कार्यक्रमकाबीच प्रमुख अतिथि नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठले उद्घाटन गरे । सो क्रममा श्रेष्ठले माडी आफ्नो जन्मथलो भएको बताउँदै यस्ता प्रतियोगितामा निरन्तर सहयोग रहने बताए ।
कार्यक्रमका विशिष्ट अतिथि तथा मुख्य प्रायोजक गोल्डेन ईमिनेन्ट इन्टरनेशनलका प्रवन्ध निर्देशक प्रकाश रिजालले प्रतियोगिताको सफलताको कामना गरे । उनले माडी क्षेत्रको फुटबल बिकासका लाग...