Advertisement
Advertisement

आगामी माघसम्म १० हजार सदस्य वृद्धि गर्ने योजना सहित फेडेरेसनको मधेस प्रदेशको बिस्तारित बैठक सम्पन्न 

Advertisement
Advertisement

 भदौं २९ , बारा । 

रिटर्नी सदस्य आगामी माघसम्म १० हजार वृद्धि गर्ने योजना सहित रिटर्नी फेडेरेसन नेपालको मधेस प्रदेशको बिस्तारित बैठक बाराको निजगढ सम्पन्न भएको छ । 

मधेशका ८ ओटा जिल्लाका प्रतिनिधिहरुले हरेक जिल्लाबाट १हजार बढि सदस्यता बढाउने गरि रिटर्नीहरुलाई संगठित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले देशको राजनीती स्थायीत्व र आर्थिक विकासको लागि अहिलेको सरकार बनेको बताएका छन । विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम विहिबार उदघाटन गर्दै एमालेका स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश ईन्चार्ज समेत रहेका नेता श्रेष्ठले प्रचण्डको व्यवहारको कारणबाट अघिल्लो गठबन्धन तोडन परेको बताएका छन । 

मधेशमा नेकपा एमालेले केपि ओली सरकारको नेतृत्वमा सडक, सिंचाई, खानेपानी ,शिक्षा क्षेत्रमा विशेष बजेट व्यवस्था गरेर मधेश प्रदेश समृद्धि अभियान चलाएको बताउनुभयो । सडक पूर्वाधारको लागि हुलाकी राजमार्ग , महेन्द्र राजमार्ग संगै मध्यमहाडी मदन भण्डारी राजमार्ग, तराईको सिंचाईको लागि मरिन डाईभर्सन जस्ता विकासका कामहरुको गरेको भएको बताउनुभयो । विभिन्न तहको रहेका तथा विभिन्न स्थानीय निकायबाट जनसरकारको विषयमा पनि ध्यान दिनपनि श्रेष्ठले निर्देशन दिनुभयो । किसानलाई मल खाधको समस्या , दाईजो प्रथा, छुवाछुत, महिला हिंसा जस्ता विषयलाई प्राथमिकतामा राखेर काम गर्न पनि आग्रह गर्नुभएको छ । 

जनप्रतिनिधिहरुले घोषणापत्र , प्रतिवद्धतापत्र अनुसार जनताको चाहना अनुसार काम गर्ने , सबै तहको नेताहरु घरमा नभई पार्टी कार्यलयलाई व्यवस्थित गरि काम गर्ने र आफूले गरेका कामहरुलाई व्यवस्थ्ति ढंगले प्रचार प्रसारमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । प्रेस चौतारी लगायतका संगठन तथा कार्यकर्ताले जनतामाझ फैलाएका भ्रम चिर्नको लागि अझै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य पुरुषोत्तम पौडेलले अहिलेको अवस्थमा सक्रिय रिटर्नी फेडेरेशन नेपाल सक्रिय जनबर्गिय संगठन भएको भन्दै यसको श्रोत , साधन क्षमता कसरी राज्य र पार्टीका लागि सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । 

यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय ईन्चार्ज डा.कृष्ण बहादुर केसीले विदेशमा रहेका नेपालीहरुको योग्यता , उनीहरुको सिप र ज्ञान देशको हितमा प्रयोग गर्न योजना बनाउनपर्ने बताउनु भयो । विदेशमा रहेका नेपालीले रेमिटयान्स पठाएर आर्थिक रुपमा देशलाई योगदान गरेको छ, अमेरिरिकामा सांसाद, चिकित्सा क्षेत्रमा नेपाली झुुलेन्द्र ओझा जसले मंगल ग्रहमा पानी छ पत्ता लगाए ,नासामा कार्यरत, मुकुन्द धिताल मरेको मान्छेको मुटु जिउदो मान्छेमा प्रत्यारोपण,अन्तराष्ट्रिय रुपमा ख्यातीप्राप्त नेपाली , बहादुर कतार रंगशाला, मलेशियाको टावर जस्ता क्षेत्रमा योगदान गरेका नेपालीहरुलाई आफ्नो देशको लागि उपयोग गर्न सक्नुपर्छ । भारतले त विदेशमा रहेका व्यक्तिहरुबाट प्रधानमन्त्रीको सल्लाहकार समुह नै बनायो र चाईना लगायत देशले विदेशमा रहेका व्यक्तिहरुलाई राज्य हितमा प्रयोग गरयो अब हामीले विदेशमा रहेका नेपाली र देशमा फर्केका नेपालीहरुलाई राज्यको हितमा लगाउन पर्छ । 

संगठित आवाजको लागि आफूले भोगेका दुःख , पिडाहरु हटाउन रिटर्नीहरु एक जुट भएर लाग्नुपर्नेमा केसीले जोड दिनुभयो । 

रिटर्नी फेडेरेशन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीले रिटर्नीहरुको समस्या पहिचान गरि उनीहरुको हक हित स्थापित गर्न पहल नेकपा एमालेले गरेको योगदानलाई भुल्न नहुने बताउनु भयो । यो समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षको सारथी संगठन भएको भन्दै अधिकारीले ओएनएफ, डायस्पोराका नेपाली र रिटर्नीहरु विचको समन्वयबाट मिसन ८४ को योजना पुरा गर्न लागि पर्ने बताउनु भयो । मधेश प्रदेश धेरै रिटर्नीहरु छन उनीहरुको समस्या पहिचान गरि, योजना बनाउन पनि संगठित हुन आवश्यक रहेको छ । केन्द्र , प्रदेशबाट योजनाहरु बनाएर कसको माँझ कार्यन्वयन गर्ने भन्नको लागि पनि हामी धेरै धेरै भन्दा धेरै सदस्यता बनाएर संगठन भित्र गोलबद्ध हुन आवश्यक रहेको बताउनु भयो । 

कार्यक्रममा रिटर्नी फेडेरेशन नेपालका उपाध्यक्ष नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले रिटर्नीहरु नगर र वडा तहसम्म संगठित पुग्नु पर्ने बताउनुभयो । संख्यात्मक रुपमा वार्ड , गाउँपालिका मा रहेका रिटर्नीहरुको संख्या उनीहरुको समस्या पहिचान गरेर काम गर्नेपर्ने वहाँको भनाई थियो । रिटर्नीहरुको लागि कस्तो योजना र बजेट र कार्य गर्ने त्यसको लागि मधेश प्रदेशले सधै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा उपाध्यक्षहरु शालिकराम बसेल, रामकृष्ण घिमिरे,पार्टी सचिव मनोज पौडेल,रिटर्नी फेडेरेशन मधेश प्रदेश अध्यक्ष दिपक कुमार श्रेष्ठ, निजगढ नगरपाकिकाका मेयर सुरत पुरी लगायतले मन्तब्य राख्नुभएको रिटर्नी फेडेरेसन नेपालका प्रचार विभाग प्रमुख खेम कार्कीले जानकारी दिएका छन ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×