स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न
कमला केसी/दक्षिण कोरिया:दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा परिवार दक्षिण कोरियाको २६ औँ साधारण सभा सम्पन्न भएको छ ।
नेपाल थाई रेष्टुरेन्टको सभाहल सिओलमा सम्पन्न साधारण सभामा बार्षिक गतिविधि तथा प्रगति प्रतिवेदन संस्थाका सहसचिब राम पंगिनीले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष सिता मोचीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाको १२ औं कार्यसमितिले १० करोड २४ लाख १९ हजार ५९ वन आम्दानी गर्न सफल भएको छ भने ७ करोड ५१ लाख ४१ हजार ९१७ वन खर्च भई ३ करोड ३४ लाख २७ हजार १४२ वन बचत भएको कोषाध्यक्ष अर्जुन अर्यालले जानकारी दिनुभयो ।
साधारण सभाले संस्थाको साधारण सदस्यता तथा आजीवन सदस्यता आजकै मितिबाट खुल्ला गर्ने निणर्य गरेको छ भनेसाधारण सदस्यता कार्यावधि २ वर्ष रहने र शुल्क बीस हजार बन तोकिएको छ यसैगरी आजिवन सदस्यता शुल्क रु १ लाख बन तोकिएको छ ।स्याङ...









