यतिखेर श्रम गन्तव्यमुलुक दक्षिण कोरिया बाट म आफनो बुझाइ र भोगाइ लेख्दै छु,म त्यहि ई पी एस प्रक्रियाका विभिन्न खुड्किला पार गर्दै आएको एकजना व्यक्ति भएकाले पनि यो लेख्ने प्रयास गर्दै छु ,विशेष गरेर बालकुमारी घटनाले ई पी एस कोरियामा सबैको ध्यान केन्द्रित गरेको छ,यसका सकारात्मक पक्ष,नकारात्मक पक्ष बाहिर सतहमा आएका छन,पक्ष विपक्षमा वहश भएका छन,सबैले आआफना धारणा प्रस्तुत गरिरहेका छन यसै सन्दर्भमा मैले आफना कुरा राख्न उपयुक्त ठानेको हो, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया सरकार श्रम तथा रोजगार मन्त्रालयविच सम्पन्न सम्झादारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्राणाली (EPS) नेपाल र दक्षिण कोरिया सरकार विचको सरकार टु सरकार सम्झौता हो ,एस अन्तर्गत नेपाल सरकार र कोरिया सरकारका आ-आफनै कार्यक्षेत्र छन,नेपाल सरकार श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार विभाग अन्तर्गत रहेको ई पि एस शाखा ई पी एस सञ्चालन तथा व्यवस्थापन निर्देशिका अनुरुप चल्दछ भने service of HRD कोरिया त्यहाको श्रम मन्त्रालयको नीति अनुसार !!
कोरियामा साना तथा मझौला उधोकलाई आवश्यक पर्ने कामदार परिपुर्ति गर्ने सिलसिलामा दक्षिण कोरियाले सन:-2007 मा सम्झौता गरेर सन् 2008 देखि सरकारी तहबाट नेपाल बाट कामदार लिन सुरु गरेको हो,कोरियाले नेपाल लगायत 16 वटा देश बाट अध्यक्ष अथवा E-9 कामदार लिने गर्छ,केही दिन अगाडि मात्र ताजिकिस्थान संग श्रम सम्झौता गरेको कोरियाले ,निकट समयमै पपुवा न्युगिनि र रसिया बाट पनि कामदार लिन उक्त देशहरू संग श्रम सम्झौता गर्न खोजिरहेको बताइएको छ,यो संगै दक्षिण कोरियाले कामदार लिने देशको संख्या 19 पुग्ने छ !!
दक्षिण कोरियाले प्रत्येक बर्ष नेपाली श्रम बजारमा उत्पादनमूलक र कृषि क्षेत्र गरेर 5 देखि 10 हजार युवाहरुको माग गर्ने गर्थो अहिले यो संख्या बढाएर 15 हजार पुगाएको छ त्यो पनि उत्पादनमूलक क्षेत्रमा मात्र – विगतमा उत्पादनमूलक र कृषि क्षेत्रमा मात्र कामदार लिने कोरियाले यसपालि देखि पानिजहाज क्षेत्रमा पनि नेपाल बाट छुट्टै तरिकाले कामदार लिने प्रक्रिया अगाडि बढाएर कामदार भित्राउन सुरु गरेको छ र निकट समयमै हस्पिटालिटि सेक्टर,रेष्टुरेन्ट र होटल क्षेत्रमा पनि कोरियाले कामदार ल्याउने तयारी गर्दै छ बिषयका सिलसिला उठान गर्नपुर्व ई पि एस रोजगार प्रक्रियाका कुराकानी गरौ !!
ई पी एस अन्तर्गत कोरियाली रोजगार प्रक्रिया यस्तो छ,
कोरियालि सरकार अन्तर्गतको कोटा निर्धारण समितिले प्रत्येक बर्षको अन्तिममा अर्को बर्षको लागि विदेश बाट कुन क्षेत्रमा कति कामदार ल्याउने भनेर निर्णय गर्दछ,तर कुन देश बाट कति कामदार ल्याउन भनेर उसले सार्वजनिक गर्दैन पछाडि सम्बन्धित देशका सरकार र सम्बन्धित निकाय संग पत्रचार गरि यी क्षेत्रमा यति कामदार लिन सकिने भनेर पत्राचार गर्छ,हाम्रो देशमा पनि यहिं कुरा लागू हुन्छ,service of HRD कोरियाको सेडुवल र निर्देशन र ई पी एस शाखाको सहमतिमा सुचना सार्वजनिक गरेर परिक्षा सञ्चालन गरिन्छ !!
कोरिया सरकार श्रम रोजगार मन्त्रालय अन्तर्गतको service of HRD Korea ले कोटा निर्धारण गरेर पठाएपछि ई पी एस कोरिया शाखाले दर्खास्त आह्वान गरेर सुचना जारी गर्छ,परिक्षा का कसरी सञ्चालन गर्ने ती विशुद्ध नेपाल पक्षको अधिकार र निर्णय हो,तर उक्त परिक्षाको नियमन र निगरानी कोरियनहरु आफैले गर्ने गर्छन,आवेदनकै बेला स्पस्ट ठुला अक्षरमा भनिएको हुन्छ कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन यस्तो किन भनिएको हो,यसको बारेमा चर्चा गर्दै जानेछौ,
परिक्षा सम्पन्न भएपछि त्यसको सम्पुर्ण परीक्षा सिस्टम उनिहरु आफैले लिन्छन सन 2019 अघि PBT (paper -based Test) आधारित परिक्षा हुन्थ्यो भने सन 2022 पछि UBT(Ubiquitous-Based test) आधारित परीक्षा हुन्छ,
नेपालमा प्रतिस्पर्धा संख्या ठूलो ठुने भएकाले बढि अंक ल्याउनेहरु बाट परिक्षा रिजल्ट तयार हुन्छ,परिक्षाको रिजल्ट कोरिया बाट अथवा service of HRD कोरियाको website मा जारी हुन्छ त्यहि बाट हामिले परिक्षामा उतिर्ण वा अनउतिर्ण भएको चेकजाँच गर्ने हो ,नतिजा सार्वजनिक भएको केही दिन पछि पासरहरुको लिष्ट नेपालमा रहेको ई पी एस कोरिया शाखालाई प्राप्त हुन्छ,उक्त शाखाले आफनो वेबसाइटमा पनि सार्वजनिक गर्छ !!
भाषा पास हुनु एउटा खुटकिलो पार गर्नु हो,त्यसको केही दिन अथवा केही महिना पछि सीप परिक्षण (skill Test) को सुचना सार्वजनिक हुन्छ,तर अहिले परिक्षा संगै सीप परिक्षण हुने गरेको छ,सन 2019 तिर भाषा परिक्षा नतिजा सार्वजनिक भएको 7/8 महिना पछाडि मात्र सीप परिक्षण हुने गर्थो त्यहाँ भन्दा अगाडिका बर्ष कोरियाले सीप परिक्षण नै नलिएर कोरिया भित्र्याएको थियो कोरियाले ।
सीप परिक्षणमा सामान्यतया आफनो परिचय कोरियन प्रतिनिधिले सोधेका केही काम संग सम्बन्धित प्रश्नका उतर ,व्यक्तिको उचाइ,तौल,हातको,ढाडको पावर,आखाको कलर ब्यान्ड कुन क्षेत्रमा काम काम गर्न जान चाहेको हो त्यसको परिक्षण गर्नुपर्छ- सीप परिक्षण अनि आखाको कलर ब्यान्डमा पनि धेरै मान्छे असफल हुन्छन,कोरिया जान पाउदैनन् त्यसैले पनि कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनिएको हो, कारण अरु पनि छन उठाउदै जाने छु
कोरियालि रोजगार प्रक्रियाको दोस्रो चरण सीप परिक्षण सकिएपछि त्यसको नतिजा सार्वजनिक हुन्छ त्यसपछि HRD कोरियाको निर्देशनमा ई पि एस शाखाले रोजगार आवेदन फर्म ( Job Appliction From) आह्वान गर्छ,
त्यसपछि हामिले ई पी एस शाखाले तोकेको समयमा,मेडिकल रिपोर्ट,पोलिस रिपोर्ट र उक्त फर्म अन्तर्गतको वैक भचर सहित EPS शाखामा बुझाउनु पर्छ,पहिला EPS शाखाकै प्राङ्गणमा दिनभर लाइन लागेर बुझाउनु पर्थो अहिले अन्लाईन बाट उक्त कागजात लिइने गर्छ , यदि कोहि व्यक्ति मेडिकल र पुलिस रिपोर्टमा असफल भयो भने कोरिया जान पाउदैन त्यसैले पनि भनिएको हो ,कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर ,
यसमा हामिले हाम्रा सबै कागजात जस्तै मेडिकल रिपोर्ट,पुलिस रिपोर्ट,पासपोर्ट,नागरिक्ता,शै
यदि कसैको कागजातमा संका लागेमा ,नक्कली लागेमा उसले फाइल फिर्ता ई पी एस शाखालाई पठाइदिन्छ,EPS शाखाले सुचना जारि गरेर डकुमेन्ट बिग्रेको सुचना जारि गर्छ र संयम व्यक्ति गएर का के गल्ती अथवा अस्पस्ट भएको हो उक्त कागजात बुझाउनु पर्छ,त्यसलाई फेरि ई पि एस शाखाले HRD समक्ष पठाउछ,फेरि पनि उसलाई संक्का लागेमा प्रक्रिया रद्ध अथवा पेन्डिङमा राखिदिन्छ,त्यसैले पनि भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर ! यसलाई हामी तेस्रो चरण भन्छौ ,अब हामी महत्त्वपूर्ण कुडकिलो अथवा प्रक्रियामा प्रवेश गर्दै छौ,कागजात रुजु अथवा सफल भएकाहरुलाई HRD कोरियाले कामदारको सुचि ( Roster) तयार गर्छ,यहाँ नजिक हामिले बुझन पर्ने कुरा के छ भने हामीलाई काममा लगाउने भनेको कोरियन सरकारले होइन यहाँका निजि कम्पनी अथवा तिनका सञ्चालकहरुले हो,कामदारको प्रक्रियामात्र सरकार तहबाट हुने हो !!
HRD कोरियाले प्रत्येक बर्ष 4/5 चरण गरेर कामदार छनोट(employment permit issuance) मिति राख्दछ,उक्त मितिमा कोरियन रोजगारदाताले आफुलाई चाहिएको कामदार सम्बन्धित ठाउको रोजगार सेन्टरमा गएर HRD कोरियाले बनाएको कामदार सुचि बाट कामदर छनोट गर्छन,जस्तै कोरियन रोजगारदालाई एकजना कामदार आवश्यक परो भने उसले कम्तिमा 3 जना बढिमा 5/6 जनाको फाइल हेरर छान्नु पर्ने हुन्छ,रोजगारलाताले कामदार छनोट गर्दा उसको फोटा परिक्षाको अंक,तौल,संयम व्यक्तिको सीप परिक्षणको प्रस्तुति ,उचाई अनुहारको फोटो,जन्ममिति लाई आधार बनाएर कामदार छान्ने गर्छन र आफुले छानेको व्यक्तिको श्रम सम्झौता पत्र HRD मार्फत ई पी एस कोरिया शाखामा पठाउछन,हामिले आफनो प्रक्रिया का पुगेको छ के हुँदै छ भनेर छुट्टै EPS id बनाउनु पर्छ,त्यहि ID बाट हेरेर हामी ई पि एस कोरिया शाखामा गई कम्पनीका सेवा सुविधा तलब सबै हेरेर मन्जुर भएको भनी हस्ताक्षर गरि ई पी एस अफिस लाई बुझाउनु पर्छ ई पी एस शाखाले HRD कोरिया लाई पठाउछ त्यस पछिको प्रक्रिया CCVI ( certificate of confirmation of Visa Issuance) पुग्छ उक्त प्रक्रिया कोरियाको अध्यागमन विभागले गर्छ,कम्पनीको सबै कानुनि प्रक्रिया र कामदारको सबै कानुनी प्रक्रिया चेकजाँच गरि अन्तिममा CCVI जारी गर्छ र HRD लाई पठाउछ HRD ले इ पी एस कोरिया शाखा ग्वार्को लाई पठाउछ,यहाँ नजिक थाहा पाउनै पर्ने महत्त्वपूर्ण कुरा के छ भने service of Hrd korea ले कागजात रुजु ( approval ) गरेको दिन बाट दुई बर्ष भित्र कोरियन रोजगारदाताको छनोटमा परेर कोरिया पुगि सक्नु पर्छ अन्याथा यो प्रक्रिया रद्ध हुन्छ र फेरि नयाँ भाषा परीक्षा दिएर अगाडि जस्तै प्रक्रियागत ढंगले अगाडि बढ्नुपर्ने हुन्छ,तर विडम्बना के छ भने रोष्टरमा एप्रुभल भएका जम्मा संख्याको 10 देखि 20 % जति मान्छेहरु कोरियन रोजगारदाताको छनोटमा नपरेरै 2 बर्षको समयावधि सकिन्छ त्यसैले पनि भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर,
यहि बिषयलाई लिएर धेरै पटक पासर साथिहरुले आन्दोलन र ध्यानाकर्षण गराएका छन श्रम मन्त्रालयका विभिन्न निकाएमा यदि कोरियाले लिदैन भने छनोट गर्दैन भने यहाँ सम्म पुगाएर किन अलपत्र पारेको,यसमा नेपाल पक्ष संग जबाफ छैन होला तर कोरियन सरकार भन्छ:-छनोट गर्ने हामिले होइन रोजगारदाताले हो,यसमा हामी केही गर्न सक्दैनौ,EPS system को सबैभन्दा विरोधाभासपूर्ण विन्दु अनि विवादको विन्दु नै एउटा यहि हो !! भाषा पास गरेका सबै मान्छे कोरिया जान सक्दैनन भन्ने मुख्य कारण नै यहि हो,धेरै मान्छेहरु यहाँको रोजगारदाताको छनोटमा परेर कोरिया आउछन तर केही मान्छेहरू यतै हराउँछन,हाम्रो सरकारले पनि यसमा समाधान निकाल्न सकेको देखिदैन !!
अब अर्को चरण बाकि छ HRD कोरियाले CCVI पठाएको कम्तिमा एक महिना र बढिमा 3 महिना भित्र ई पी यस कोरिया शाखा पुगेर उक्त फर्म भर्नुपर्छ जस्तै भिजा शुल्क,प्रहरी प्रतिवेदन ,मेडिकल यो फर्म भर्न अगाबै 7 दिनको अभिमुखिकरण तालिम लिएको सटिफिकेट लगायत डकुमेन्ट साथै पासपोर्टको मुख्य कपि शाखामा बुझाउने अनि ई पी एस शाखाले सबै कागजात चेकजाँच गरेर नेपालमा रहेको कोरियन राजदुतावासमा पुगाउछ,उसले सबै कागजात चेकजाच गरेर भिजा उपलब्ध गराउछ,विभिन्न कारणले धेरैका भिजा नलागेका उदाहरण ई पि एस शाखामा छन त्यसैले पनि भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर,
त्यसपछि भिजा लागेकाहरुको लिष्ट ई पी एस कोरिया शाखाले यो व्यक्ति उड्न तयार छ भनेर (proposal List) उक्त लिष्ट HRD कोरिया लाई पठाउछ,HRD कोरियाले सम्बन्धित रोजगारदाता संग समन्वय गरेर कुन मितिमा कामदार बोलाउदा उपयुक्त हुन्छ भन्ने समन्वय गरेर अन्तिम उडान लिस्ट – नेम ट्राग सहित ई पि एस कोरिया शाखा ग्वार्को लाई पठाउछ र अन्तिम उडान नामावली आफनो वेबसाइटमा राख्छ,उक्त सुचना हेरेर EPS शाखामा उपस्थिति भएर ई पि एस व्यवस्थापन तथा सञ्चालन अन्तर्गतको जम्मा गरेको भौचर ,वैदेशिक रोजगार आवधिक विमा,वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्माको भौचर,सामाजिक सुरक्षा कोषमा जम्मा गरेको रकम,हवाई टिकट लगायत कागजात पेस तथा तयार गरेर नेपाल कोरियाको सम्बन्ध झल्किने जाकेट टोपी लगाएर विमानस्थल प्रस्थान गर्ने एउटै उडान एउटै टिम भएर उडान हुने गर्दछ,
भिजा लागेको 90 दिन भित्र उठान भै सक्नु पर्छ,अन्याथा भिजा रद्ध हुन्छ पुन CCVI जारी हुनुपर्छ,प्रक्रिया 5/7 महिना पछाडि धकिलेन गर्दछ,रोजगारदाताको कारण समयमै उडान नहुने अथवा उसले विचमै कामदार आवश्यक परेन भने प्रक्रिया रद्ध पनि गर्न सक्छ त्यसैले पनि भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर
अन्तिममा कामदारहरु कोरिया प्रवेश गर्छन र त्यहाँको अध्यागमन चेकजाँच भएर 2 दिन 3 रातको कोरियाको नियम कानुन ,काम र बसाइँसराइको जानकारीसहितको टेर्निङ लिएर अन्तिम दिनमा कम्पनीको साहु अथवा प्रतिनिधिले रिसिभ गरेर कम्पनी प्रस्थान गर्ने र त्यसको एक दुई दिन पछाडि काम सुचारु गर्ने,अझै एउटा कुरा भन्न बाकि छ कोरिया प्रवेशको चरणमा त्यहाको अध्यागमन चेकजाँचमा संक्का र असफल भएका मानिस त्यहि बाट फिर्ता पनि हुनुपर्छ केही मान्छेहरु फिर्ता भएका तथ्यांक ई पी एस शाखामा छन,त्यति मात्र होइन 2 दिन 3 रातको टेर्निङ सेन्टरमै पुन मेडिकल परिक्षण हुन्छ उक्त परिक्षणमा यौन रोग,दिर्घ रोग,अथवा लागुपदार्थ दुव्र्यसन टि भि लगायत रोग देखिए भने पनि त्यहि बाट नेपाल फर्किनु पर्ने हुन्छ,नेपालमा लापरबाही गरेर मेडिकल गरेका घुस खुआएर मेडिकल पास गरेका मान्छेहरु त्यहाँ समातिने गर्छन ,थुप्रै मान्छेहरु रिटन भएका उदाहरण छन ,यो त भयो मोटामोटी प्रक्रियाको कुरा !!
दक्षिण कोरियामा नेपालिको काम र कमाई
दक्षिण कोरियाको वेसिक तलब सन 2022 मा बसेको ज्वाला निर्धारण समितिको वैठकले 2,010,580 वन पारिश्रमिक तोकेको छ हामिले अहिले यहि तलब पाउछौ,उत्पादनमूलक कृषि ,पानिजहाज सबै क्षेत्र र स्वदेशी र विदेशी कामदारको तलब बराबर छ यो कोरियन वन बराबरको आजको विनियम दर अनुसार नेपालि रकम 202,124 हुन आउछ कोरियाको विभिन्न रेमिट्यान्स कम्पनी अनुसार यो विनियम रकम दर फरक हुन आउँछ,कोरियाको सबै भन्दा संस्तो भनिएको KME Forex रेमिट कम्पनीको रेट अनुसार यो रकम रहेको छ !!
कोरियाले अर्को बर्षको न्युनतम वेसिक पारिश्रमिक अघिल्लो बर्ष नै निर्धारण गर्ने गर्छ !!
कोरियामा धेरै जसो कम्पनीमा अतिरिक्त काम( Overtime) हुने गर्छ अतिरिक्त काम अथवा विदाकोको दिन काम गर्दा कोरियन रोजगारदाताले त्यसमा केही प्रतिशत थपेर हामिलाई दिनुपर्ने हुन्छ,अतिरिक्त काम कम्पनीका केही वोनस गरेर 30 लाख वन अथवा 3 लाख नेपाली सम्म पनि यहाँ कमाई हुने गर्छ,धेरै नेपाली साथिहरुले यहि रेसियोको तलमाथि कमाउछन,अतिरिक्त काम नचल्ने कम्पनी छ भने वेसिकमै चित्त बुझाएर बस्नु पर्ने हुन्छ तर day/night एक हप्ता दिन एक हप्ता रात अथवा 15 दिन रात 15 दिन दिउँसो काम हुने कम्पनी र कामदारले 35 देखि 40 लाख वन अथवा नेपाली 3•50 देखि 4 लाख सम्म रुपैया कमाउछन साथै राम्रो वोनस दिने कम्पनि छ भने त्यहाँ बढि कमाउने नेपाली साथिभाईहरु पनि छन तर काम पनि 12 देखि 16 घण्टा गर्नु पर्ने हुन्छ !!
तर काम भने एकदमै असहज तल्लो तहको काम गर्नुपर्ने हुन्छ ,जस्तै फलाम पगाल्ने,काटने काम,आल्मुनियम पगाल्ने काम,क्यामिकल,फर्निचर,पलाष्टिक,
कोरियामा नेपालीको प्रस्तुति र छाप
अहिले दक्षिण कोरियामा 16 वटा देशका कामदार आउछन त्यसमा नेपाल पनि एक हो,केही बर्ष अघि कोरियन रोजगारदाताको पहिलो रोजाइमा कम्बोडियन,फिलिपिन्स कामदार पर्थे तर अहिले नेपाली कामदार पर्छन,नेपाली कामदारले भाषा पनि राम्रो बुझ्ने र बोल्न सक्ने,साथै जिम्मा दिएको काम ईमानदारपुर्वक पूरा गर्ने,जस्तोसुकै काम पनि सहज तरिकाले गर्ने,कम्पनी सञ्चालक तथा त्यहाका सिनियर कोरियन संग आत्मिय सम्बन्ध बनाउने काममा जति पनि खटिन सक्ने लगायत कारणले कोरियन रोजगारदाताको रोजाई र नजरमा नेपाली कामदार परेका हुन,त्यतिमात्र होइन कोरियाको जीवनशैलि,रहनसहन र खानपिनमा सजिलै घुलमिल हुन सक्नेभएकाले पनि नेपाली कामदार रुचाइका हुन – खासमा भन्ने हो भने नेपाली कामदारको सम्बन्ध जनस्तरको छ,पारिवारिक स्तरको छ भन्दा पनि फरक नपर्ला !!
तर केही थोरै मात्रमा नकारात्मक छाप पनि छन नेपाली कामदारका :- कम्पनीमा राम्रो सोचेजस्तो भनेजस्तो कमाई भएन भने अनेक तिकडमवाजि गरेर कम्पनी छोड्ने साथिभाई र आफन्तको लहैलहैमा लागेर कम्पनी परिवर्तन गर्ने,साहु संग झकडा गर्ने,केही छिटपुट कोरियाली कानुनले निषेधित गरेका कामहरु गर्ने लगायत तर पनि यो अवस्था सम्म एकआध नराम्रा घटना बाहेक नेपाली कामदारको छाप अतुलनीय छ कोरियाली भुमिमा !! जुन त्यति सजिलै तोडिनेवाला छैन,धेरै कोरियन रोजगारदाता र कम्पनि नेपालीमन,नेपालीपन र नेपालि काममा बानि परिसकेका छन,मलाई लाग्छ यी हाम्रा सकारात्मक कर्मले पाएका परिणाम र प्रतिफल हुन !!
तर यति कारणलेनै नेपाली कामदार पहिलो रोजाइमा परेका हुन भन्न सकिन्न नेपाल र कोरिया सरकारको समधुर र मित्रवत सम्बन्ध पनि एक हो,अहिले नेपाल बाट हजारौं जनप्रतिनिधि र सरकारका विभिन्न कर्मचारी तथा खेलकुद क्षेत्रका खेलाडी लाई पनि कोरियाले विभिन्न कार्यक्रममा आमन्त्रण गरेर सम्बन्ध अझ बलियो भएको हामी महसुस गर्न सक्छौ,साथै नेपालको प्रतिव्यक्ति आए,बेरोजगारीदर साथै कोरिया आउन चाहने नेपालीको ठूलो संख्या र प्रतिस्पर्धा र नेपाल लाई अवसर दिनुपर्छ भन्ने कोरियाको सकारात्मक प्रतिक्रिया पनि मुख्य कारण हुन !!
बालकुमारी घटना र EPS क्षेत्रमा नेपाल सरकारका पहल,योगदान र तदारुकता
बालकुमारी घटना उठान गर्नुभन्दा पहिला म सन 2017 तिर फर्किन चाहन्छु,जतिबेला कृषि क्षेत्रमा पास गरेका पाच हजार भन्दा बढि ई पि एस पासरहरु हामीलाई कोरियाले किन लगेन हामी किन छनोट हुन सकेनौ भनेर ई पी एस कार्यलयको प्राङ्गणमा उभिएका थिय त्यतिबेला पासर साथिहरुका आवाज दबाउन कार्यलयले प्रहरीका बन्दुक देखाएको थियो,अझ भनौ प्रहरी बन्दुक सहित उपस्थिति थिय,मानौ कि त्यहाँ धार्मिक र जातीय दन्द हुँदै छ,हामी कोरिया किन जान पाएनौ अबको प्रक्रिया के हुन्छ भनेर जबाफ लिन गएका पिडित माथि प्रहरीका लाठि र बन्दुक तेस्राएर लेखटेको घटना अहिले पनि झलझलि याद आउँछ,ई पि एस कार्यलय अथवा नेपाल सरकार आफनो पहल र जिम्मेवारी बाट पन्छिन थुप्रै चोटि प्रहरीका बन्दुक र लाठिका साहार लिएको छ,यो ई पि एस कार्यलयको पुरानो रोग जो हामिले भोक्दै आइरहेको छौ, तर ई पी एस कार्यलय र तिनका नेतृत्व गर्ने कर्मचारी आफना कमजोरी र गल्ती स्विकार्न तयार छैनन !!
विकट पश्चिम जुम्ला र पुर्व ताप्लेजुङबाट मान्छे सानो समस्या लिएर ई पी एस अफिसमा पुग्छ,उसले भित्र छिर्न नपाएर पर्खाल बाहिर बाट नै कुनै चितो बुझदो जबाफ नपाए फर्किनुपर्छ,र फर्किएका घटनाहरु थुप्रै छन सबै समस्या उता बाट नै अथवा कोरिया बाट नै हो भनेर पन्छिन बानि परेका छन ई पि एसका कर्मचारीहरु !! धेरै जसो प्रक्रिया कोरिया बाट नै हुने भएतापनि तर प्रक्रिया का पुगेको छ,किन अवरुद्ध भएको छ,यसको खोजिनिति र त्ययसको समाधान मज्जाले निकाल्न सक्छ ,त्यो अधिकार नेपाल पक्ष अथवा ई पि एस कोरिया शाखालाई छ तर यिनिहरु गर्दैनन,यिनिहरु केही गर्दैनन पनि भन्न पनि खोजिएको होईन तर चुस्तदुरुस्त,जिम्मेवारी, जवाफदेही र संवेदनशील तरिकाले गर्दैनन भन्ने हो !!
सन 2018 मा पनि त्यस्तै भएको थियो,धेरै संख्यामा पास गराउने तर कोरियाली रोजगारको ढोका नखुल्ने अथवा रोजगारदाताले छनोट नै नगर्ने समस्या त्यो बेला पनि थियो,त्यसबखत पनि ई पी एस कार्यलयले प्रहरीको बलमा आवाज दबाएको घटना छर्लङ्ग छ,पिडितहरु उक्त अफिस बाट न्याय नपाएर कैयौं पासर साथिहरु खाडी हानिएका थिय,भगिरथ मेहनत र लगानी पानिमा बगाउन बाध्य भएका थिय !!
सन 2019 तिर पनि त्यस्तै भएको थियो कोभिड-19 को डर देखाए नेपाल बाट एकतर्फी कामदार रोक्ने काम भएको थियो कोरिया जान तयार अवस्थामा बसेका टिकट काटेका हजारौ श्रमिक अलपत्र र अन्यौलमा परेका थिय,घर बाट बिदाई भएर एअरपोर्ट हानिएका कलिला सपना माथि आगो लगाउने पनि त्यहि ई पी एस अफिस हो, नेपाल सरकारले त्यतिबेला एकतर्फी आफुखुसि कामदार रोक्दा यो प्रक्रिया झण्डै दुई बर्ष अल्झनमा परेको थियो,त्यसको एउटा पिडित कर्ता म आफै हो,सरकारको त्यहीँ अदुरदर्शिता कारणले नेपाल र कोरिया विचको आफसि र कुटनैतिक सम्बन्धमा दरार आएको थियो !!
कोभिड -19 ताका कोरियन रोजगारदाताको छनोटमा परि भिजा आएका करिव दश हजार श्रमिकलाई बन्दक बनाउने पनि त्यहि ई पी एस शाखा हो,हाम्रो कोरियाली प्रक्रियालाई अनावश्यक अल्झाइयो, लम्बाईयो भनेर हामिले ई पी एस संघर्ष समिति नै बनाएर सम्बन्धित पक्षलाई हाम्रा आवाज ,पीडा र बाध्यता सुनाएका थियौ,तर पनि तिनिहरुले गम्भीर तरिकाले सुन्ने आट कहिल्यै गरेन,कहिले कोरियाको दोष कहिले मन्त्रालय कहिले अन्य कारण देखाएर हामिलाई रन्न भुल्ल बनाइएको थियो,हाम्रो प्रक्रिया का पुग्यो भनेर सोद्न गएका हामिलाई त्यहि प्रहरीको बन्दुक र लठ्ठी देखाएर त्रसाइएको थियो,त्यतिबेला ई पी एस संर्घष समितिको संयोजक म आफै भएकाले म लगायत 40/50जनालाई प्रहरीले एक दिन हिरासतमै राखेको थियौ,हामी त्यतिबला संयमित थियौ,बढो सुझबुझ ढंगले पहलकदमि लिएका थियौ अन्तिममा नेपाल सरकारको कारणले नै कामदार जान नसकिरहेको कुरा कोरियाले पठाएको पत्र बाट थाहा पायौ,त्यो पनि राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समिति बाट,कोरियाले राखेका केही सर्त नेपाल पक्षले नेमानेकै कारण हामी रकिएको कुरा स्पस्ट जानकारी भयो,त्यसपछि हामी त्यता केन्द्रित भएर कोरियाली गाठो फुकाएका थियौ !!
त्यतिबेला थुप्रै समस्याले जेलिएको थियो ई पी एस,भैसेपाटि भवन( अहिले परीक्षा भैरहेको भवन) अलपत्र थियो,कोरियन पक्षले परिक्षा सुधार गर्न राखेको अवधारणा पत्र बेवास्ता गरिएको थियो कोरियाले कामदार लिन राखेका रेगुलर उडान लगायत सर्त ,Mou प्रक्रिया नविकरण लगायत विभिन्न बिषय, अल्झनमा थिय । हामिले यी सबै बिषय सडक देखि मिनि सदन सम्म चर्को स्वरले उठाएका थियौ,एकपटक सरकारका सबै निकाएको ध्यानाकर्षण गराएका थियौ, ई पि एस मा क्रान्ति ल्याएका थियौ,त्यतिबेलाको पहल अहिलेको जस्तो थियन वैचारिक थियो संयमित थियो पहलकदमिमुलक थियो ,त्यसबखत सहयोग गर्नुहुहुने सम्पुर्ण महानुभावहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ ,सम्झिरहेका छौ !!
त्यसपछाडि हाम्रो कोरियाली ढोका खुले संगै अहिले कोभिड पछाडि मात्र करिव 30 हजार नेपाली कोरिया पुगेको गर्विलो इतिहास हाम्रा अगाडि छन
सन 2017 सन 2018/सन 2019 बाट ई पि,एस शाखा,वैदेशिक रोजगार विभाग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यसबाट पाठ सिक्दै सकेन त्यसैको परिणाम हो,बालकुमारी घटना,आफना नागरिक,विदेश जान चाहने युवाका समस्यामा पहिला नै गम्भीर हभएको भए हाम्रा दुई कलिला युवा ढल्ने नै थियनन,सत्ता सक्तिको दम्भमा उभिएका सरकारी निकाय युवा र जन्ता प्रति उतरदायि छैनन !!
मिति 2080/04/14 मा ई पि एस शाखा बाट प्रकाशित सुचनाको दफा 9 को उफदफा ठ मा उल्लेख भएअनुसार यो क्षेत्रको भाषा परिक्षामा सामेल भई (Ship building) अनुतिर्ण व्यक्तिहरुले पछि हुने अन्य क्षेत्रतर्फको परिक्षा आवेदनहरुमा प्रकाशित भएमा सो परिक्षाका लागि समेत आवेदन दिने भनिएको छ प्रष्ट पारिएको छ ,यो सुचनाले सबैमा खुसिको सञ्चार पैदा गरेको थियो तर यो सुचनाको मसि सुक्न नपाउदै वैदेशिक रोजगार विभाग ई पि एस कोरिया शाखाले 2080/04/15 मा अथवा त्यसको दोस्रो दिनमा फेरी- HRD Service of korea लाई आधार बनाई एउटै बर्षमा फरक-फरक क्षेत्रमा आवेदन दिन नपाउने व्यहोरा उल्लेख गरेर सुचना सार्वजनिक गरियो, जुन सरासर गलत थियो परिक्षा नै दिन नपाउने बिषय र यसले आगामी दिनमा निम्ताउने भयावह स्थिति ई पि एस कोरिया शाखाले मध्यनजर किन गरेन? EPS शाखाले किन अब्जेक्सन जनाएन यो बिषयमा ,आफना नागरिक र युवा प्रति किन संवेदनशील भएन ?
प्रदर्शनका क्रममा दुई जनाको ज्यान गएको केही घण्टामै ईपीएस कोरिया शाखाले आवेदन सबैका लागि खुला गर्यो । सूचनामा यसका लागि कोरियाको मानव संसासन विभाग (एचआरडी) को सकारात्मक प्रतिक्रिया रहेको उल्लेख छ । यो विषय नाटकीय छ । नेपालमा प्रदर्शन भएको केही घण्टामा कोरिया सकारात्मक भएको विषय पत्याउन गाह्रो छ । यसको सोझो अर्थ के हो भने या त कोरिया सरकार यो विषयमा पहिले नै सकारात्मक थियो, नेपाल सरकार असंवेदनशील थियो भन्ने बुझिन्छ । कोरियाको एचआरडीबाट अप्ठेरो नहुने रहेछ भने किन पहिले नै ईपीएस कोरिया शाखाले सम्बोधनका लागि पहल गरेन भन्ने प्रश्न गम्भीर छ र रहन्छ ।
नेपाल पक्षले बढो सालिन र गम्भीर तरिकाले कोरिया संग बहस र अनुरोध गर्ने हो भने कोरियाले नमान्ने प्रश्न नै हुदैन,गरिविको पीडा,अभावको पीडा अनि बेरोजगारीको पीडा कोरियालाई दुनियाँको कुनै पनि सक्तिले सिकाउन सक्छ जस्तो लाग्दैन,जमिन बाट होइन,खाडल बाट महलमा उक्लेका हुन कोरियनहरु,त्यसैले यस्ता पीडा कोरियाले बुझ्छ जस्तो लाग्छ,अनि अर्को कुरा कोरियाले कामदार लिने 16 वटा देश बाट एउटै नियम लागू गर्छ भन्ने कुरा पनि सत्य होइन,उसले प्रत्येक देश संग फरक फरक MOU गरेको छ,कामदार भित्राउने नियम एउटै हो,तर सम्झौता अलग अलग भएको हामी बुझन सक्छौ !!
तर यति भनिरहदा कोरिया लाई अनुशासित ,इमानदार ,मेहनति मान्छे चाहिँ चाहिएको पक्कै हो,आन्दोलन ढुगां टाएर बाल्ने मान्छेहरू कोरियाले खासै रुचाउदैन,उनिहरु यो युग बाट अर्को युगमा प्रवेश गरिसकेकोले पनि होला सायद ,त्यसैले समस्या जहिले पनि छन र आउछन् यसलाई इमानदारी तरिकाले बहन गरौ,समाधान गरौ !!
यो लेखाइमा इ पी एस लाई खरानी रङ्गको उपमा दिएर मात्र म आफनो लेखन यात्रा टुङगाउने पक्षमा छैन यसका सकारात्मक पक्ष पनि छन ,त्यहीँ ई पी एस प्राणाली ले गर्दा आज हजारौ होइन लाखौ युवा कोरिया आएर आफनो आर्थिक हैसियत बदलेका छन,एउटा सामान्य गरिव किर्सानको छोरो पनि प्रतिस्पर्धा गरेर न्यून शुल्कमा कोरिया आउन सक्ने हैसियत राख्दछ,एक परिवारको एक सदस्य कोरियाली रोजगारीमा आउनु त्यस परिबारको उदार हुन सरह नै मैले लिएको छु,कोरियाली रोजगारले संयम व्यक्तिका जीवन बद्लिएका छन,न्यून जीवन स्तर माथि उठेका छन,आर्थिक हैसियत फराकिला भएका छन,परिवारका थोरै भएपनि खुसि हुने सपना सकार भएका छन ,त्यति मात्र होइन कोरियाले अनुशासन सिकाएको छ,मेहनत गर्न सिकाएको छ,उत्पादन गर्न सिकाएको छ,समय र कामको महत्व अझ नजिक बाट महसुस गराएको छ अझ त्यहा भन्दा बढि सीप पनि सिकाएको छ,यि सबै EPS का देन हुन त्यसैले यो प्राणली बचाउ संयमित हौ,सुशोभित हौ !!









