यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर
यसकारण भनिएको हो कोरियन भाषा पास गर्नु कोरिया रोजगारीको ग्यारेन्टी होइन भनेर //
यतिखेर श्रम गन्तव्यमुलुक दक्षिण कोरिया बाट म आफनो बुझाइ र भोगाइ लेख्दै छु,म त्यहि ई पी एस प्रक्रियाका विभिन्न खुड्किला पार गर्दै आएको एकजना व्यक्ति भएकाले पनि यो लेख्ने प्रयास गर्दै छु ,विशेष गरेर बालकुमारी घटनाले ई पी एस कोरियामा सबैको ध्यान केन्द्रित गरेको छ,यसका सकारात्मक पक्ष,नकारात्मक पक्ष बाहिर सतहमा आएका छन,पक्ष विपक्षमा वहश भएका छन,सबैले आआफना धारणा प्रस्तुत गरिरहेका छन यसै सन्दर्भमा मैले आफना कुरा राख्न उपयुक्त ठानेको हो, नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया सरकार श्रम तथा रोजगार मन्त्रालयविच सम्पन्न सम्झादारी पत्र (MoU) अनुरुप रोजगार अनुमति प्राणाली (EPS) नेपाल र दक्षिण कोरिया सरकार विचको सरकार टु सरकार सम्झौता हो ,एस अन्तर्गत नेपाल सरकार र कोरिया सरका...

