कास्की परिवार दक्षिण कोरियाको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ मा हुने
बोम्जन गुरुङ:कोरिया स्थित अति सक्रिय क्षेत्रीय संस्था कास्की परिवारको वार्षिक साधारण सभा आउँदो अक्टोबर ६ तारिक हुने भएको छ । संस्थाको आठौं केन्द्रीय कार्यसमितिले आफ्नो वितेको एक वर्षको प्रगति विवरण सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र आगामी वार्षिक कार्ययोजनाको विषयमा छलफल गर्ने उद्धेश्यले सउल दोङ्देमुन स्थित नेपाल थाई रेष्टुरेन्टको सभाहलमा उक्त वार्षिक साधारण सभा गर्ने भएको हो ।
"संगठित समूह नै परदेशको साहारा हो" भन्ने संस्थाको मूल नारा सहित सन् २००८ मा स्थापना परिवारले दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरु सँग सहकार्य र समन्वय गर्दै सामाजिक कार्यमा अग्रसर भइरहेको सन्दर्भ परिवारका अध्यक्ष सन्तोष पौडेलले बताए ।
कोरियालाई कर्मथलो बनाई बसोबास गरिरहनुभएका कस्केलीहरुको एकता र सद्भाव कायम गर्दै ख्यङ्साङ्नाम्दो बुसान र थेगुमा समेत आफ्नो दुई शाखाहरु विस्तार गरिसकेको र विभिन्न कार...









