Advertisement
Advertisement

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिबेशन सम्पन्न,अध्यक्ष मा लोकराज न्यौपाने

Advertisement
Advertisement

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन दक्षिण कोरियाको राजधानी सउल स्थित दोङदेमुनमा २०२४ सेप्टेम्बर १७ तारिखका दिन सम्पन्न भएको छ। अधिवेशन संगै बृहत रचना वाचन तथा कविता संग्रह “यौवन हराएको मान्छे”को लोकार्पण सम्पन्न भएको थियो। शुभेच्छा रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ह्यारी बोन्डले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव लोकराज न्यौपानेले गर्नुभएको थियो। संस्थाका सल्लाहकार तथा दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहनुभएका साहित्यकार जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा संस्थाका सल्लाहकार एवं साहित्यकार आर एन अधिकारी, संस्थाका सल्लाहकार एवं साहित्यकार मोहन कार्की, साहित्यकार दिपा मेवाहाङ, साहित्यकार मुना कार्की, सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष श्याम अर्याल, प्रतिनिधि दुर्गा कुँवर, इतर अभियान्ता मातृहाङ नेङ्बाङ, लुम्बिनी प्रदेश समाज का उपाध्यक्ष विज्ञान अर्याल, गण्डकी प्रदेश समाज दक्षिण कोरियाका महासचिव विदुर शर्मा रहनुभएको थियो। 

कार्यक्रममा दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहनुभएका कवि डिइबी सिकारुको कवितासंग्रह “यौवन हराएको मान्छे”को लोकार्पण गर्दै अतिथिहरुले कवि सिकारुलाई सफल साहित्य यात्राको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विशेष वाचकको रुपमा रहनुभएका गजलकार दिप प्रदिप कुमार, कवि भरत खत्री र मुक्तककार सञ्जय घिमिरेले आफ्ना सृजनाहरु प्रस्तुत गर्नुभएको थियो। 

कार्यक्रममा बिशेष वाचकहरूको साथसाथै कवि इ गिजु मुना कार्कीले कोरियन कवि यून दोङजुको कविता तारालाई पर्खदैँ शिर्षकमा अनुवाद कविता सुनाउनुभएको थियो। यसैगरी अन्य वाचकहरु सरोज सर्वहारा, रामचन्द्र शर्मा, निर्दोष शिव, शुसिल अर्याल, राज विसर्जन, आरपिसी संङ्गम, विनेश राई मिन्जाई, सेसेफुङ, बाबु बलिन्द्र योङहाङ, रुशन सुवेदी, राजेश सुवेदी, जीवन भण्डारी, जितेन चाम्लिङ, धिरेन्द्र स्पन्दन, नरेन्द्र मलिम्लाल, मानकाजी शाक्य लगायतले आआफ्ना कविता, गजल र मुक्तकहरू सुनाउनुभएको थियो ।

खुला सत्र सकिएलगत्तै सुरु भएको बन्द सत्रमा संस्थाका महासचिव लोकराज न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुशील अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। संस्थाका अध्यक्ष ह्यारी बोण्डले छैटौं कार्यसमिति विगठन गर्दै निर्वाचन समितिलाई नयाँ कार्यसमिति निर्माण गर्ने जिम्मेवारी हस्तान्तरण गर्नुभएको थियो। संस्थाका सल्लाहकार तथा साहित्यकार आर एन अधिकारीको संयोजकत्वमा संस्थाका सल्लाहकार जीवन खत्री तथा साहित्यकार दिपा मेवाहाङ सदस्य रहनुभएको तीन सदस्यीय निर्वाचन मण्डलले निर्वाचन प्रक्रियामार्फत सर्वसहमती जुटाँउदै नयाँ कार्यसमितिको निर्माण गरेको छ। साहित्यकार तथा समाजसेवी लोकराज न्यौपानेले नेतृत्व गर्नुभएको सातौं कार्यसमिति निम्नअनुसार रहेको छ। 

नवनिर्वाचित कार्यसमिति अध्यक्ष लोकराज न्यौपानेलाई निर्वाचन समिति संयोजक आर एन अधिकारले सफथ ग्रहण गराँउदै अध्यक्ष न्यौपानेले कार्यसमिति पदाधिकारी तथा सदस्यहरुलाई सफथ ग्रहण गराउनुभएको थियो। कार्यक्रम भव्यतापुर्वक सम्पन्न गराउन सहयोग गर्नुहुने सम्पूर्णमा अनेसास कोरिया परिवारले धन्यवाद ब्यक्त गरेको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×