अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिबेशन सम्पन्न,अध्यक्ष मा लोकराज न्यौपाने
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरको छैटौं अधिवेशन दक्षिण कोरियाको राजधानी सउल स्थित दोङदेमुनमा २०२४ सेप्टेम्बर १७ तारिखका दिन सम्पन्न भएको छ। अधिवेशन संगै बृहत रचना वाचन तथा कविता संग्रह "यौवन हराएको मान्छे"को लोकार्पण सम्पन्न भएको थियो। शुभेच्छा रेष्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ह्यारी बोन्डले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव लोकराज न्यौपानेले गर्नुभएको थियो। संस्थाका सल्लाहकार तथा दक्षिण कोरियामा रहेर नेपाली साहित्य सृजना गरिरहनुभएका साहित्यकार जीवन खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरुमा संस्थाका सल्लाहकार एवं साहित्यकार आर एन अधिकारी, संस्थाका सल्लाहकार एवं साहित्यकार मोहन कार्की, साहित्यकार दिपा मेवाहाङ, साहित्यकार मुना कार्की, सनातन साहित्य संगीत साधना समूह पाँच स दक्षिण कोरियाका वरि...

