गिम्छन (김천) मा नोवेम्बर ३ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि नोवेम्बर ३ तारिख आइतबारका दिन गिम्छनको अत्याधुनिक थिएटर CGV cinemas मा प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको तीन हप्तामै मै १५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको 김천 मा पनि "शुभ दिपावलीको अवसरमा" गिम्छन -गुमी समाज र कालिकोट समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
경북 김천시 혁신2로 15 3층 (CGV 김천율곡 김천구미 KTX STATION नजिकै )김천 मा नोवेम्बर ३ तारिख आइतबारका दिन दिउँसो १:३० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३०००० वन दिनुपर्ने आयोजकले जनाएको छ।
김천 मा विभिन्न कार्यक्रमहरू गरिसकेको यी दुवै संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिय...









