विशाल आवाज: दक्षिण कोरियाको नयाँ वर्ष सलनालको अवसरमा गण्डकी प्रदेश समाज अन्तर्गतको कोरियामा सक्रिय कास्की परिवार दक्षिण कोरियाले बृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
आइतबारका दिन दोङ्देमुनमा रहेको शुभेच्छा रेस्टुरेन्टको सभाहलमा भएको गण्डकी प्रदेशमा दक्षिण कोरियाको पूर्ण भौतिक बैठकबाट सर्वसम्मत रूपमा कास्की परिवार दक्षिण कोरियाले सलनालको पावन अवसरमा कार्यक्रम गर्ने अनुमति पाएको हो। गण्डकी प्रदेश समाज दक्षिण कोरियाको सल्लाहकार,संस्थापक र पूर्व जिल्ला अध्यक्ष हरु समेतको उपस्थितिमा सम्पन्न गरिएको बैठकमा गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्लाहरूको सर्वसम्मत निर्णयमा कास्की परिवार दक्षिण कोरियालाइ सलनालमा कार्यक्रम गर्ने अनुमति दिइएको कास्की समाजका अध्यक्ष सन्तोष पौडेलले विशाल आवाज लाइ बताउनुभएको छ।
बैठकमा सलनालमा हुने कार्यक्रम बाँडफाँडसँगै लमजुङ परिवार दक्षिण कोरियाले आयोजना गरेको मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ र गण्डकी प्रदेश समाजले आयोजना गरेको टीका जमरा कार्यक्रम २०२४ को समीक्षा र आउँदो अधिवेशनको तयारी र सुझाव संकलन समेत गरेको थियो।