छन्जु (वान्जुगुन) मा नोवेम्बर ९ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि नोवेम्बर ९ तारिख शनिबारका दिन प्रदर्शन हुने भएको छ।
नेपालमा प्रदर्शनको दश दिनमै १० करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको छन्जु (वान्जुगुन) मा पनि "आपतकालीन राहतकोष सहयोगार्थ" छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण कोरियाले प्रदर्शन गर्न लागेको हो।
전북 완주군 봉동읍 둔산3로 94, 완주휴시네마 छन्जु (वान्जुगुन) मा नोवेम्बर ९ तारिख शनिबारका दिन साँझ ६:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप ३० ००० वन दिनुपर्ने आयोजकले जनाएको छ। टिकट बूकिंग गर्नको लागि :
IBK BANK Ac. No.: 58203981201015 RIJAL TANK
छन्जु (वान्जुगुन) मा विभिन्न कार्यक्रमहरू गरिसकेको संस्थाले आफ्नो स्थापना कालदेखि ...



