अप्रिल १३ मा हुने “फाजु मिनि लिग कप टुर्नामेन्ट २०२५” सम्पूर्ण तयारी पूरा, टाईसिट सहित
दक्षिण कोरिया: दक्षिण कोरियाको फाजुसिमा PAJU NEPAL FC को आयोजनामा अप्रिल १३ तारिख आइतबारका दिन “PAJU MINI LEAGUE CUP TOURNAMENT 2025” हुने भएको छ।
दक्षिण कोरियामा रहेको आठ टिम भिड्ने प्रतियोगिताको विजेता र उपविजेता हुने टिमले क्रमश:१० लाख र ५ लाख कोरियन वोन प्राप्त गर्नेछन्। आइतबारका दिन १२:४० बाट उद्घाटन खेल सुरु हुने प्रतियोगिताको आयोजकले टाईसिट छनोट गर्दै सम्पुर्ण टिमलाइ खेल हुनुभन्दा २० मिनेट अगाडि आएर कार्ड को ५० हजार वन क्यास जम्मा गर्दिनुहुन आयोजकले अनुरोध समेत गरेको छ ।
यसैगरी प्रतियोगिताको विभिन्न १३ बुँदे नियमहरू समेत आयोजकले सार्वजनिक गर्दै खेलमा कुनै विवाद भएमा आजको निर्णय नै अन्तिम निर्णय हुने र सबै टिमहरुले नियम राम्रोसँग पढी खेलाई अनुशासित र मर्यादित बनाइदिनुहुन आयोजकले आग्रह गरेको छ।
...









