Advertisement
Advertisement

समाचार

अत्याधिक गर्मिमा काम गर्दा कोरियामा एक विदेशी कामदारको मृत्यु

अत्याधिक गर्मिमा काम गर्दा कोरियामा एक विदेशी कामदारको मृत्यु

जानकारी, भर्खरै, समाचार
पछील्लो समय कोरियामा अत्याधिक बढीरहेको गर्मीको कारण एक बिदेशी भियतनामी कामदार, ग्योङबुकको गुमीमा रहेको एक अपार्टमेन्ट निर्माण स्थलमा ढलेर र मृत्यु भएको छ। ग्योङबुक अग्निशमन विभाग र गुमी प्रहरी चौकीका अनुसार, एक सहकर्मीले ए (२३) लाई अघिल्लो दिन साँझ ४:४० बजेतिर गुमी-सीको सान्डोङ-युपमा रहेको अपार्टमेन्ट निर्माण स्थलमा ढलेको अवस्थामा फेला पारेर रिपोर्ट गरेको बताइएको छ। उक्त ब्यक्ती पहिले नै पहिलो बेसमेन्ट तल्लामा निर्माण स्थलमा मृत अवस्थामा फेला परेका थिए।गुमी अग्निशमन विभागका अनुसार सो व्यक्ति फेला पर्दा उनको शरीरको तापक्रम ४०.२ डिग्री रहेको बताइएको छ। त्यस समयमा गुमीमा दिनको तापक्रम ३७.२ डिग्री थियो। त्यस दिन देखिनै काम सुरु गरेका उनले फर्मवर्क जडान गर्ने काम गरिरहेको थियो भने काम सकेपछी सहकर्मीहरूलाई बाथरूम जान्छु भनेर हिंडेका उनी पछी नफर्केको भन्ने अनुसन्धान गरिएको छ। रोजगा...
कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

कोरियाको Hyundai ले भारतको सरकारी कम्पनीलाई पानीजहाज निर्माण प्रविधी सिकाउने

Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
HD Hyundai ले भारतको सबैभन्दा ठूलो सरकारी शिपयार्ड, कोचिन शिपयार्डलाई आफ्नो पानीजहाज निर्माण प्रविधि प्रदान गर्ने भएको छ। यसका लागि दुबै कम्पनीबीच दीर्घकालीन सहकार्यका लागि समझदारीपत्र (MOU)मा हस्ताक्षर भएको छ। यस सम्झौतामार्फत HD Hyundai ले कोचिनलाई डिजाइन, खरिद, र जनशक्ति तालिममा सहयोग गर्नेछ, साथै दुबै कम्पनीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा नयाँ जहाज निर्माण अर्डर खोज्नेछन्। भारतले "Maritime India Vision 2030" लगायत योजनाहरू अघि सारेको छ र ₹250 अर्बको "Maritime Development Fund" स्थापना गरेको छ।  सन् २०२२ मा $90 मिलियन रहेको भारतीय जलपोत बजार २०२४ मा $1.12 अर्ब पुगेको छ र आगामी वर्षहरूमा तीव्र वृद्धि हुने अनुमान छ। HD Hyundai ले यसअघि अमेरिकाको Huntington Ingalls र Edison Chouest सँग पनि साझेदारी गरिसकेको छ। 𝐄𝐏𝐒 𝐍𝐄𝐏𝐀𝐋 𝐅𝐀𝐌𝐈𝐋𝐘...
लमजुङ परिवारको रमाइलो वनभोज तथा १५औं अधिवेशन सम्पन्न,अध्यक्षमा रोशन गुरुङ चयन

लमजुङ परिवारको रमाइलो वनभोज तथा १५औं अधिवेशन सम्पन्न,अध्यक्षमा रोशन गुरुङ चयन

समाचार
लमजुङ परिवारको रमाइलो वनभोज तथा १५औं अधिवेशन सम्पन्न,अध्यक्षमा रोशन गुरुङ चयन विशाल आवाज: दक्षिण कोरियामा सक्रिय रहँदै आएको लमजुङ परिवार दक्षिण कोरियाको रमाइलो वनभोज तथा १५ औँ अधिवेशन सम्पन्न भएको छ। “लमजुङ हाम्रो जन्मभूमि लमजुङ हाम्रो सान हो, प्रवासी भूमिमा एकता र सहयोग नै हाम्रो पहिचान हो।” भन्ने मूल नाराका साथ सन् १९९९ मा स्थापित लमजुङ परिवार समाज दक्षिण कोरियाले जुलाइ ५-६ तारिख 경기 안성시 원곡면 천덕산로 804-8(레이크타운) आफ्नो १५औं अधिवेशन तथा रमाइलो वनभोज कार्यक्रम सम्पन्न गरेको हो। १५औं अधिवेशनबाट रोशन गुरुङको अध्यक्षतामा २० सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुबास गुरुङ, महिला उपाध्यक्षमा कृतिका गुरुङ, उपाध्यक्ष हरूमा कमला गुरुङ, रमेश क्षेत्री अधिकारी, पूर्ण गुरुङ, महासचिवमा भूमि गुरुङ, सचिव हरूमा जमनसिं गुरुङ र विकास गुरुङ यसैगरी कोषाध्यक्षमा तेजु अ...
भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

भोजपुर परिवार दक्षिण कोरियाले “ नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्दै

Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय समाज भोजपुर परिवार दक्षिण कोरियाले यही जुलाई १३ तारिखका दिन सउलमा “नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान” विषयक विमर्श कार्यक्रम गर्ने भएको छ। योगमाया र उनका अनुयायीहरूको जलसमाधिको ८४ औँ स्मृति दिवसको अवसरमा भोजपुर परिवार दक्षिण कोरियाले जुलाई १३ तारिख आइतबारका दिन १२ बजे पूर्वी नेपाल समाजको सभाहल दोङ्देमुनमा तीनजना विशेष वक्ताहरूको साथमा कार्यक्रम गर्ने भएको हो। कोरियामा रहेका सबै संस्थाहरूले निरन्तर गरिरहेको एकै प्रकारको परम्परागत कार्यक्रमका बीच भोजपुर समाजले, समाज बदल्न योगदान दिने व्यक्तिको सम्झनामा श्रद्धास्वरूप गर्न लागेको यो बिल्कुलै नयाँ किसिमको कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष बिशन राई, पूर्वी नेपाल समाज दक्षिण कोरियाका अध्यक्ष केदार निरौला र खोटाङ सेवा समाज दक्षिण कोरियाका अध्यक्ष सुष्मा रानाहंमा राई वक्ताको...
कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

कोरियामा १ बर्षमै १० लाख ब्यवसाय बन्द 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सन २०२४ मा कोरियामा पहिलोपटक १० लाखभन्दा धेरै व्यवसायहरू बन्द भएका छन्। राष्ट्रिय कर सेवा (NTS) का अनुसार, कुल 1,008,282 व्यवसायहरू (व्यक्तिगत र कर्पोरेट) बन्द भएका छन्, जुन अघिल्लो वर्षभन्दा 21,795 ले बढी हो। यो वृद्धिको मुख्य कारणहरूमा कोभिड महामारीपछिको लामो आर्थिक मन्दी, उच्च ब्याजदरका कारण बढ्दो ऋण तिर्न नसक्ने दर, र घट्दो बिक्री रहेका छन्।  बन्द भएका व्यवसायमध्ये करिब आधा खुद्रा र रेस्टुरेन्ट क्षेत्रका थिए। खुद्रा व्यवसायको बन्द दर 16.78% र रेस्टुरेन्टको 15.82% रहेको छ। विज्ञहरूका अनुसार उच्च मुद्रास्फीति र ब्याजदरले मानिसको वास्तविक आम्दानी घटाएको छ, जसले गर्दा खुद्रा र खाना खर्चमा गिरावट आएको हो। EPS NEPAL FAMILY...
“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

“Fonemoney साथमा १ करोड हातमा” अभियान अन्तर्गत विजेता श्री मिलन विश्वकर्मालाई १ करोड कोरियन वन पुरस्कार हस्तान्तरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरिया - जुलाई ६, २०२५ रेमिट्यान्स सेवा प्रदायक कम्पनी Fonemoney ले "Fonemoney साथमा १ करोड हातमा" अभियान अन्तर्गत १ करोड कोरियन वन जित्ने भाग्यशाली विजेता श्री मिलन बिश्वकर्मालाई पुरस्कार हस्तान्तरण समारोह गरेको छ। विजेता घोषणा कार्यक्रम जुन १५, २०२५ (आईतबार) का दिन दोंगदेमुनस्थित Fonemoney को मुख्यालयमा आयोजित लक्की ड्र मार्फत सम्पन्न भएको थियो। त्यसैगरी जुलाई ५. शनिबार, Fonemoney मुख्यालयमा सम्पन्न एक विशेष आन्तरिक कार्यक्रम मार्फत विजेता श्री मिलन बिश्वकर्मालाई १ करोड कोरियन वन बराबरको नगदपुरस्कार औपचारिक रूपमा हस्तान्तरण गरियो। पुरस्कार हस्तान्तरण समारोहमा खुशी साट्‌दै श्री मिलन विश्वकर्माले जितेको रकम आफूले नेपालमा बनाउँदै गरेको घरको रङ्गरोगन तथा इन्टेरियरको काममा सो रकम खर्च गर्ने योजना रहेको उल्लेख गर्दै फोनमनीलाई आभार व्यक्त गर्नुभयो। यस अभियान अन्तर्गत, प्रत्ये...
वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिद्वारा त्रिपाल हस्तान्तरण

वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिद्वारा त्रिपाल हस्तान्तरण

जानकारी, भर्खरै, समाचार
विशाल आवाज: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपाल को भक्तपुर जिल्ला समितिले विपत् व्यवस्थापन पूर्वतयारी अभियान अन्तर्गत त्रिपाल हस्तान्तरण गरेको छ। वाईसिएल नेपाल बागमती प्रदेश अन्तर्गतको विपत् व्यवस्थापन पूर्व तयारी अभियान अन्तर्गत आज वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिको संयोजनमा वाईसिएल नेपाल बागमती प्रदेश समितिको अध्यक्ष नरेश रन्जित लाइ त्रिपाल हस्तान्तरण गरिएको हो।  सम्भावित विपदको जोखिम न्यूनीकरण तथा राहत तयारीमा टेवा पुर्याउने उद्देश्यले गरिएको यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई वाईसिएल नेपाल बागमती प्रदेश समितिको तर्फबाट   अध्यक्ष  नरेश रन्जितले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ। ...
जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार

जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार

जानकारी, भर्खरै, समाचार
  जुलाइ महिनामा सेन्टबि रेमिट्यान्सबाट पैसा पठाइ हिरा देखि सुन र चादी सम्म जित्न सकिने बबाल उपहार विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको तापक्रम बढ्यो अब sentBe मा बबाल उपहार तपाईँको भाग्यमा भन्दै जुलाई प्रमोसन सार्वजनिक गरेको छ। जुलाइ महिनाको १ तारिखदेखि ३१ तारिखसम्म सेन्टबि रेमिट्यान्स मार्फत पैसा पठाउनेले हिराको औठीदेखि लिएर एक तोला सुन र पाँच तोला चाँदीसम्म पाउन सक्ने छन्। सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा हुने जुलाइ प्रमोसन बाट सुन चाँदी र हिरा लगायतका विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। सुरक्षित भरपर्दो र सस्तो‌ माध्यमबाट पैसा पठाउनुको साथै इभेन्टमा भाग लिइ पुरस्कार पाउनको लागि कोरियामा रहनुहुने हरुले जुलाइ १ तारिख देखि ३१ तारिख सम्म सेन्ट-वी रेमिट्यान्स मार्फत रकम नेपाल पठाउनुपर्...
नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन यही जुलाई २० मा हुने 

नेपाल मगर संघ दक्षिण कोरियाको बाह्रौं केन्द्रीय अधिवेशन यही जुलाई २० मा हुने 

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित नेपाल मगर संघको केन्द्रीय बाह्रौं अधिवेशन यही जुलाई २० मा हुने भएको छ । संघले आफ्नो एघारौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई केन्द्रित गर्दै सउलको नेपाल थाई रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।  सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाले विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै झण्डै दुई दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको संघका केन्द्रीय अध्यक्ष तुल घर्ती मगरले बताए । कोरियाभरि आफ्नो पाँच शाखा विस्तार गरिसकेको यस संघले विगत लामो समयदेखि सउल दोङ्देमुन, किम्हे र थेगुमा समेत सेल्टरहरु समेत सञ्चालन गरेर सेवा द...
दक्षिण कोरियामा भोजपुरका एक बिरामीको उपचार र डिस्चार्जका लागि सहयोग अपिल

दक्षिण कोरियामा भोजपुरका एक बिरामीको उपचार र डिस्चार्जका लागि सहयोग अपिल

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:भोजपुर साविक मानेभन्ज्याङ गाविस हाल रामप्रसाद गाउँपालिका घर भई दक्षिण कोरिया रोजगारीका सिलसिलामा कोरियाको ख्याङसाङबोक्दो आन्दोङमा कार्यरत टेकराज खत्रीको उपचार गरी डिस्चार्ज गराउन आर्थिक अभावका कारण समस्या भएको हुँदा कोरियामा सहयोग अभियान सञ्चालन भइरहेको छ। कोरिया प्रवेश गरेको १० महिनामै बिरामि भइ बिगत तीन महिना देखि उपचाररत खत्रीको कम्पनीले कुनै पनि सहयोग प्रदान नगरेको र उपचार खर्च हालसम्म २ करोड वन भन्दा बढी पुगिसकेको हुनाले बिरामीलाई अस्पतालबाट डिस्चार्ज गराउने उद्देश्य सहित भोजपुर परिवारले “टेकराज खत्री बचाउ” अभियान सञ्चालन गरी सहयोग संकलन गरिरहेको छ। सहयोगका लागि THAPA KUMAR को IBK BANK मा रहेको खाता नम्बर 221-425464-02-028 मा रकम पठाई यसरी अप्रत्यासित घटनाका कारण विपदमा परेका व्यक्तिको जीवन रक्षासहित सकुशल डिस्चार्ज गराउन सबैजनाले सहयोग गरिदिनुहुन अनुरोध गरिएको छ।...