विशाल आवाज: नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसिएल नेपाल को भक्तपुर जिल्ला समितिले विपत् व्यवस्थापन पूर्वतयारी अभियान अन्तर्गत त्रिपाल हस्तान्तरण गरेको छ।
वाईसिएल नेपाल बागमती प्रदेश अन्तर्गतको विपत् व्यवस्थापन पूर्व तयारी अभियान अन्तर्गत आज वाईसिएल नेपाल भक्तपुर जिल्ला समितिको संयोजनमा वाईसिएल नेपाल बागमती प्रदेश समितिको अध्यक्ष नरेश रन्जित लाइ त्रिपाल हस्तान्तरण गरिएको हो।
सम्भावित विपदको जोखिम न्यूनीकरण तथा राहत तयारीमा टेवा पुर्याउने उद्देश्यले गरिएको यस कार्यमा सहयोग गर्ने सम्पूर्णलाई वाईसिएल नेपाल बागमती प्रदेश समितिको तर्फबाट अध्यक्ष नरेश रन्जितले हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ।
Post Views: 249









