Advertisement
Advertisement

समाचार

अक्टोबर ६ मा सौलमा ’बृहत साहित्य मेला–२०२५’ हुने

अक्टोबर ६ मा सौलमा ’बृहत साहित्य मेला–२०२५’ हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा सक्रिय अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले यस वर्ष पनि बृहत साहित्यिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कोरियाली पर्व छुसक तथा नेपाली महान पर्व बडा दशैंको शुभ अवसरमा आयोजना गरिने ‘बृहत साहित्य मेला–२०२५’ आगामी अक्टोबर ६, सोमबार, राजधानी सउलको दोङ्देमुनस्थित मुछेङ्गा रेष्टुरेन्टको हलमा सम्पन्न हुने जानकारी आयोजकले दिएको छ। कार्यक्रममा नेपाली साहित्यका प्रमुख विधा कविता, गजल, मुक्तक र हाईकु को विशेष वाचन हुनेछ। यस अवसरमा —  • कवि सुरेश राई, विजयता भण्डारी र युग सर्वनाम  • गजलकार निर्दोष शिव, लक्ष्मण आजाद र जितेन चाम्लिङ  • मुक्तककार राधेश आचार्य, एस के भट्टराई र सिपी आचार्य  • हाईकुकार डिबी सिकारू आफ्ना सृजनाहरू प्रस्तुत गर्नेछन्। यस्तै, दक्षिण कोरियामा रहेर नेपाली साहित्यमा कलम ...
छुसकमा हुने “नेपकोर नाइट २०२५ भोल–२” का लागि सबै तयारी पूरा,सौलमा नवाज अन्सारीले धमाका मच्चाउने

छुसकमा हुने “नेपकोर नाइट २०२५ भोल–२” का लागि सबै तयारी पूरा,सौलमा नवाज अन्सारीले धमाका मच्चाउने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा बस्ने नेपाली समुदायका लागि यसपालि छुसक पर्व विशेष बनाउन “Nepkor Night 2025 Vol–II” को सम्पूर्ण तयारी पूरा भएको छ। नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा आउँदो अक्टोबर ५ (आइतबार) का दिन सिओलस्थित Crest 72 मा भव्य कार्यक्रम हुने पक्का भएको आयोजकहरूले जनाएका छन्। नेपकोर इन्टरटेन्मेन्टको प्रस्तुतिमा चर्चित कलाकार नवाज अन्सारी आफ्नो “सम्राज्य टुर” अन्तर्गत धमाकेदार प्रस्तुति लिएर स्टेजमा देखिने छन्। उनका साथमा DJ C-Man र Regional Rapper TJay पनि प्रस्तुति दिने कार्यक्रम रहेको छ। साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म निरन्तर चल्ने सो कन्सर्टलाई लिएर कोरियामा रहेका नेपाली युवामाझ उच्च उत्साह देखिएको छ। आयोजकका अनुसार, Free Bus Service समेत डोङ्देमुन गेट नं. ३ बाट उपलब्ध गराइनेछ। कार्यक्रमको जोश–उत्साह झनै बढ्दै गएको छ। आयोजकले घोषणा गरेअनुसार, Early Bird Ticket (३०,००० ...
सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाद्वारा सुवनमा दशैंको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुँदै

सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाद्वारा सुवनमा दशैंको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम हुँदै

समाचार
  नेपालीहरूको  महान चाड बडा दशैं–विजयादशमी २०८२ को अवसरमा सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले सुवन स्थित WOORI himalaya resturant मा अक्टोबर ४ तारिकका दिन शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ। “आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नारासहित स्थापित समाजले आयोजना गर्न लागेको कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण सिन्धुपाल्चोकबासीसहित सबै नेपालीहरूलाई उपस्थित रहन हार्दिक निमन्त्रणा गरिएको छ। कार्यक्रमले आपसी भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने र कोरियामा रहँदा पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण सिन्धुपाल्चोकबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ। कार्यक्रम विवरण : 📅 मिति : अक्टोबर ४, शनिबार 🕓 समय : सा...
डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं कार्यक्रम

डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाद्वारा विजयादशमीको अवसरमा शुभकामना आदानप्रदान तथा दशैं कार्यक्रम

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपालीहरुको महान चाड बडा दशैं–विजयादशमी २०८२ को पावन अवसरमा डाइनामिक मोरङ कमिटी, दक्षिण कोरियाले शुभकामना आदानप्रदान तथा दशैं विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। गत वर्षहरूझै यस वर्ष पनि संस्थाले आपसी सद्भाव, हर्षउल्लास र एकता कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई उपस्थित भई दशैंको उल्लास साटासाट गर्न हार्दिक निमन्त्रणा गरिएको आयोजकले जनाएको छ। कार्यक्रम विवरण : 📅 मिति : २०८२ असोज १७ गते, शुक्रबार (सेप्टेम्बर ३) 🕕 समय : साँझ ६:०० बजे 📍 स्थान : निरोशा रेस्टुरेन्ट, आन्सान, दक्षिण कोरिया (경기도 안산시 단원구 원곡동 797-3, 3층) कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण मोरङबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ।...
छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

छुसकमा अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५ हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली खेलाडीबीचको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता मानिएको “अन्तर नेपाली क्रिकेट प्रतियोगिता २०२५” आगामी अक्टोबर ५ देखि ७ तारिखसम्म आयोजना हुने भएको छ। कोरिया क्रिकेट एसोसिएशनको आयोजनामा हुने यो प्रतियोगिता योनही क्रिकेट ग्राउन्ड (Yeonhui Cricket Ground) मा सम्पन्न हुनेछ। प्रतियोगितामा नेपाल र कोरियामा रहेका नेपाली क्रिकेट खेलाडीहरूबाट बनेका २४ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा विजयी टिमले ३८ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने दोस्रो हुने टिमलाई १८ लाख वोन प्रदान गरिनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने दुई टिमले जनही ५ लाख वोन पुरस्कार पाउनेछन्। प्रतियोगिताको “म्यान अफ द सिरीज” घोषित हुने खेलाडीलाई २ लाख वोन, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई जनही १ लाख वोन पुरस्कार दिइनेछ। तीन दिनसम्म निरन्तर हुने यस प्रतियोगितामा रोचक र प्रतिस्पर्धा...
नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो शाखाको पाँचौँ अधिवेशन सम्पन्न, जय राई अध्यक्षमा चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
  नेपाल आदिवासी जनजाति महासंघ ख्यङ्साङनाम्दो, बुसान शाखाले आफ्नो ऐतिहासिक पाँचौँ अधिवेशन २०२५ सेप्टेम्बर २८ (आइतबार) का दिन किम्हे स्थित न्यू लिटल इण्डिया रेष्टुरेन्टको सभाहलमा सम्पन्न गरेको छ। “मौलिक भाषा, धर्म, संस्कृति र परम्पराहरूको संरक्षण गर्दै आत्मसम्मान, सह–अस्तित्व र पहिचान प्राप्तिका लागि गोलबद्ध बनौं” भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष बिसन राई रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्ष्य परि गुरुङ रहनुभएको थियो। यस अधिवेशनमा ख्यङ्साङनाम्दोमा रहेका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहितको बाक्लो उपस्थिति रहेको थियो। नव–निर्वाचित कार्यसमिति यसप्रकार रहेको छ : • अध्यक्ष : जय राई • वरिष्ठ उपाध्यक्ष : आकास घिसिङ • उपाध्यक्ष : बिकास राई • महासचिव : तुफान मगर • सचिव : राम माझी • कोषाध्यक्ष : नितेश नेम्बाङ ...
जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न

जेजु नेपाल कमिटीको प्रथम अधिवेशन सफलतापूर्वक सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
  जेजुमा रहेका नेपालीहरूको साझा संस्था जेजु नेपाल कमिटीले आफ्नो ऐतिहासिक प्रथम अधिवेशन २०२५ सेप्टेम्बर २८ गते भव्य रूपमा सम्पन्न गरेको छ। अधिवेशनलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण सदस्य, उपस्थित अतिथि, सहयोगी संस्था, स्थानीय संघ–संगठन तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। संस्थापक अध्यक्षले संस्थाको बलियो जग निर्माण गर्नुभएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यस जगमा टेकेर संस्थालाई अझ सबल, सुदृढ र गौरवशाली बनाउन प्रतिबद्धता व्यक्त गरेको छ। नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः • अध्यक्ष : बिबेक तामाङ • उपाध्यक्ष : उन्जी तामाङ • महासचिव : अनिता महर्जन • सचिव : रोशन श्रेष्ठ • कोषाध्यक्ष : हस्त बहादुर शाही • सह–कोषाध्यक्ष : जमुना घले सदस्यहरू: उत्तम भुषाल, तिलोक विश्वकर्मा, सन्जय कार्की, मिलन केसी, कालु गुरुङ, अनिता रुम्बा, सविन विश्वकर्मा...
खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न, टियस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन सम्पन्न, टियस राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियामा रहेका नेपालीहरूको हकहित, एकता र सामाजिक सेवामा सक्रिय खोटाङ सेवा समाज दक्षिण कोरियाको २०औं अधिवेशन आज (सेप्टेम्बर २८, आइतबार) सिओलमा सम्पन्न भएको छ। सिओलस्थित 종로구 창신길 ५१, ५औं तल्ला (MG 새마을금고 हल) मा भएको अधिवेशनमा कोरियामा सक्रिय विभिन्न संघ–संस्था, राजनैतिक दलका प्रतिनिधि, व्यवसायी, पत्रकार, बुद्धिजीवी तथा सर्वसाधारण नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो। अधिवेशनले सर्वसम्मत रूपमा श्री टियस राई को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। निर्वाचित कार्यसमिति यस प्रकार रहेको छ : • अध्यक्ष – टियस राई • बरिष्ठ उपाध्यक्ष – हरि कुमार खड्का • उपाध्यक्षहरू – फुर्तेम्बा शेर्पा, दोर्जे शेर्पा, काशी निरौला • महासचिव – कला राई • सचिव – सुरज लिम्बु • कोषाध्यक्ष – अनिला राई सदस्यहरू : मुना मगर, आभाष राई, रत्न क्षेत्री, मनराज राई, निशा राई, शान्तिराम राई, रोशन राई। सन् १९९६ ...
दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम हुँदै

दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने नारासहित ढोरपाटन समाज दक्षिण कोरिया को स्थापना तथा भेटघाट कार्यक्रम आउँदो अक्टोबर ६, २०२५ मा हुने भएको छ। सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभा हलमा हुने उक्त कार्यक्रममा बिहान ९ बजेबाट सुरु हुने जानकारी आयोजक समितिले जनाएको छ। कार्यक्रममा प्रवासी नेपालीबीच आपसी सम्बन्ध विस्तार, एकताको भावना बलियो बनाउनका साथै ढोरपाटन क्षेत्रको पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। आयोजकहरूका अनुसार, समाजको स्थापनासँगै दक्षिण कोरियामा रहेका ढोरपाटनबासी नेपालीलाई एक साझा मञ्चमा जोड्ने काम हुनेछ। साथै, भविष्यमा आपत्कालीन सहयोग, सामाजिक एकता र नेपाली संस्कृतिको संरक्षण प्रवर्द्धन गर्ने गतिविधि सञ्चालन गर्ने तयारीसमेत गरिएको छ। आयोजक समितिले कोरियामा रहेका सम्पूर्ण नेपा...
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम

Breaking News, जानकारी, भर्खरै, समाचार
शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउँदै, प्रमुख शहरहरूमा युवा उद्यमशीलता र सेयर बजार तालिम दक्षिण कोरियामा कार्यरत नेपाली युवाका लागि एउटा महत्वपूर्ण अवसर आएको छ। उद्यमशील युवा मञ्च, दक्षिण कोरियाले आउँदो छुसक पर्व को अवसरमा “युवा उद्यमशीलता र सेयर बजार तालिम २०२५” आयोजना गर्ने भएको छ। कार्यक्रम Soaltee Telecom को प्रमुख प्रायोजनमा हुनेछ। यस विशेष तालिमका गेस्ट लेक्चररका रूपमा शेयर बजार विज्ञ संजोग कोइराला कोरिया आउने भएका छन्। नेपालमा वित्तीय साक्षरता र पूँजी बजार विषयलाई युवामाझ लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएका कोइराला हाल नेपालका विभिन्न विश्वविद्यालय, व्यवसायिक प्रतिष्ठान र प्रशिक्षण संस्थानमा निरन्तर सिकाइ र सल्लाह दिइरहेका छन्। उनी सेयर बजारका विश्लेषण, लगानी रणनीति र वित्तीय योजना निर्माणमा परिचित नाम मानिन्छ। तालिम हुने मिति र स्थानहरू • सिओल : ६ अक्टोबर २०...