जेजुमा रहेका नेपालीहरूको साझा संस्था जेजु नेपाल कमिटीले आफ्नो ऐतिहासिक प्रथम अधिवेशन २०२५ सेप्टेम्बर २८ गते भव्य रूपमा सम्पन्न गरेको छ।
अधिवेशनलाई सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण सदस्य, उपस्थित अतिथि, सहयोगी संस्था, स्थानीय संघ–संगठन तथा शुभेच्छुकहरूप्रति संस्थाले हार्दिक आभार व्यक्त गरेको छ। संस्थापक अध्यक्षले संस्थाको बलियो जग निर्माण गर्नुभएको उल्लेख गर्दै नयाँ नेतृत्वले त्यस जगमा टेकेर संस्थालाई अझ सबल, सुदृढ र गौरवशाली बनाउन प्रतिबद्धता व्यक्त गरेको छ।
नव–निर्वाचित कार्यसमिति यस प्रकार रहेको छः
• अध्यक्ष : बिबेक तामाङ
• उपाध्यक्ष : उन्जी तामाङ
• महासचिव : अनिता महर्जन
• सचिव : रोशन श्रेष्ठ
• कोषाध्यक्ष : हस्त बहादुर शाही
• सह–कोषाध्यक्ष : जमुना घले
सदस्यहरू:
उत्तम भुषाल, तिलोक विश्वकर्मा, सन्जय कार्की, मिलन केसी, कालु गुरुङ, अनिता रुम्बा, सविन विश्वकर्मा, मनोज चन्द
अधिवेशनले जेजुमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको साझा भावना, विश्वास र अपेक्षालाई आत्मसात् गर्दै आगामी दिनमा थप सक्रिय र जिम्मेवार ढंगले काम गर्ने प्रतिवद्धता जनाएको छ।










