नेपालीहरूको महान चाड बडा दशैं–विजयादशमी २०८२ को अवसरमा सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाले सुवन स्थित WOORI himalaya resturant मा अक्टोबर ४ तारिकका दिन शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गर्ने भएको छ।
“आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नारासहित स्थापित समाजले आयोजना गर्न लागेको कार्यक्रममा कोरियामा रहेका सम्पूर्ण सिन्धुपाल्चोकबासीसहित सबै नेपालीहरूलाई उपस्थित रहन हार्दिक निमन्त्रणा गरिएको छ।
कार्यक्रमले आपसी भाइचाराको सम्बन्धलाई अझ मजबुत बनाउने र कोरियामा रहँदा पनि नेपाली संस्कृतिलाई जगेर्ना गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमलाई सभ्य र भव्य बनाउन सम्पूर्ण सिन्धुपाल्चोकबासी तथा कोरियामा रहेका नेपालीहरुको सक्रिय सहभागिता आवश्यक हुनेमा आयोजक विश्वस्त रहेको छ।
कार्यक्रम विवरण :
📅 मिति : अक्टोबर ४, शनिबार
🕓 समय : साँझ ४:०० बजे
📍 स्थान : Woori Himalayan Restaurant, Suwon exit no ११









