बोम्जन गुरुङ:कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्याङ्ग नेपाली समाज दक्षिण कोरियाको नवौं अधिवेशन सम्पन्न भएको छ । मिर्याङ्ग स्थित (경상남도 밀양시 시청동길 18-3)को हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट असीम पुन मगर अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको नवौं कार्यसमिति गठन भएको हो ।
समाजका अध्यक्ष साजन थापाको सभाध्यक्ष र सोही समाजका संरक्षक सागर पोख्रेलको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष असीम पुन मगरको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सहसचिव प्रेम क्षेत्रीले प्रगति विवरण र कोषाध्यक्ष अञ्जु प्राख्रिनले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि सागर पोख्रेलले वर्षेनी "छेजुदो भ्रमण" को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलि...
२९ बैशाख २०८२, सोमबार १४:०४२९ बैशाख २०८२, सोमबार १४:०४२९ बैशाख २०८२, सोमबार १४:०४ by विशाल श्रेष्ठNo Comments
नेपाली युवाहरूको प्रमुख वैदेशिक गन्तव्य हो दक्षिण कोरिया। कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन्। तर, त्यसबाट छानिएर केही हजारमात्र दक्षिण कोरिया पुग्ने गरेका छन्।
जसरी नेपालीहरूको प्रमुख गन्तव्य कोरिया बनेको छ, त्यसरी नै अध्यागमन कानुन उल्लंघन गरेर फर्किने नेपालीहरू पनि कम छैनन्। विभिन्न प्रलोभनमा परेर दक्षिण कोरिया गएका नेपालीहरू निष्कासनमा पर्दै आएका छन्। इपीएस भाषा परीक्षा पास गरेरै गएकाहरू पनि त्यहाँको कानुन उल्लंघन गरेर निष्कासनमा पर्ने गरेका छन्।
दक्षिण कोरिया सरकारले गत साता ९ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरिया सरकारले उनीहरूलाई नेपाल फर्काएको हो।
नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका एक-एक जना रहेको स्रोतले ...
२७ बैशाख २०८२, शनिबार १०:४१२७ बैशाख २०८२, शनिबार १०:४१२७ बैशाख २०८२, शनिबार १०:४१ by एलिनाNo Comments
बोम्जन गुरुङ:कोरियामा रहेको मगर समुदायले आगामी जून १५ र १६ तारिक "भूम्या पूजा तथा बृहत बनभोज कार्यक्रम २०२५" को आयोजना गर्ने भएको छ । ”भाषा, धर्म र सँस्कृति नेपालीहरुको विविधता, विविधतालाई बचाई राख्ने हाम्रो गौरवपूर्ण मौलिकता“ भन्ने मूल नाराका साथ विविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम सहित कोरियामा सबैलाई पायक पर्ने गरि (경남 창녕군 부곡면 온천로 594 일성 콘도) मा सो कार्यक्रमको आयोजना गरिएको हो ।
नेपाल मगर संघ गणतन्त्र कोरियाको मुख्य व्यवस्थापनमा नेपाल मगर संघ, थेगु शाखा, नेपाल मगर संघ किम्हे/बुसान शाखा, नेपाल मगर संघ जेजु शाखा, DSME मगर समाज गजेदो र अठार मगरात खाम भाषी सम्पर्क मञ्चको संयुक्त आयोजनामा हुने सो कार्यक्रममा सहभागिताका लागि विभिन्न सात स्थानबाट जाने आउने बसको सुविधा रहने आयोजकले जनाएको छ ।
सहभागी शुल्क स्वरुप पुरुषलाई १ लाख , महिलालाई ८० हजार र विद्यार्थीलाई ७० हजार कोरियन वोन निर्...
२७ बैशाख २०८२, शनिबार १०:३८२७ बैशाख २०८२, शनिबार १०:३८२७ बैशाख २०८२, शनिबार १०:३८ by एलिनाNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित गौरवमय जातीय संस्था नेपाल मगर संघ किम्हे बुसान शाखाको छैठौं अधिवेशन यही मे १८ मा हुने भएको छ । संघले आफ्नो पाँचौं कार्यसमितिको कार्यकाल सफलतापूर्वक पूरा गर्दै अर्को कार्यसमिति चयन गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै किम्हेको न्यू लिटिल इण्डिया रेष्टुरेन्टको सभाहलमा बिहान ११ बजेदेखि शुरु हुने गरी सो अधिवेशन गर्ने तयारी गरेको हो ।
सन् २००३ मा स्थापना भएको नेपाल मगर संघ दक्षिण कोरियाको पहिलो शाखाको रूपमा सन् २०१५ मा स्थापित किम्हे बुसान शाखाले विभिन्न संघसंस्थाहरुसँग सहकार्य र समन्वय गर्दै स्थापनाको एक दशक लामो इतिहासको यात्रामा विविध अप्ठ्यारो परिस्थितिको सामना गर्दै आफ्नो जातीय भाषा, धर्म, रीतिरिवाज, अस्तित्व तथा पहिचानको संरक्षण र सम्बर्द्धनमा टेवा पुर्याउँदै आईरहेको सो किम्हे बुसान शाखाका अध्यक्ष दिल तारामी मगरले बताए । नेपाल मगर संघले कोरियाभरी आफ्नो चार श...
२३ बैशाख २०८२, मंगलवार १२:५४२३ बैशाख २०८२, मंगलवार १२:५४२३ बैशाख २०८२, मंगलवार १२:५४ by एलिनाNo Comments
बोम्जन गुरुङ:नेपाली सम्पर्क समिति दक्षिण कोरिया, नेफिन कोरिया, नेपाल बौद्ध परिवार दक्षिण कोरिया तथा प्रदेश संस्थाहरुको संयुक्त आयोजना यही मे ११ तारिक योङ्गिन स्थित (경기 용인시 처인구 해곡동 224-4 와우정사) वाउछङ्सा गुम्बामा "२५६९ औं बुद्ध जयन्ती विशेष समारोह" मनाइने भएको छ ।
विश्व शान्तिका अग्रदूत भगवान् बुद्धलाई स्मरण गर्दै यस कार्यक्रम मार्फत् शान्तिको सन्देश फैलाउने र बुद्ध नेपालमा जन्मेको र नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गर्दै सो समारोहको आयोजना गरिएको नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हर्क विष्टले जानकारी दिए ।
करिब एक दशक अगाडि तत्कालीन नेपाली सम्पर्क समितिका अध्यक्ष अञ्जु केसीको नेतृत्वमा नेपालबाट भगवान् बुद्धको मूर्ति ल्याई वाउछङ्सा गुम्बामा स्थापना गरिएको थियो । सो गुम्बामा नेपालीपन झल्काउने विविध गतिविधि हुँदै आइरहेको सन्दर्भ उल्लेख गर्दै यस पटक पनि...
२३ बैशाख २०८२, मंगलवार ०३:४२२३ बैशाख २०८२, मंगलवार ०३:४२२३ बैशाख २०८२, मंगलवार ०३:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा रहेका फुटबल खेलाडीहरूलाई मध्यनजर गर्दै ब्लु लायन फुटबल क्लब दक्षिण कोरियाले मे १८ तारिख का दिन “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्ट आयोजना गर्ने भएको छ ।
मे १८ तारिख आइतबारका दिन ख्यङ्गि आनसङ स्थित 경기 안성시 보개면 양복리 240-2(잇피알) मा हुने प्रतियोगितामा विजेता र उपविजेता हुने टिमलाइ क्रमश:३५ लाख र २० लाख कोरियन वोन सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने साथै सेमीफाइनलिस्ट टिमलाई पनि ५/५ लाख वन प्रदान गर्नुका साथै अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, इमर्जिङ खेलाडी,उत्कृष्ट गोलकिपर , सर्वाधिक गोलकर्तालाई जनही १/१ लाख कोरियन वोन सहित , मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ।
“स्वास्थ्यको लागि खेलकुद, मनोरञ्जनको लागि फुटसल” भन्ने नाराका साथ आयोजना गरिएको “मुक्कुमलुङ कप ” फुटसल टुर्नामेन्टमा सहभागी हुन टीम दर्ता शुल्क ३लाख ५० हजार वन GURUNG SUBASH को...
२३ बैशाख २०८२, मंगलवार ०३:१५२३ बैशाख २०८२, मंगलवार ०३:१५२३ बैशाख २०८२, मंगलवार ०३:१५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA-NCC), दक्षिण कोरियाले २०१५-२०२५ समयअबधि(१०वर्षे) मा NRNA द. कोरियाको कार्यकालमा भएका अनियमितताको बारेमा छानबिन गर्ने भनि प्रेस विज्ञप्ति जारी गरेको छ।
कार्यसमितिको बसेको दोस्रो पूर्ण बैठकले संघका उपाध्यक्ष प्रशान्त राज बानियांको नेतृत्वमा छानबिन समिति गठन गर्दै सो निर्णयहरू गरेको हो । संघ स्थापना कालदेखि नै दक्षिण कोरियामा विभिन्न घटना र चलखेहरुलबाट अछुतो रहन नसकेको र NRNA विधानको मुल मर्म अनुरुप केहि राम्रा कामहरू भएपनि धेरैपटक समग्र संस्थालाई व्यक्तिगत स्वार्थ, कमिशन, चलखेल र बदनियतपूर्ण गतिविधिहरूले दुरुपयोग गरिएको भन्दै संघले छानबिन गर्ने भएको विज्ञप्तिमा जनाइएको छ। । विज्ञप्तिमा सामाजिक सेवाको उद्देश्यले स्थापित संस्थामा समय-समयमा भएका अनियमितता र स्वार्थी गतिविधिहरू प...
२३ बैशाख २०८२, मंगलवार ०२:५६२३ बैशाख २०८२, मंगलवार ०२:५६२३ बैशाख २०८२, मंगलवार ०२:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: मिर्याङ नेपाली समाज दक्षिण कोरियाको नवौ अधिवेशन मे ११ तारिख मिर्याङमा हुने भएको छ।
“सवै जातजाति विचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ मिर्याङमा रहेका नेपाली हरु समेटेर सन् २०१५ मा स्थापित सामाजिक संस्था मिर्याङ नेपाली समाज दक्षिण कोरियाले स्थापनाकालदेखि नै कोरियामा विभिन्न पेशा तथा व्यवसायमा आबद्द नेपालीहरू बीच आपसी सहयोग, समझदारी, सद्भाव र भाइचारा अभिबृद्दि गर्दै कोरिया लगायत नेपालमा सामाजिक कार्यमा हातेमालो समेत गर्दै आइरहेको छ। यति मात्रै नभएर समाजले बर्सेनी रुपमा कोरियाको प्रख्यात जेजुदो टुर पनि गराउँदै आइरहेको छ
यही आउँदो मे ११ तारिख आइतबारका दिन ख्यङसाङनाम्दो मिर्याङ स्थित 시청동길 18-3 मा हुने मिर्याङ नेपाली समाज, दक्षिण कोरियाको नवौ अधिवेशन लाई सभ्य र भव्यताका साथमा सम्पन्न पार्नका लागि दक्षिण कोरियाबासी सम्पूर्...
२२ बैशाख २०८२, सोमबार ०३:४७२२ बैशाख २०८२, सोमबार ०३:४७२२ बैशाख २०८२, सोमबार ०३:४७ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:छङ्ऊप नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा यही मे १८ तारिक "दोश्रो छङ्ऊप कप भलिबल २०२५" आयोजना हुने भएको छ । “परदेशमा भाइचारा र स्वास्थ्यको लागि खेलकुद”भन्ने मूल नाराका साथ दिन छङ्ऊप स्थित 전북특별자치도 정읍시 को खेलमैदानमा उक्त प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा सहभागी हुनका लागि मे ११ तारिकसम्म TAMANGSHYAM को NH BANK (농협은행) मा रहेको खाता नम्बर 302-08691-26-601 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २२ लाख र १२ लाख कोरियन वोन र सेमिफाइलिष्ट एक टिमलाई ४ लाख कोरियन वन प्रदान गरिनेछ । यसैगरी अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख वन ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिबेरो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरले...
२२ बैशाख २०८२, सोमबार ०३:४४२२ बैशाख २०८२, सोमबार ०३:४४२२ बैशाख २०८२, सोमबार ०३:४४ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरिया स्थित क्षेत्रीय संस्था नेपाल गोरखा परिवारले आउँदो जून ०८ तारिक "प्रथम गोरखा कप भलिबल प्रतियोगिता २०२५" आयोजना गर्ने भएको छ । उक्त संस्थाले "स्वास्थ्य, मनोरञ्जन र एकताको लागी खेलकूद" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो प्रतियोगिता सुवनको आजु युनिभर्सिटीको खेलमैदानमा हुने परिवारका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्तवना स्थान प्राप्त गर्ने दुई सेमिफाईनलिष्ट टिमलाई ४/४ लाख कोरियन वोन सहित प्रमाण पत्र प्रदान गरिनुका साथै अन्य विधातर्फ प्रमाण पत्र सहित खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट डिफेण्डरलाई जनही ५० हजार कोरियन वोन प्रदान गरिने खेल संयो...