बिगत लामो समयदेखी SK/KT/Lg टेलिकमको सबै खालको मोबाईल तथा सिमकार्ड सेवा लगायत बिमा,क्रेडिट कार्ड्, बैङ्क लोनको सेवा दिदै आइरहेको GNK GLOBAL ले अब आफ्नो सबै सेवा सुविधा छङ्जु शहर बाट दिने भएको छ।
छङ्जु शहरको छुङ्बुक युनिभर्सिटिको को मेन गेट अघिल्लो पट्टिको भवनमा आफ्नै अफिस स्थापना गरी यहि अप्रिल १३ तारिख शनिबार देखि औपचारिक रुपमा सेवा सुविधा दिने भएको छ । GNK GLOBALको प्रोपाइटर ज्ञानु तामाङ्गको अनुसार कोरियामा आइसकेपछी घर-परिवार सँग सम्पर्कमा रहनको लागि नभै नहुने मोबाईल फोन तथा सिमकार्ड अनि कम्पनिमा काम गर्दा आइपर्ने दुर्घटना तथा कुनै पनि रोग उपचार गर्दा लाग्ने उपचार खर्च बेहोर्ने बिमालाई पहिलो प्राथामिकतामा राख्ने र बिश्व भरी उधारोमै चलाउन मिल्ने क्रेडिट कार्ड तथा बैङ्किङ लोन लगायतको सेवा हरुलाई पनी साथै लाने बताए ।
बिमा त झन हामी जस्तो कम्पनिमा काम गर्नेलाई अपरिहार्य जस्तै हो । ...
२७ चैत्र २०८०, मंगलवार १२:५८२७ चैत्र २०८०, मंगलवार १२:५८२७ चैत्र २०८०, मंगलवार १२:५८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:यहि शुक्रबारदेखि विश्वभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई अभिनीत फिल्म ‘डिग्री माइला’ नेपालसँगै दक्षिण कोरियाको जिन्छन्को बस टर्मिनल नजिकको कोरियाकै एक सुविधा सम्पन्न हल मेगाबक्समा पनि नया वर्षको अवसर पारेर अप्रिल १४ तारिकमा प्रदर्शनमा आउने भएको छ ।
नेपाली नयाँ बर्ष २०८१ को पावन अवसर पारेर कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको सहकार्यमा दिउसो १२ बजे वाट प्रदर्शन गरिने भएको छ। चलचित्र प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै सुविधा सम्पन्न मेगाबक्समै प्रदर्शन गरेतापनि साधारण हल हरु सरह टिकट शुल्क २५ हजार कोरियन वन कायम गरिएको तेज गुरुङले बताएको छ।
छ।कोरियामा भने नमस्ते फ्यफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा लि ले प्रदर्शनको अधिकार प्राप्त गरे संगै २०८१ सालको नयाँ बर्षपछी कोरियाको बिभिन्न सहरहरुमा प्रर्दशन हुदैछ्। दक्षिण कोरियामा रहनुभएका सम्पूर्...
२० चैत्र २०८०, मंगलवार १५:०५२० चैत्र २०८०, मंगलवार १५:०५२० चैत्र २०८०, मंगलवार १५:०५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने उद्देश्य अनुरुप सुबिधा सम्पन पहिलो पहिलो पुरुष सेल्टर गिम्हेमा औपचारिक रुपमा संचालनमा ल्याएको छ।
भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल विभिन्न सामाजिक क्षेत्रमा आवद्द GKS ले यो पटक पुरुष सेल्टर संचालनमा ल्याएको हो।
विषेशगरि काम छोडि बस्नुभएका नेपाली दाजुभाईले यो सेल्टर आफ्नोपनका साथ प्रयोग गर्न सक्नुहुने र अनिवार्य छुट्टै एउटा रुममा एक जना बस्नुपर्ने साथिहरुलाई पनि छुट्टै रुमको व्यवस्था भएको GKS KOREA का प्रबन्धक निर्देशक प्रशान्त राज बानियांले जानकारि दिनुभयो।
...
१९ चैत्र २०८०, सोमबार ११:०४१९ चैत्र २०८०, सोमबार ११:०४१९ चैत्र २०८०, सोमबार ११:०४ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "स्वास्थ्य अनुशासन र गतिशीलता प्रवासमा नेपालीहरू बीचको एकता" भन्ने मुल नारा लिएर याङ्सान नेपाली फुटबल क्लबको आयोजनामा मार्च ३१ तारिख आइतबार 경상남도 김해시 김해 대로 1798(초은 픗살 파크) मा सम्पन्न “2ND YANGSAN FUTSAL TOURNAMENT 2024” बेलबारी फुटबल क्लबले सुवन एनफसि लाइ ट्राइ बेकरमा पराजित गर्दै चुम्न सफल भएको छ।
प्रतियोगितामा विजेता टिम बेलबारी एफसि र उपविजेता टिम सुवन एनफसि लाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिएको थियो । यसैगरी अन्य विधातर्फ बेलबारी एफसि का खेलाडीद्दय सबिन बिडारि उत्कृष्ट खेलाडी तथा सोनम चाम्लिङ उत्कृष्ट गोलकिपर र सुवन एनफसि का खेलाडी सुवास जेआर र ग्रिन नेपाल एफसिका खेलाडी प्रयुस आलेले ८/८ गोल गरि प्रतियोगिता भरिकै धेरै गोल गरि हाइ गोल स्कोरर घोषणा भइ लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफ...
१९ चैत्र २०८०, सोमबार १०:३२१९ चैत्र २०८०, सोमबार १०:३२१९ चैत्र २०८०, सोमबार १०:३२ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, दक्षिण कोरिया शाखाले गत फेब्रुअरी ११ तारिखमा सलनालको अवसर पारेर सम्पन्न गरेको "सलनाल धमाका-२०२४" तथा "मौलिक लोक गायन प्रतियोगिता-२०२४" को आयव्यय दोङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको सभाहलमा ३१ तारिखका दिन सार्वजनिक गरेको छ।
दक्षिण कोरियाको विभिन्न सामाजिक संघसंस्था, समाजसेवी, बुद्धिजीवी, सहयोगदाता, पत्रकार लगायत साधारण सदस्यहरुलाई निमन्त्रणा गरी आयोजकले धन्यवाद ज्ञापन सम्मान तथा आयव्य सार्वजनिक कार्यक्रम सम्पन्न गरेको ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल दक्षिण कोरिया शाखाका अध्यक्ष खिम छन्त्यालको सभापतित्वमा सचिव विशाल थापाले सन्चालन गरेको कार्यक्रममा ,उपाध्यक्ष मिलन थापाले स्वागत मन्तव्य साथै कोषाध्यक्ष सन्तोष बि सी ले आयव्यय प्रस्तुत गरेका थिए। विभिन्न शिर्षकमा २ करोड ८७ लाख १० हजार ९४६ वन आम्दानी भएकोमा १ करो...
५ चैत्र २०८०, सोमबार १४:०४५ चैत्र २०८०, सोमबार १४:०४५ चैत्र २०८०, सोमबार १४:०४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको किम्हेमा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा सगरमाथा समाज,हामान, दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख किम्हेमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो १२:०० देखि किम्हेमा रहेको 가야 대학교 김에 मा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा KME FOREX रेमिट्यान्सको सम्पूर्ण सेवा सुविधा पनि लिन सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर म...
५ चैत्र २०८०, सोमबार ०६:२७५ चैत्र २०८०, सोमबार ०६:२७५ चैत्र २०८०, सोमबार ०६:२७ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका छन् । उनी फरक फरक मुद्दामा यो अवधिमा पक्राउ परेका हुन् । पहिलो पटक पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए ।
पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक उनी सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् । महरालाई सोमबार नै भैरहवाबाट काठमाडौँ ल्याएर अनुसन्धन प्रक्रिया अघि बढाइएको छ ।
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई...
५ चैत्र २०८०, सोमबार ०६:२३५ चैत्र २०८०, सोमबार ०६:२३५ चैत्र २०८०, सोमबार ०६:२३ by विशाल श्रेष्ठNo Comments
दाङ । घडीको सुईले बिहानको ९ बजेको संकेत गर्दै थियो । सुन तस्करीमा संलग्न भएको भनिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा कपिलवस्तुको मायादेवी १ पकडी स्थित वकिल मुसलमानको घरमा बिहानको खाना खाने तयारीमा थिए ।
स्रोत भन्छ, ‘महराले खाना खानलाई साबुन पानीले हात धोइसकेका थिए । त्यसैबेला उनलाई प्रहरीले पछ्याइरहेको सूचना पुग्यो । अनि उनी भात नै नखाई निजी नम्बर प्लेटको गाडीमा चढेर अलिगढवा नाकातिर हुइँकिए ।’
महरा सवार गाडी रोक्न पकडी प्रहरी चौकीले ब्यारियर तेर्स्याएको स्रोतको भनाइ छ । तर, गाडी ब्यारियर छलेर भाग्यो । केही पर पुगेपछि प्रहरीले उनलाई घेरा हालेर पक्राउ गरेको थियो ।
स्रोतका अनुसार कपिलवस्तुको अमरगढवा नाका हुँदै भारत भाग्ने योजनाका साथ कपिलवस्तु पुगेका थिए । उनलाई अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको कार्यालयमा राखिएको छ ।...
५ चैत्र २०८०, सोमबार ०६:१३५ चैत्र २०८०, सोमबार ०६:१३५ चैत्र २०८०, सोमबार ०६:१३ by विशाल श्रेष्ठNo Comments
पूर्वसभामुखसमेत रहेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो।
‘महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ स्रोतले भन्यो।
महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ।
महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो।
उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ। महरालाई विमानस्थल पुर्याइसकिएको छ।
‘यति एयरलाइन्सको जहाजबाट काठमाडौं उहाँलाई लैजाने तयारी छ,’ स्रोतले भन्यो।
महरामाथि सुन तस्करीमा संलग्न रहेको आरोप छ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो। उनीमाथि मुद्दा चलाउ...
५ चैत्र २०८०, सोमबार ०५:४९५ चैत्र २०८०, सोमबार ०५:४९५ चैत्र २०८०, सोमबार ०५:४९ by विशाल श्रेष्ठNo Comments
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुन प्रकरणमा मुछिएका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएको छ।
प्रतिनिधि सभाको सोमबारको बैठक सुरू हुनेबित्तिकै सभामुख देवराज घिमिरेबाट समय लिई बोलेका कांग्रेस सांसदसमेत रहेका महामन्त्री गगन थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन्।
‘केही समयअगाडि प्रतिपक्षी ठाउँबाट नेकपा (एमाले) ले सदनमा एउटा विषय जोडदार ढंगले उठायो। सुन प्रकरणमा शक्तिशाली मानिसहरू संलग्न भएका छन्, त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुंगोमा पुग्न सक्दैन। शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षीको आशंका सही सावित भयो,’ थापाले भने।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र मुद्दा चलाउन सिफारिस भएका कृष्णबहादुर महरा पक्राउ परेकोम...