Advertisement
Advertisement

Author: एलिना

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

कोरियामा छायांकन भएको समिक्षा अधिकारी र सिडि विजय अधिकारीको गीतको भिडियो सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
चर्चित गायीका समिक्षा अधिकारी र सिडि विजय अधिकारीको युगल आवाजमा रहेको मायाँलु गीत लजालु मायाँको प्रिमियर कोरियाको फेंतेकस्थित निरमायाँ रोधी घरवाट सम्पन्न भएको छ । कार्यक्रममा लोक दोहरी प्रतिस्ठान कोरियाका कलाकारहरु लगाएत थुप्रै स्थानिय कलाकारहरुको समेत लाईभ प्रस्तुति रहेको थियो । गीतलाई केछकोरिया युट्युव च्यानलवाट विश्वभरी हेर्न सकिन्छ । चर्चित गायीका समिक्षा अधिकारी र गायक सिडि विजय अधिकारीको युगल आवाजमा रहेको प्रेमिल गीतको शब्द रचना भने कोरियामा कार्यरत तिलक छन्त्यालले गरेका हुन । किंग्स स्टुडियोवाट रेकर्ड भएको गीतमा सिडि विजय अधिकारीको कम्पोज तथा संगीत रहेको छ भने गीतलाई पुष्कर खत्रिले एरेन्ज तथा मिक्सिंग मास्टरिंग गरेका हुन् । तिलक छन्त्यालकै निर्देशनमा तयार भएको भिडियोमा धनु तामांग, मिनाक्षी तामांग साथै तिलक छन्त्याललाई पनि देख्न सकिनेछ । भने गीतलाई टोपिक लिम्बुले छायांकन गरेका हुन् ।...
ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन भव्यताका साथ सम्पन्न, ह्यारी बोन्डको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन भव्यताका साथ सम्पन्न, ह्यारी बोन्डको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले आफ्नो पहिलो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै दोस्रो अधिवेशन सम्पन्न गरेको छ। अधिवेशन कार्यक्रम अप्रिल ११, २०२६ मा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा कोरियास्थित सम्पूर्ण नेपाली संघसंस्थाहरूको छाता संगठन नेपाली सम्पर्क समिति दक्षिण कोरिया का अध्यक्ष हर्क विष्ट सहभागी रहेका थिए। त्यस्तै विशेष अतिथिहरूमा गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष बुद्धि गुरुङ, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडा लगायत विभिन्न प्रदेशगत तथा जिल्लागत संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाका सल्लाहकार, आजीवन सदस्य, साधारण सदस्य तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजक संस्थाले उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गरेको छ। अधिवेशनको बन्दसत्रमार्फत संस्थाको विधा...
नेपाली नयाँवर्ष २०८३ को अवसरमा अप्रिल २५ तारिक पुर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

नेपाली नयाँवर्ष २०८३ को अवसरमा अप्रिल २५ तारिक पुर्वी नेपाल समाज कोरियाले सौलमा भव्य सांगीतिक कार्यक्रम गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय नेपाली संस्था पूर्वी नेपाल समाज दक्षिण कोरिया ले नेपाली नयाँवर्ष २०८३ को अवसर पारेर आगामी अप्रिल २५ तारिख शनिबार भव्य साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। नेपाली साङ्गीतिक क्षेत्रमा उदाउँदै गरेका कलाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त कार्यक्रममा दक्षिण कोरियामै रहेका नवप्रतिभाशाली कलाकारहरूका साथै नेपालबाट समेत ३ जना कलाकारलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ। सन् २०१५ मा स्थापना भएको यस संस्थाले नेपालको प्रादेशिक संरचना अनुसार प्रदेश नम्बर १ (कोशी प्रदेश) का नेपालीहरूको प्रतिनिधित्व गर्दै आएको छ। स्थापना कालदेखि नै विपत्तिमा परेका नेपालीहरूको उद्धार, नेपाली कला–संस्कृति तथा पर्यटन प्रवर्द्धनमा केन्द्रित विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ। प्रस्तुत कार्यक्रम पनि सोही अभियानको निरन्तरता भएको उल्ले...
Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Gen Z आन्दोलनका शहीद तथा घाइतेका लागि MRR कोरियाबाट उठेको ३५ लाख रुपैयाँको हिसाब सार्वजनिक

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
 भदौ २३ र २४ गते नेपालमा भएको हिंसात्मक Gen Z आन्दोलनपछि उत्पन्न मानवीय संकटलाई लक्षित गर्दै MRR KOREA को सयोजकत्वमा दक्षिण कोरियामा रहेका नेपालीहरूले संकलन गरेको सहयोग रकमको विवरण सार्वजनिक गरिएको छ। आन्दोलनमा सहिद भएका परिवारको लागि र घाइतेहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले कोरियामा रहेका नेपालीहरूले MRR Korea को नेतृत्वमा आर्थिक संकलन अभियान सुरु गरेका थिए। अभियान अन्तर्गत छोटो समयमै उल्लेखनीय रकम संकलन भएको थियो। सार्वजनिक गरिएको विवरणअनुसार ३५ लाख नेपाली रुपैयाँ (३५,४९,२१५) रुपैयाँ बराबर संकलन भएको थियो। सो रकममध्ये ३५,१२,२५५ रुपैयाँ नेपाल पठाइसकिएको र त्यसमध्ये ३४,३२,१५८ रुपैयाँ विभिन्न घाइते तथा शहीद परिवारलाई वितरण गरिएको उल्लेख गरिएको छ। साथै केही रकम अन्य खर्चमा प्रयोग गरिएको छ भने करिब १ लाख १७ हजार रुपैयाँ बाँकी रहेको जानकारी दिइएको छ। MRR Korea ले सार्वजनिक गरेको ...
फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

फुटबल प्रतियोगिता खेल्दा घाइते, कोरिया आएको ४ महिना मात्रै पुगेका खेलाडीका लागि सहयोग अपिल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको छनान सहरमा आयोजित प्रथम “काष्ठमण्डप फुट्सल प्रतियोगिता” खेल्ने क्रममा इन्छन नेपाली फुटबल क्लब (NFC) का खेलाडी सुजन अधिकारी गम्भीर घाइते भएका छन्। प्रतियोगिताको दौरान उनको दाहिने घुँडाको लिगामेन्ट चुटिएको पुष्टि भएको छ। घटनापछि उनलाई तत्काल इन्छनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। गत बिहीबार (२७ तारिख) उनको सफल शल्यक्रिया (अप्रेसन) सम्पन्न भए पनि हालसम्म अस्पतालमै उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनलाई कम्तीमा ६ महिनासम्म पूर्ण आराम (बेड रेस्ट) आवश्यक पर्नेछ भने नियमित रूपमा चेकजाँचका लागि अस्पताल आउनुपर्ने अवस्था रहेको छ। अस्पताल खर्चको केही भाग बिमाबाट कभर भए पनि हालसम्म करिब ५०–६० लाख वन खर्च भइसकेको र आगामी दिनमा थप आर्थिक भार पर्ने देखिएको छ। यस्तो कठिन परिस्थितिमा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलाडी तथा फुटबल क्...
सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यही अप्रिल १९ तारिक सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यही अप्रिल १९ तारिक सुदूरपश्चिमेली बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १९ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८३ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ। सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १९ तारिख आइतबारका दिन दिउँसो ठिक ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो। दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्टका साथै सर्जक तथा लोक देउडा गायक कमल बिरहि थापा लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारहरू बटुक, चु...
हवासङ नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा अप्रिल १९ तारिक छनानमा “2nd Hwaseong NFC Futsal Cup 2026” हुने

हवासङ नेपाल युनाइटेड फुटबल क्लबको आयोजनामा अप्रिल १९ तारिक छनानमा “2nd Hwaseong NFC Futsal Cup 2026” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी अप्रिल १९, २०२६ मा कोरियाको छनान (Cheonan) स्थित फुटसल मैदान (천안시 동남구 신방동 645-1) मा सञ्चालन गरिने आयोजकले जनाएको छ। “फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वस्थ जीवनको लागि आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा कोरियामा क्रियाशील विभिन्न नेपाली क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ। प्रतियोगितामा विजेताले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान ...
नेपाली सम्पर्क समिति दक्षिण कोरिया को नयाँ कार्यसमिति चयन,हर्क बिष्टको नेतृत्वमा १९औँ अधिवेशन सम्पन्न

नेपाली सम्पर्क समिति दक्षिण कोरिया को नयाँ कार्यसमिति चयन,हर्क बिष्टको नेतृत्वमा १९औँ अधिवेशन सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको पुरानो तथा साझा संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) को १९औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले हर्क बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नव–निर्वाचित कार्यसमितिमा विभिन्न प्रदेश र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले संस्थालाई अझ समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमिति यसप्रकार रहेको छ: • अध्यक्ष: हर्क बिष्ट • बरिष्ठ उपाध्यक्ष: नारायण न्यौपाने (लुम्बिनी) • महिला उपाध्यक्ष: हेमलता शर्मा (खुल्ला) • उपाध्यक्ष: नारायण पौडेल (गण्डकी) • उपाध्यक्ष: डेनराज सिजापति • महासचिव: सुमन चौलागाईं (बागमती) • सचिव: पदम राई (पूर्वी नेपाल) • सचिव: भगवान तिवारी (बागमती) • कोषाध्यक्ष: झलक बिष्ट (सुदूरपश्चिम) • सह–कोषाध्...
“𝐈𝐋𝐀𝐌𝐄𝐋𝐘 𝐌𝐔𝐒𝐈𝐂𝐀𝐋 𝐍𝐈𝐆𝐇𝐓 𝟐𝟎𝟐𝟔“ को हिसाब सार्वजनिक: नाफा १ करोड २० लाखभन्दा माथि, तर खर्च शीर्षकमै उठे प्रश्न

“𝐈𝐋𝐀𝐌𝐄𝐋𝐘 𝐌𝐔𝐒𝐈𝐂𝐀𝐋 𝐍𝐈𝐆𝐇𝐓 𝟐𝟎𝟐𝟔“ को हिसाब सार्वजनिक: नाफा १ करोड २० लाखभन्दा माथि, तर खर्च शीर्षकमै उठे प्रश्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
कोरियन पर्व सलनालको अवसरमा ईलामेली समाज, दक्षिण कोरिया द्वारा आयोजित ‘ILAMELY MUSICAL NIGHT 2026’ कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार कार्यक्रमबाट करिब १ करोड २० लाखभन्दा बढी नाफा भएको दाबी गरिएको छ । तर सार्वजनिक गरिएको हिसाब–किताबसँगै खर्च शीर्षकहरूलाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन् । समाजले करिब ३ करोड ५४ लाख वोन आम्दानी र २ करोड ३५ लाख वोन खर्च देखाएको छ । तर खर्चतर्फ हेर्दा एउटै प्रकृतिका शीर्षकहरूमा पटक–पटक ठूलो रकम छुट्याइएको देखिन्छ । विशेषगरी कलाकारसँग सम्बन्धित खर्च विभिन्न शीर्षकमा विभाजन गरी उल्लेख गरिएको छ—जस्तै कलाकार भिषा प्रकृया खर्च, हवाई टिकट, व्यवस्थापन खर्च आदि जसले वास्तविक खर्च स्पष्ट बुझ्न कठिन देखिन्छ। त्यसैगरी प्रचार–प्रसार शीर्षक पनि फरक–फरक बुँदामा राखेर खर्च देखाइएको छ । पोस्टर, प्रचार सामग्री, टिकट छपाइ लगायतका शीर्षकम...
एनसीसी अध्यक्षका दाबेदार : वर्तमान वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट चर्चामा

एनसीसी अध्यक्षका दाबेदार : वर्तमान वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट चर्चामा

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपालीहरूको साझा संस्था नेपाली सम्पर्क समिति (एनसीसी) दक्षिण कोरियाको अधिवेशन नजिकिँदै जाँदा यहाँको नेपाली समुदायमा चुनावी माहोल झन् तातिएको छ। राजधानी सोलमा आइतबार, मार्च १५ मा हुने अधिवेशनमार्फत संस्थाको नयाँ नेतृत्व चयन गरिने भएकाले प्रवासी नेपालीहरूको ध्यान अहिले एनसीसीको नेतृत्व चयनतर्फ केन्द्रित भएको छ। यसै सन्दर्भमा एनसीसी दक्षिण कोरियाका हालका वरिष्ठ उपाध्यक्ष हर्क बिष्ट अध्यक्ष पदका बलिया दाबेदारका रूपमा उदाउनुभएको छ। लामो समयदेखि सामाजिक तथा सामुदायिक गतिविधिमा सक्रिय रहँदै आउनुभएका बिष्टको नाम अहिले नेपाली समुदायबीच व्यापक रूपमा चर्चामा रहेको देखिन्छ। ईपीएस प्रणालीमार्फत करिब डेढ दशकअघि दक्षिण कोरिया प्रवेश गर्नुभएका बिष्टले प्रवास बसाइका क्रममा विभिन्न सामाजिक अभियान, सामुदायिक कार्यक्रम तथा सहयोगात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ...