Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल: २०८२ श्रावण २९ गते बिहीबार

आजको राशिफल: २०८२ श्रावण २९ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको भावना तीव्र र संवेदनशील हुनेछ। परिवारसँग समय बिताउँदा मन रमाउनेछ। केही पुराना कुराहरू सम्झेर भावुक हुन सक्नुहुन्छ। काममा नयाँ तरिकाले सोच्न मन लाग्नेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धनको व्यवस्थापनमा सावधानी अपनाउनु पर्नेछ। अनावश्यक खर्चले समस्या निम्त्याउन सक्छ। साथीभाइबाट सहयोग र सुझाव प्राप्त हुनेछ। मनमा शान्ति खोज्न ध्यान वा प्रकृतिमा समय बिताउनु लाभदायक हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कामको चाप बढ्न सक्छ। तर साँझमा विश्रामले मनको थकान कम गर्नेछ। नयाँ सिर्जनात्मक कार्यमा मन लाग्नेछ। यात्रा वा नयाँ ज्ञान हासिल गर्ने अवसर आउनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सामाजिक कार्य र मित्रता विस्तार हुने दिन हो। पुराना सम्बन्धहरूमा सुधार आउनेछ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। सिंह (मा, म...
दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

दक्षिण कोरियामा नेपाल गोरखा परिवारको १३औं अधिवेशन—१७ अगस्टका लागि सम्पूर्ण तयारी पूरा 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज :दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था नेपाल गोरखा परिवार दक्षिण कोरियाले आफ्नो १३औं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आगामी १७ अगस्ट २०२५ (आइतबार) का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा संस्थले १३औं अधिवेशन गर्दैछ।  संस्थाले आफ्नो स्थापना कालदेखि नै कोरिया साथै नेपालमा पनि विभिन्न सामाजिक कार्य र सहयोगका कार्यक्रम गर्दै आएको छ। समुदायमा एकता र आपसी सहयोग प्रवर्द्धन गर्न निरन्तर सक्रिय यस संस्थाले अधिवेशनलाई विगतका गतिविधिहरूको समीक्षा र भावी योजना निर्माणको अवसरका रूपमा लिने जनाएको छ। “प्रवासी भूमिमा हाम्रो एकता, हरेक सुखदुःखमा साथ दिने हाम्रो प्रतिबद्धता” भन्ने मूल नारासहित स्थापित संस्थाको यस अधिवेशनमा कोरियाबासी सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक, विभिन्न संघसंस्था तथा तिनका प्रतिनिधिहरूको गरिमामय उपस्थितिका लागि संस्थाले हार्दिक निमन्त्रणा गरेको ...
दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

दक्षिण कोरियामा पहिलो पटक पूर्वराष्ट्रपति दम्पती एकै समयमा जेलमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको इतिहासमा पहिलोपटक एकै समयमा पूर्व राष्ट्रपति र पूर्व प्रथम महिला दुबैजना जेलमा पुगेका छन्। पूर्व राष्ट्रपति युन सुक-योलकी पत्नी किम क्योन-हीलाई सेयर मूल्य हेरफेर र अन्य भ्रष्टाचार आरोपमा पक्राऊ गरिएको हो। सेउल सेन्ट्रल जिल्ला अदालतले बुधबार किमको पक्राऊ वारन्ट जारी गरेपछि उनी सेउल नाम्बु डिटेन्सन सेन्टरमा हिरासतमा परेकी छन्। अदालतले किममाथि प्रमाण नष्ट गर्ने सम्भावना, बयानमा असंगति, र पूर्व सहयोगीसँग मिलेर बयान मिलाउने जोखिम रहेको ठहर गर्दै वारन्ट जारी गरेको हो। किममाथि लगाइएका मुख्य आरोपहरूमा—  • सेयर मूल् हेरफेर  • २०२२ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियामा हस्तक्षेप  • विभिन्न कम्पनी र युनिफिकेशन चर्चबाट व्यवसायिक सुविधा दिने सर्तमा घुस लिने यसअघि नै पूर्व राष्ट्रपति युन सुक-योल बिद्रोह, सम्बन्धी मुद्दामा प्रि-ट्रायल हिरासतमा रहेका छन्। ...
आजको राशिफल: २०८२ श्रावण २८ गते बुधबार

आजको राशिफल: २०८२ श्रावण २८ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको मन भावनात्मक र संवेदनशील हुनेछ। परिवारसँग सुमधुर समय बित्नेछ। नयाँ सम्बन्ध बनाउने अवसर आउन सक्छ। मानसिक शान्तिका लागि ध्यान वा योग गर्न लाभदायक हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्षमा केही उतार-चढाव देखिन्छ। खर्चमा नियन्त्रण गर्नु जरुरी छ। साथीभाइबाट समर्थन मिल्नेछ। घरपरिवारमा प्रेम र सद्भावना बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) साँझतिर मन शान्त हुनेछ। काममा अलिक थकान महसुस हुन सक्छ। नयाँ रचनात्मक योजनामा मन लाग्नेछ। यात्रा वा अध्ययनका अवसर खुल्नेछन्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सहयोग र सामाजिक कार्यमा सक्रिय रहनु हुनेछ। साथीभाइसँग सम्बन्ध अझै मजबुत बन्नेछ। प्रेमसम्बन्धमा नयाँ शुरुवात सम्भव छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज तपाईंको सोचमा गहिराइ आउनेछ।...
कोरिया बाट श्री सरस्वती आधारभूत विद्यालयलाई सहयोग

कोरिया बाट श्री सरस्वती आधारभूत विद्यालयलाई सहयोग

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: मेलम्ची नगरपालिका–१२ स्थित श्री सरस्वती आधारभूत विद्यालयमा २०८२ साल साउन २७ गते मंगलबार विशेष कार्यक्रमको आयोजना गरी बैदेशिक रोजगारका लागि कोरिया गएका बाट र विद्यालयको स्टाफ हरुको सहयोगमा ट्र्याक सेट, जुत्ता,मोजा जस्ता सामग्री वितरण गरिएको छ। कार्यक्रम वडा अध्यक्ष गणेश बहादुर तामाङको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिरा बहादुर तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षाप्रेमी, बुद्धिजीवी, अभिभावक ,आमा समुह लगायतको उपस्थिति रहेको थियो। बैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहनु भएका सन्जिब खतिवडा ,सुरेश तामाङ, श्याम तामाङ, होङ व.तामाङ, आशिष बाल कृष्ण लुइटेल, अमित तामाङ बोम्जन लगायतको को सहयोगमा विद्यालयलाई सहयोगस्वरूप कुल रू. ४३००० सहयोग गरेको थियो जसबाट ट्र्याक सेट, जुत्ता,मोजा जस्ता सामग्री वितरण गरिएको हो ।   स्थानीय तहका ...
कालाग्नि रुद्रपीठको ६.५ केजी चाँदीको निशानी भक्तजनका लागि दर्शनार्थ

कालाग्नि रुद्रपीठको ६.५ केजी चाँदीको निशानी भक्तजनका लागि दर्शनार्थ

Breaking News, जानकारी, भर्खरै, समाचार
पनौती, काभ्रे – श्रावण २७ शिवभक्तको आस्था र राष्ट्रप्रेमको अद्वितीय संगम बनेको कालाग्नि रुद्रपीठ लड्केश्वर धामले आज आफ्नो गौरवमा अर्को ऐतिहासिक अध्याय थपेको छ । विश्वकै अग्लो शिव त्रिशूल निर्माणपछि, ७७ जिल्लाको भव्य रथयात्रा र राष्ट्रिय कोटिहोम सम्पन्न भइसकेको यस धाममा आज ६.५ केजी शुद्ध चाँदीको “निशानी” अनावरण भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय बद्री पाण्डे र श्री १००८ स्वामी रमणानन्द जी महाराजको संयुक्त करकमलबाट अनावरण भएको यो निशानी केवल धातुको कलाकृति मात्र होइन, राष्ट्रियता र धार्मिक गौरवको प्रतीक हो । कार्यक्रमलाई विद्वान प्रा.डा. भवानी खतिवडा, भारतको नागेश्वर ज्योतिर्लिंगका अर्चक दर्शन नागनाथ, राष्ट्रिय पञ्चाङ्ग समितिका सदस्य ज्यो. लक्ष्मण पन्थी, राजनीतिज्ञ मधु आचार्य, पनौती नगरपालिकाका मेयर रामसरण भण्डारी लगायतका सम्मानित अतिथिहरूले गरिमामय बनाए । प...
दक्षिण कोरियामा किरात याक्थुङ चुम्लुङको २५औँ रजत जयन्ती विशेष वृहत वनभोज कार्यक्रम, ६ र ७ सेप्टेम्बरमा हुने

दक्षिण कोरियामा किरात याक्थुङ चुम्लुङको २५औँ रजत जयन्ती विशेष वृहत वनभोज कार्यक्रम, ६ र ७ सेप्टेम्बरमा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा क्रियाशील किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले आफ्नो स्थापना भएको २५औँ वर्षको अवसरमा आगामी ६ र ७ सेप्टेम्बर २०२५ मा “रजत जयन्ती विशेष भेटघाट तथा वृहत वनभोज कार्यक्रम” गर्ने भएको छ। हाम्रो पहिचान र अस्तित्वका लागि एक हौँ भन्ने मूल नारासहित आयोजना हुने यो विशेष कार्यक्रम 충청남도 태안군 원북면 신두해변길 199 स्थित ‘Sky & Sea Ocean Resort’ मा हुनेछ। पहिलो दिन शनिबार दिउसो ५ बजेदेखि सुरु भई, आइतबार बिहान ११ बजेसम्म कार्यक्रम निरन्तर सञ्चालन हुनेछ। बस छुट्ने समय : ६ सेप्टेम्बर (शनिबार) दिउँसो ४:०० बजे, दोङ्देमुन ३ नम्बर गेटबाट। कार्यक्रममा लिम्बू जातिको मौलिक नाच–के:लाङ, धान नाच (या:लाङ), हाक्पारे, ख्याली लगायतका सांस्कृतिक प्रस्तुति हुनेछन्। साथै, छेलो हान्ने, धनुषकाँड हान्ने, म्युजिकल चेयर, हाँडी फुटाउने, बेलुन फुटाउने (महिला विशेष) तथा पुरुष फुटसलजस्ता रमाइला ख...
१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

१५ अगस्ट शुक्रबार नेपाली दूतावास सौल बन्द रहने ,बिहीबार नै e-पासपोर्ट फारम खुल्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।   सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।   यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
आजको राशिफल: २०८२ श्रावण २७ गते मंगलबार

आजको राशिफल: २०८२ श्रावण २७ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । मन उदासीन हुने र जीवनीशक्तिमा कमी भएको अनुभव हुनेछ । व्यर्थको चिन्तन र निराशामा घोरिनुभन्दा कर्मशील हुनु राम्रो हो । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । परिवारमा कुनै माङ्गलिक कार्य सम्पन्न हुने वा उक्त कार्यको योजना बनाउने दिन हो । आज चिल्लोचापिल्लो र चटपटे खानेकुराप्रति रुचि जागृत हुनेछ । परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता छ भन...
कोरियामा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्यताका साथ सम्पन्न

कोरियामा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्यताका साथ सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज– दक्षिण कोरियामा सक्रिय नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ।  नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत महामहिम शिवमाया तुम्बाहाङ्फे प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा कोरिया भरिका विभिन्न संघ–संस्था र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो। ‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’ तथा ‘युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा रहेका नेपालीलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रम...