Advertisement
Advertisement

कोरियामा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्यताका साथ सम्पन्न

Advertisement
Advertisement

बिशाल आवाज– दक्षिण कोरियामा सक्रिय नेपाली आदिवासी जनजाति महासंघको आयोजनामा सौलमा ३१औं विश्व आदिवासी दिवस तथा नेपाल महोत्सव २०२५ भव्य रूपमा सम्पन्न भएको छ। 

नेपाल आदिवासी जनजाति महासंघ, दक्षिण कोरियाको नेतृत्वमा १२ वटा जातीय संगठन, फोनिज कोरिया र दुई वटा साहित्यिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न यस कार्यक्रममा कोरियाका लागि नेपाली राजदूत महामहिम शिवमाया तुम्बाहाङ्फे प्रमुख अतिथि रहेकी थिइन्। कार्यक्रममा कोरिया भरिका विभिन्न संघ–संस्था र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो।

‘प्राकृतिक श्रोत, जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर’ तथा ‘युनिस्को र आइएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल सन्देश बोकेको यो महोत्सव प्रवासमा रहेका नेपालीलाई आफ्नो संस्कृति, पहिचान र मौलिकतासँग जोड्ने उद्देश्यका साथ आयोजना गरिएको हो। कार्यक्रममा सर्वोच्च अदालतको निर्देशनात्मक आदेश तत्काल कार्यान्वयनको मागसमेत गरिएको थियो।

सांस्कृतिक प्रस्तुतिहरूले महोत्सवलाई झनै आकर्षक बनाएका थिए। मगर समुदायको कौराह, गुरुङको सोरठी, राईको सिलि, लिम्बुको केलाङ (च्याब्रुङ), तामाङको सेलो र डम्फु, नेवारको धिमे नाच, थारुको मघौटो, शेर्पा र ह्योल्मो समुदायको स्याब्रु, साथै सुदूरपश्चिमको मौलिक देउडा नृत्य र गायनले उपस्थित दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।

‘संस्कृतिक प्रवर्द्धन र साँस्कृतिक अन्तरघुलनका साथमा सामाजिक रुपान्तरणका निम्ति देशलाई जोड्दै प्रवासमा देश चिनाउने अभियान’ नारासहित, सहभागीहरूले नेपालको विविध जातीय समुदायका मौलिक परिकारको स्वाद पनि लिने अवसर पाए। मगरको बारा–तरुल, गुरुङको भाब्रे रोटी, राई–लिम्बुको वाचिपा र याङ्बेन, तामाङको खाप्से र पानी आलुम, शेर्पाको खाप्से, थारुको घोँगी–माछा, नेवारको छोइला–चिउरा, साथै कोदोको जाँड र सेलरोटी जस्ता रैथाने परिकारहरू सहभागीहरूको विशेष आकर्षण बनेको थियो

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×