दक्षिण कोरिया । गायक जिन्लाप तामाङको स्वरमा रहेको कोरियाको शहरमा बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गायक जिन्लाप तामाङको आधिकारिक युट्युब च्यानल जिन्लाप तामाङ मार्फत सनिबार सार्वजनिक गरिएको हो ।
जिन्लाप तामाङको शब्द,संगीत र स्वरमा बनेको गीतको भिडियोमा समेत गायक तामाङ स्वयमले अभिनय गरेका छन् । दक्षिण कोरियाको बिभिन्न स्थानहरुमा छायांकन गरिएको उक्त गीतको भिडियोलाई शुभराज भोम्जनले निर्देशन गरेका छन् । मनोज थापा मगरको मिक्सिङ गरेको गीतमा एम स्टुडियोमा रेकर्ड गरेको थियो । त्यसैगरी जोन राईको भिडियो सम्पादन रहनुका साथै अमिर योञ्जनले छायाँकन गरेको थियो । गीतमा परदेशीनु पर्दाको पिडा र अवस्थालाई दर्शाउने प्रयास गरेको छ ।
https://youtu.be/LM532OXfJwA?si=8xUbLaaBOWZrwT5c...
२६ पुष २०८१, शुक्रबार १३:३८२६ पुष २०८१, शुक्रबार १३:३८२६ पुष २०८१, शुक्रबार १३:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरको साथमा आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा मनाइने “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको छ।
“चाडपर्व कानुङ सम्पटि, जिवाक्के परिस्ले माराकिङ विकृति” भन्ने मूल नाराका साथ नेपाल मगर संघ दक्षिण कोरिया, किम्हे/बुसान शाखा, थेगु शाखा, जेजु शाखा, DSME मगर समाज गजेदो, मोक्पो छल्लादो शाखा र अठार मगरात खामभाषी सम्पर्क मञ्च, दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपालबाट आमन्त्रित चर्चित गायिका बिमता घर्ति मगरज्यूको साथमा यही आउँदो आइतबार अर्थात् जनवरी १२ तारिखका दिन सुवनमा आयोजना हुन लागेको “मगर माघे संक्रान्ति विशेष कार्यक्रम” को सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
कोरियामा बर्षेनी मनाउदै आइरहेको "मगर माघे संक्रान्ति विशेष कार्यक्रम" यसपालि सुवनस्थित (경기도 수원시 팔달구 매산로 1가57-3 [역전시장...
२६ पुष २०८१, शुक्रबार १२:२१२६ पुष २०८१, शुक्रबार १२:२१२६ पुष २०८१, शुक्रबार १२:२१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा हुन लागेको “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ।
प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका ...
२६ पुष २०८१, शुक्रबार ११:४७२६ पुष २०८१, शुक्रबार ११:४७२६ पुष २०८१, शुक्रबार ११:४७ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको अवसर पारि जनवरी २९ तारिख सउलमा फिटनेस नेपालले सुरेश लामा र भ्योमाको साथमा नेपहप डान्स पार्टी आयोजना गर्नेभएको छ।
दक्षिण कोरियामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "फिटनेस नेपाल"ले यसपाली कोरियन नयाँ वर्ष सलनालको अबसरमा सउल स्थित 서울시 동대문구 청호대로 69길12,302.304 호 88 콜라텍 मा नेपहप डान्स पार्टी गर्ने भएको हो। जनवरी २९ तारिख बुधबार का दिन राति ८ बजेदेखि बिहान ५ बजेसम्म नेपाली युवा पुस्तामाझ लोकप्रिय गायक सुरेश लामा र र्याप विधामा आफ्नो छुट्टै पहिचान बनाउन सफल र्यापर भ्योमाको साथमा हुने नेपहप डान्स पार्टीको होस्ट भने गायत्री थापाले गर्नेछिन्।
नेपालबाट आमन्त्रित कलाकारहरूको साथमा डिजे छिरिङ र नया दृश्य लाइभ ब्यान्डको प्रस्तुति रहने नेपहप डान्स पार्टीको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको छ।
युवा पुस्ताको र्याप गीतप्रतिको बढ्...
२५ पुष २०८१, बिहीबार १४:३६२५ पुष २०८१, बिहीबार १४:३६२५ पुष २०८१, बिहीबार १४:३६ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले रिहा गर्ने भएको छ । उनलाई पक्राउ नगरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले बताए । उनले भने,‘पोखराबाटै रिहा गर्छौं ।’
जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ । रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।
उनी अदालतबाट आफ्नै गाडीमा निस्किने र अस्पताल जाने बताइएको छ ।फिस्टेल अस्प...
२५ पुष २०८१, बिहीबार १४:०४२५ पुष २०८१, बिहीबार १४:०४२५ पुष २०८१, बिहीबार १४:०४ by विशाल श्रेष्ठNo Comments
कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएपनि उनी तत्काल नछुट्टे अवस्था रहेको छ ।
रविविरुद्ध यसअघि नै थप जिल्लामा पक्राउ पुर्जी जारी भएको छ । जसकारण कास्कीमा धरौटी बुझाएर पनि उनी नछुट्ने देखिएको हो । यस्तै काठमाडौँ जिल्ला अदालतमा रविविरुद्ध मुद्दा अभियोजन भइसकेको छ ।
कास्कीको थुनछेक प्रक्रिया सकिएकाले अब उनलाई काठमाडौँ ल्याउने तयारी छ ।
यस्तै रविलाई पक्राउ गरेर आवश्यक सहयोग गरिदिन रुपन्देही, पर्सा र चितवन प्रहरीले पनि यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ ।
यसकारण सबै स्थानमा मुद्दाको थुनछेक आदेश नहुँदासम्म उनलाई छुट्न सहज नदेखिएको हो ।
कास्की प्रहरीका एसपी श्यामबाबु ओलीयाले लामिछाने धरौटी बुझाएर रिहा भएपछि काठमाडौँ पठाइने बताए ।...
२५ पुष २०८१, बिहीबार १२:२१२५ पुष २०८१, बिहीबार १२:२१२५ पुष २०८१, बिहीबार १२:२१ by विशाल श्रेष्ठNo Comments
कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । रविलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।
न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस चलेको थियो ।
लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाई, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल लगायतमाथि थुनछेक बहस भएको हो। गत पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र स...
२५ पुष २०८१, बिहीबार १०:२६२५ पुष २०८१, बिहीबार १०:२६२५ पुष २०८१, बिहीबार १०:२६ by विशाल श्रेष्ठNo Comments
E-9 भिषामा कार्यरत भएकाले आफ्ना अभिभावकलाई दक्षिण कोरिया लैजाने सुवर्ण अवसर आएको छ ।
ख्यङसाङनाम्दोमा बसोबास गर्दै आउनु भएका E-9 भिषा बाहकले आफ्ना अभिभावकहरुलाई कोरिया भ्रमण गराउन चाहनुहुन्छ भने यो अबसर MAMF आयोजकले पूरा गरिदिने भएको छ ।
경상남도 도청 बाट आवश्यक सम्पुर्ण काग़जी प्रकृयाहरु पूरा गरिदिने संस्थामा कार्यरत नेपाली योगीता गौतमले सामाजिक सन्जालमा पोष्ट गर्दै जानकारी दिनुभएको छ ।
उहाले सन्जालमा बताउनुभएअनुसारः
MAMF महोत्सव आयोजना हुँदै आएको लामो समयपछि, धेरै E9 भिसा भएका दाजुभाइ दिदीबहिनीहरूले आफ्ना आमाबाबुलाई कोरियामा आमन्त्रित गर्न चाहेको प्रस्ताव गरेपछि, महोत्सव आयोजकले यस वर्षको लागि विशेष योजना बनाएको छ। अब E9 भिसा पहिलो प्राथमिकता र अन्य भिसा भएकाहरूका ६०-७० वर्ष उमेरका (१९५५-१९६४ जन्मेका) अभिभावकलाई ग्योङनाम प्रान्त भ्रमण र महोत्सवमा सहभागी गराउने योजना छ।
...
२२ पुष २०८१, सोमबार १३:०३२२ पुष २०८१, सोमबार १३:०३२२ पुष २०८१, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
युवाहरूले दक्षिण कोरिया जान नपाएको भन्दै ललितपुर ग्वार्कोस्थित रोजगार अनुमति प्रणाली (इपिएस) कार्यालय घेराउ गरेका छन्।
सोमबार उनीहरूले कार्यालय घेराउ गरेका हुन्।
भिसा लागेर पनि टिकट अभावमा कोरिया जान नपाएको तथा भाषा उत्तीर्ण गरेको लामो समय भइसक्दा पनि कोरिया जान नपाएको लगायत गुनासो लिएर उनीहरू इपिएस कार्यालय घेराउ गर्न पुगेका हुन्।
कार्यालय अगाडि भेटिएका इपिएस पासर प्रकाश शर्माले भिसा अवधि सकिन लागिसक्दा पनि टिकटको टुंगो नलागेकाले आफूहरू बाध्य भएर कार्यालयलाई घच्घच्याउन आएको बताए। 'मैले २०२४ मा उत्पादनमूलक क्षेत्र तर्फ भाषा परीक्षा पास गरेको हुँ। २०२४ सेप्टेम्बरमा इस्यु भएर अक्टोबरमा सिसिबिआई आइसकेको छ। भिसा लागेको पनि तीन महिना बित्न लागिसक्यो तर टिकटको टुंगो लागेको छैन,' उनले भने।
एक पटकमा २५ देखि ३० जनाको मात्रै टिकट भइरहेको भिसा अवधि सकिन लागेका १५ सयभन्दा ब...
२० पुष २०८१, शनिबार १०:४७२० पुष २०८१, शनिबार १०:४७२० पुष २०८१, शनिबार १०:४७ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज:गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारि जनवरी २८ तारिख सौलमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५” आयोजना गर्ने भएको छ ।
“प्रवासमा गुल्मेली एकता, एक आपसमा सहयोगको आजको आवश्यकता” भन्ने मुल नाराका साथ कला संस्कृतिको जगेर्ना साथै आपतकालीन राहतकोषअभिवृद्धि सहयोगार्थ दक्षिण कोरियामा सक्रिय गुल्मी सम्पर्क समिती दक्षिण कोरियाले जनवरी २८ तारिख मङ्गलबारका दिन साझ ६ बजेदेखि 서울시 종로구 종로 63-8(2층파노라마) 종각역 7번 출구 स्थित होटेल फानोरामाको हलमा “नयाँ वर्ष सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२५”।
१४ प्रकारको बुफे परिकार सहित अनलिमिटेड पेय पदार्थ रहने कार्यक्रममा उपस्थिति हुनका लागि सहयोग स्वरूप ५० हजार कोरियन वन प्रवेश शुल्क तिर्नुपर्ने आयोजक संस्थाका अध्यक्ष जीवन न्यौपानेले विशाल आवाजलाई बताउनुभएको छ।
लुम्बिनी प्रदेश समाज ...