विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रवासी भूमिमा भैपरि आउने समस्याहरु समाधान गर्नका लागि आपतकालीन राहत कोष स्थापनार्थ सलनालको दोश्रो दिन आयोजना हुन लागेको बागलुङ समाज दक्षिण कोरियालको “धौलागिरी सांगितिक सौगात भाग-४” को आइतबार देङ्देमुन स्थित दर्शन नमस्ते रेष्टुरेन्टको हलमा कलाकार सहितको पोस्टर सार्बजनिक कार्यक्रम सम्पन्न भएको छ।
दक्षिण कोरियाको 서울시 노원구 황랑로 621(서울 여자 대학교) मा फेब्रुअरी १० तारिख दिउसो १२ बजे बाट हुने “धौलागिरी सांगितिक सौगात भाग-४”मा चर्चीत कलाकार राजेश पायल राईको साथमा चर्चित गायक द्दय प्रकाश दुतराज, बसन्त थापा,चर्चित गायिका शान्ति श्री परियार, चर्चित हास्यकलाकार सुबोध गौतम(एदुमे), गायिका अनुपा थापा मगर,गायक राजेश बर्देवा लगायतका राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने जनाइएको छ। नेपालको राष्ट्रिय कलाकारहरुको साथमा कोरियामै रहेको स्थानिय ब्याण्ड OFF TUNE BAND संगै राष्ट्रिय लोक त...
१६ पुष २०८०, सोमबार ०३:५८१६ पुष २०८०, सोमबार ०३:५८१६ पुष २०८०, सोमबार ०३:५८ by विशाल श्रेष्ठNo Comments
आखिर मेरो देशमा कहिले होला सुनौलो घाम उदाउने
हामी छोरी मान्छे स्वतन्त्र भई हिड्न पाउने
बिना कुनै भय, बिना कुनै डर, केवल आफ्नै रहर
पुग्छ त्यति भए आफैमा ठूलो भर
सोच्नेछु त्यो दिन आफ्नै रैछ यो गाउँ अनि सहर
न्याय जिउँदै छ, आशा जिउँदै छ, आत्म जिउँदै छ
सास मात्रै गएको त होनि, सपना जिउँदै छ जहर पिउँदै छ
न्याय हामीसँगै छ मैले पढ्ने पुस्तकमा देख्या
साँच्चै उनीहरूले नपाएको न्याय कस्तो पो हुन्छ,
हामीले देख्या न्याय त निर्जीव बनी पुस्तकमै छ
रूप फेरि आउँछ दानव, हामीलाई उठाई लान
छैन मेरो आशमा बसेकालाई छोडी जान
भन्छ आफ्नै मान, सबै राम्रै ठान
मनै छैन जान कतै, बसेका होलान् घरमा खाना नखाई
छोरी आउने आशमा, के थाहा उनलाई छोरी आउँछे बाँसमा
यस्तै छ समाज, व्यस्त छ समाज, हुदैछे ऊ एकोहोरी
हरेक दिन डरै डरमा बाँच्न विवश छे ऊ कमल सरी
समाज काँचुली...
१६ पुष २०८०, सोमबार ०२:४३१६ पुष २०८०, सोमबार ०२:४३१६ पुष २०८०, सोमबार ०२:४३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)असल मित्र, शुभचिन्तक वा जीवनसाथीको सहयोग प्राप्त भइरहनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। सेवामूलक काममा प्रवृत्त भइनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम बन्नुका साथै धनलाभ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट ह...
१५ पुष २०८०, आईतवार ०१:५९१५ पुष २०८०, आईतवार ०१:५९१५ पुष २०८०, आईतवार ०१:५९ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज झमेला र आफ्नो कार्य सम्पादनमा समस्या आउला । स्वास्थ्य प्रति सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग पनि छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज टाढाका नातागोता वा परिवारजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज पारिवारिक भेटघाटमा रमाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । गृह कार्यमा मन पनि जानेछ ।
कन्या (टो, पा, पि, प...
१४ पुष २०८०, शनिबार ०२:०७१४ पुष २०८०, शनिबार ०२:०७१४ पुष २०८०, शनिबार ०२:०७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज हल्लाको भर पर्दा दुख पाइने र गरेका काममा ढिलासुस्ती हाला । मनमा दुबिधा उत्पन्न हुनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज पारिवारिक जमघट र मनोरञ्जन कार्य सम्पन्न हुनेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । कार्य सम्पादनमा सहजता मिल्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज पारिवारिक सद्भाव बढ्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुने समय छ । मिहिनेत गर्दा प्रगति हुनेछ । व्यापार व्यवसायबाट लाभ मिल्ने देखिन्न ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज अनावश्यक धन खर्च भई मानसिक चिन्ता बढ्नेछ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ...
१३ पुष २०८०, शुक्रबार १३:३९१३ पुष २०८०, शुक्रबार १३:३९१३ पुष २०८०, शुक्रबार १३:३९ by विशाल श्रेष्ठNo Comments
बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ।
१६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ।
गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।
आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो
अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।
राष्ट्रिय क्रि...
१३ पुष २०८०, शुक्रबार ०८:१३१३ पुष २०८०, शुक्रबार ०८:१३१३ पुष २०८०, शुक्रबार ०८:१३ by विशाल श्रेष्ठNo Comments
"देशको मेरुदण्ड भनेको नै युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो "। यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! आज को समयमा युवाहरु भनौ या बाल बालिका भनौ १८ बर्षमा १२ कक्षा सकेर आफ्नो हास्ने खेल्ने उमेरमा आफ्नो पसिना बेच्न विदेशिएको पाइन्छ । नेपालको त्रिभुवन बिमानस्थलमा विदेशी ने को लर्को हेर्ने हो भने युवा जन शक्ति धेरै देख्न सकिन्छ ।
आज भोलि १२ कक्षा सकिए पछि लोक सेवा तयारी , देशमा केहि गर्छु भन्ने मानिस आज भोलि सबै बाग बजार, पुतलि सडक र बानेश्वर तिरको कन्सल्टेन्सीमा देखिन्छन । साथि को लह लहैमा भनौ या ता आफ्नै खुलि ले मानिसहरु सकि न सकि लाखौको रिण बोकेर युरोप,जापान अस्ट्रेलिया जाने तर्खर गर्छन । हिजो आज जापान जान विद्यार्थी भिषामा सहज बनाइएको छ । अनि भर्खरका कलिला विद्यार्थीहरु ऋण...
१३ पुष २०८०, शुक्रबार ०७:१९१३ पुष २०८०, शुक्रबार ०७:१९१३ पुष २०८०, शुक्रबार ०७:१९ by विशाल श्रेष्ठNo Comments
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी
काठमाडौँ — कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रर्दशन गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीमा आगजनगी गरिएको मन्त्री प्रकाश ज्वालाका प्रेस सल्लाहकार जीवन बीसीले बताए ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट प...
१३ पुष २०८०, शुक्रबार ०१:१६१३ पुष २०८०, शुक्रबार ०१:१६१३ पुष २०८०, शुक्रबार ०१:१६ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)विशेष भेटघाटले काममा उत्साह बढाउला। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र ...
१२ पुष २०८०, बिहीबार ०६:०६१२ पुष २०८०, बिहीबार ०६:०६१२ पुष २०८०, बिहीबार ०६:०६ by विशाल श्रेष्ठNo Comments
साढे १९ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ
१२ पुस, विराटनगर । हुण्डीको १९ लाख ५० हजार रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार प्रहरीले विराटनगर महानगरपालिका– ६ केशलिया रोडबाट ४९ वर्षीय सुरेशप्रसाद साहलाई पक्राउ गरेको हो ।
मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्ने साह सुनसरीको देवानगन्ज गाउँपालिका– ५ साहेबगन्जका हुन् । केशलिया रोडमा शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको १९ लाख ५० हजार रुपैयाँ बरामद भएको उनले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा साह हुण्डी काराेबारी जस्ताे देखिएकाे उनले बताए । ‘पक्राउ परेका व्यक्ति भरिया हाेइनन्,’ उनले भने , प्रारम्भिक अनुसन्धानका क्रममा यिनी आफै काराेबारी हुन जस्ताे देखिन्छ ।’
साहले भने आफू खाद्यान्नको व्यापारी भएकाे प्रहरीलाई बयान दिएका छन् । को७प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकलस...