Advertisement
Advertisement

जापानले देखाएको आत्महत्याको बाटो -प्रमोद गिरी 

Advertisement
Advertisement

 



“देशको मेरुदण्ड भनेको नै युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो “। यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! आज को समयमा युवाहरु भनौ या बाल बालिका भनौ‌ १८ बर्षमा १२ कक्षा सकेर आफ्नो हास्ने खेल्ने उमेरमा आफ्नो पसिना बेच्न विदेशिएको पाइन्छ । नेपालको त्रिभुवन बिमानस्थलमा विदेशी ने को लर्को हेर्ने हो भने युवा जन शक्ति धेरै देख्न सकिन्छ । 

 

आज भोलि १२ कक्षा सकिए पछि लोक सेवा तयारी , देशमा केहि गर्छु भन्ने मानिस आज भोलि सबै बाग बजार, पुतलि सडक र बानेश्वर तिरको कन्सल्टेन्सीमा देखिन्छन । साथि को लह लहैमा भनौ या ता आफ्नै खुलि ले मानिसहरु सकि न सकि लाखौको रिण बोकेर युरोप,जापान अस्ट्रेलिया जाने तर्खर गर्छन । हिजो आज जापान जान विद्यार्थी भिषामा सहज बनाइएको छ । अनि भर्खरका कलिला विद्यार्थीहरु ऋण काँधमा बोकेर हजारौं सपनाहरू सजाएर जापान जान लाम लागेका छन् । झुठो आश्वासन दिलाउँदै जापान लैजाने एजेन्सिहरुको पनि ठुलै भिड छ ।

 

 

म प्रमोद गिरी हाल जापानको हिरोशिमा मा बस्दै आएको छु । नेपाल हुदा सानो तिनो काम गरेर खर्च चलाएको थिए धेरै कमाउने सोच बोकेर साथी सरह को बन्न खोज्दा २१ बर्षको उमेर मा २१ लाखको रिण थाप्लामा बोकेर आईपुगे ‌। नेपाल हुदा कन्सल्टेन्सी ले भनेको जस्तै होला अब त केहि नेपाल बसेर केहि गर्न सकिएन अब जापान गएर केहि गर्छु भन्ने सोच बुनेर आएको म , कास नेपाल वाट सोचेको जस्तो हुन्थ्यो त जापान । कन्सल्टेन्सी को झुठो आश्वासनमा बोकेर जापान आईपुगे अनि यथार्थमा धेरै फरक पाउँए । जापान आउने मानिसहरू सबै लाई अनेक थरिको आस्वासन हरु दिईएको हुन्छ । बिध्यार्थी पठाएर आफ्नो आर्थिक आम्दानी गर्ने एजेन्सी या भनौ त दलाल राम्रो राम्रो गए पछि यस्तो हुन्छ जीन्दगी यस्तो हुन्छ अनेक … !

 

 

कन्सल्टेन्सी ले दिएका झुठा आस्वासन जस्ले गर्दा जापान पुगे पछि तनाव, पिडा अनि दर्दमा आफुले आफुलाई डसेर संघर्ष गर्न बाध्य हुन्छन् । जसको फलस्वरूप कलेज र कामको दौरानले खानपिन अनि सुत्ने समय नहुनु, भोकभोकै हिंड्नु पर्ने विवशता, जति नै परिश्रम गरे पनि उपलब्धि नहुनु, काममा पनि अनावश्यक तनाव लिनु पर्ने, आफ्नो मनमा लागेका कुराहरू राख्न नसक्नु (किनकी भाषाको समस्या हुनु) अधिकांश रेस्टुरेन्टहरुले विद्यार्थीहरुलाई काम लगाउने अनि तोकिएको पारीश्रमिक नदिनु जस्ता समस्या विद्यमान छन जापानमा | जसले गर्दा सुन्दर सपना सजाएर जापान पुगेका युवाको घाउमा नुनचुक मिसाए जस्तो हुन्छ ।

 

 

आफ्नो भन्ने मान्छे कोहि हुन्न न आफ्ना न आफ्ना जस्ता , आफ्नै कोठामा संगै बस्ने साथी बिमारी हुदा अर्को साथीले हेर्दैन साचै बिदेश भनेको बिदेशनै हो रहेछ । नेपाल हुदा आफ्नो मात्र नभई आफ्नो परिवार को सपना बोकेर आएको थिए घरमा लाखौको रिण छ । खै कसरि तिर्ने हो न काम छ न काम खोजि दिने कोहि छ , न आफै काम खोज्न जान भाषा राम्रो छ , कलिलो उमेर धेरै सोच्न नै नसकिने रहेछ । यहा को विधुत को बिल, फोनको बिल , पानीको बिल, ग्यासको बिल, ईन्सुरेन्स को बिल खै के के को हो बिल नि सबै को पैषा तिरनै पर्ने रहेछ एउटा मात्र काम गर्दा यतै नपुग्ने घरमा पैषा का लागि बिहान ढोका नखुल्दै मान्छे आउछन , खै जिन्दगी कतै सुन्दर देखिएन नेपाल हुदा कहिलै न छोएको मान्छे जाड र रक्सिको साहारा लिन पुगे केहि राहात होला नसामा हुदा केहि टेनसन न होला भनेर , समस्या को समाधान नपाए पछि चारै तिर वाट अन्धकार देखिन्छ । र मान्छेको अन्तिम बिकल्प भनेको आत्महत्या हुदो रहेछ थाहा पाउदै छु आज भोलि म । 

 

 

म मात्र हैन जापान आउने मानिसले कयौलै भोग्नु परेको छ यो दुख काम लगाई दिन्छु भनेर कटि मान्छे हरुलाई आधा रातमा होटेर र समुन्द्र किनारमा लैजाने पनि नेपालि नै छन याहाँ । जापान सोचे भन्दा धेरै फरक छ । 

हाम्रो नेपाली मानसिकता मा नेपाली हरुको पारिवारिक परिस्थिति रहर बाध्यता लगायतका कुराहरुले पढाई को उद्देस्य देखाएर आए पनि अध्ययनमा एकत्रित हुन सकिरहेका हुदैनौ जसले जापान बसाइको धेरै कुरामा प्रत्यक्ष अप्रत्यक्ष असर गरिरहेको हुन्छ जस्तै जापान टेक्न नपाउदै पीआर कसरि लिने भिषा कसरि परिबर्तन गर्ने के गर्दा पढ्नु पर्दैन भने जस्ता छोटो तथा असुरक्षित बाटो रोजन खोज्दा समस्य बढदो छ यो बन्द गरौं र भाषा अध्ययनमा बिशेष ध्यान दियौं ।

 

नेपाल बाट आउने हरेक नेपालीलाई मेरो एउटै सुझाव अरुको कुराको पछाडि लागेर आउनु पुर्व एक पट्क जापान को यथार्थ बुजेर आउनु होईन भने सबैको लागि जापान जापान जस्तो शहर नहुन सक्छ, सक्ने ले मिहिनेत गर्छ आफ्नो जीवन सरल, सहज बनाउछ नसक्ने ले दुख खेप्नु पर्न सक्छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×