Advertisement
Advertisement

Day: १३ पुष २०८०, शुक्रबार १३:३९

जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

जबरजस्ती करणीको मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

Breaking News, अपराध, समाचार
  बलात्कारको मुद्दामा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। सन्दीपलाई कतिवर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले अर्को पेशी तोकेको छ। १६ देखि १८ वर्षसम्मका बालिकालाई बलात्कार गरेको पाइएमा १० देखि १२ वर्षसम्म कैद सजाय गर्ने कानुनी व्यवस्था छ। गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो। आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको पनि अदालतले ठहर गरेको छ ।  लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ ।  राष्ट्रिय क्रि...
जापानले देखाएको आत्महत्याको बाटो -प्रमोद गिरी 

जापानले देखाएको आत्महत्याको बाटो -प्रमोद गिरी 

अन्तराष्ट्रिय, रचना
  "देशको मेरुदण्ड भनेको नै युवाशक्ति हो, अर्थात युवाशक्ति देश निर्माणको मेरुदण्ड हो "। यति हुँदाहुँदै पनि दिन प्रतिदिन युवाहरूलाई आर्थिक, पारिवारिक र राजनैतिक अस्थिरताले देशबाट धकेलिइँदै छ ! आज को समयमा युवाहरु भनौ या बाल बालिका भनौ‌ १८ बर्षमा १२ कक्षा सकेर आफ्नो हास्ने खेल्ने उमेरमा आफ्नो पसिना बेच्न विदेशिएको पाइन्छ । नेपालको त्रिभुवन बिमानस्थलमा विदेशी ने को लर्को हेर्ने हो भने युवा जन शक्ति धेरै देख्न सकिन्छ ।    आज भोलि १२ कक्षा सकिए पछि लोक सेवा तयारी , देशमा केहि गर्छु भन्ने मानिस आज भोलि सबै बाग बजार, पुतलि सडक र बानेश्वर तिरको कन्सल्टेन्सीमा देखिन्छन । साथि को लह लहैमा भनौ या ता आफ्नै खुलि ले मानिसहरु सकि न सकि लाखौको रिण बोकेर युरोप,जापान अस्ट्रेलिया जाने तर्खर गर्छन । हिजो आज जापान जान विद्यार्थी भिषामा सहज बनाइएको छ । अनि भर्खरका कलिला विद्यार्थीहरु ऋण...
कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी

कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी

Breaking news 2, जानकारी, भर्खरै, समाचार
  कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै प्रदर्शन, सरकारी गाडीमा आगजनी काठमाडौँ — कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै भाषा सिकेका व्यक्तिहरूको समूहले प्रर्दशन  गरेको छ । जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा अनुत्तीर्ण भएकाहरूले आफूहरूलाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका हुन् ।   प्रदर्शनकारीले एउटा सरकारी गाडीमा समेत आगजनी गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गाडीमा आगजनगी गरिएको मन्त्री प्रकाश ज्वालाका प्रेस सल्लाहकार जीवन बीसीले बताए । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले बालकुमारीमा प्रदर्शन गरेका थिए । त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट प...
आजको राशिफल : २०८० पुस १३ गते (शुक्रवार)

आजको राशिफल : २०८० पुस १३ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला। आवेशको निर्णयले काम बिग्रन सक्छ। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)विशेष भेटघाटले काममा उत्साह बढाउला। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास्थ्य र ...