Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

इलामेली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन हुदै

इलामेली समाज दक्षिण कोरियाको पाँचौं अधिवेशन हुदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: इलामेली समाज दक्षिण कोरियाले यही आउँदो जुलाई १४ तारिख आइतबारको दिन दोङ्देमुनमा रहेको पूर्वाञ्चल समाजको सभाहलमा आफ्नो पाँचौ अधिवेशन गर्नेभएको छ। “सूर्योदय र हरियाली इलामेलीको पहिचान, पर्यटन प्रवर्द्धन र समाज सेवा हाम्रो अभियान” भन्ने मुल नारा लिएर सन् २०१४ मा स्थापित इलामेली समाज दक्षिण कोरियाको आफ्नो पाँचौ अधिवेशन जुलाइ १४ तारिख आइतबारका दिन‌‌ मध्यान्ह १२ बजे दोङ्देमुनमा रहेको पूर्वाञ्चल सामाजको सभा हलमा हुने भएको हो। नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका इलामेली बासीहरू भई सामाजिक कार्यहरू र आपत्कालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक गतिविधिहरूमा सक्रिय रूपमा नेपाल र कोरियामा विभिन्न संघसंस्थाहरूसँग सहकार्य र समन्वय गर्दै कोरिया लगायत नेपालमाआपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहे...
नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम अगस्ट ३ र ४ मा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
विशाल आवाज: नुवाकोट समाज दक्षिण कोरियाको बृहत वनभोज तथा भेटघाट कार्यक्रम यही आउँदो अगस्ट ३ र ४ तारिखका दिन 경기 양평군 서종면 중미산로 941-2 मा हुने भएको छ।  “सामाजिक एकता र समृद्ध नुवाकोट-हाम्रो अठोट” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय नुवाकोट समाज दक्षिण कोरियाले अगस्ट ३ र ४ तारिख शनिबार र आइतबारका दिन THE FOREST GALLERY मा दुई दिने बृहत वनभोज तथा भेटघाट कार्यक्रम २०२४ आयोजना गर्नेभएको हो। विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि १ लाख वन र महिलाको लागि ८० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क रामकुमार गोतामेको IBK BANK मा रहेको खाता नम्बर 22143448402015 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि निःशुल्क बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। कोरियामा र...
जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

जुलाइ ७ मा हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम सम्पूर्ण तयारी पुरा/ नियम सहित

Breaking News, खेल, खेलकुद, जानकारी, भर्खरै, विदेश
  विशाल आवाज: “बीरगञ्ज कृषि औजार कारखाना पुन: स्थापना तथा महावीरपुन सहयोगार्थ” जुलाई ७ तारिखका दिन किम्हे स्थित लुम्बिनी रेस्टुरेन्टमा आयोजना हुने चौथो एनआरएनए पुल प्रतियोगिता ख्यङ्नाम को सम्पूर्ण तयारी पुरा भएको छ। गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए ) ख्याङसान क्षेत्रीय कमिटीको आयोजनामा हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी र प्रमाण पत्र सहित क्रमशः १३ लाख र ७ लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ७० हजार कोरियन वोन सहित ट्रफि र प्रमाण पत्र प्रदान गरिनेछ।  पुल प्रतियोगिताको तेश्रो सिजन गरिसकेको अनुभव बटुलेका आधारमा पछिल्लो समय युवा पुस्ताको पुल खेलप्रतिको बढ्दो क्रेजले प्रतियोगिता थप ब्यापक र उत्साहजनक हुने संस्थाको अध्यक्ष सुबोध भण्डारीले विशाल आवाजलाई बताउनुभयो । ६६ जना पुल ...
जुलाइ ७ मा हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

जुलाइ ७ मा हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशनको सम्पूर्ण तयारी पुरा

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: यही आउँदो जुलाई ७ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभा हलमा बिहान ११ बजे हुने लुम्बिनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेशन को सम्पूर्ण तयारी भएको छ।  लुम्बिनी प्रदेश समाज दक्षिण करियाको प्रथम ऐतिहासिक अधिवेसन तयारी अन्तिम चरण मा रहेको कुरा अवगत गराउदै अधिवेसन को पुर्व सन्ध्यामा सदस्यता वितरण कार्यक्रम पनि संचालन गरिएको सयोजक हिमाल खनालले एक सुचना मार्फत जानकारि गराउनु भएको छ। लुम्बिनी प्रदेश को भुगोल वाट विभिन्न शिलसिलामा दक्षिण कोरियामा रहनुहुने दाजुभाई तथा दिदिवहिनी हरु ले आफूले ईच्छायको सदस्यता दर्ता गर्नुहुन र आफूले चिनेजानेको सवैलाई जानकारी गर्दै सदस्यता दर्ता को आव्हान गर्दै आयोजकले हार्दिक अपिल समेत गरेको छ । हाल सम्म १११ जना ले सदस्यता दर्ता गर्नुभएको नामावाली प्रस्तुत गर्दै सदस्यता वितरण को अन्तिम चरणमा रहेको समेत सुचना मार्फत जनाएका छ...
कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

कोपा अमेरिका : इक्वडेरलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विश्व च्याम्पियन अर्जेन्टिना शुक्रबार कोपा अमेरिका २०२४ को सेमिफाइनल पुगेको छ । उसले प्रतियोगिताको पहिलो क्वार्टरफाइनलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले हरायो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा रहेपछि प्रतिस्पर्धा सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको हो । त्यसमा अर्जेन्टिनाका लागि निकोलस ओटमेन्डीले निर्णायक गोल गरे । लियोनल मेसी भने पेनाल्टीमा गोल गर्न चुके । प्रतियोगितामा अर्जेन्टिनाको यो लगातार चौथो जित पनि हो । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाका लागि लउटारो मार्टिनेजले ३५औं मिनेटमा गोलको खाता खोले । उच्च लयमा रहेका मार्टिनेजको यो प्रतियोगितामा चौथो व्यक्तिगत गोल हो । एलेक्स म्याक एलिस्टरको पासमा उनले हेडबाट यो गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा केभिन रोड्रिग्वेले बराबरी गोल फर्काए । यस प्रतियोगितामा अर्जेन्टिनाले खाएको यो पहिलो गोल हो । यसअघि इक्वेडरले ख...
एमाले बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक जारी

एमाले बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक जारी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा एमाले सरकारबाट बाहिरिएपछिको पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।  बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका थिए । यस्तै बिहीबार एमालेले प्रधानमन्त्री प्रचण्डलाई दीर्घकालीन असर पर्ने कुनैपनि काम नगर्न र नगराउन ध्यानाकर्षण गराएको छ ।  एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गर्दै संसद्का दुई ठुला दल एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने समझदारी भएको स्मरण गराउँदै त्यस्ता निर्णय नगर्न भनेको हो ।...
अगस्ट ३ मा बुसानमा “समर डान्स पार्टी २०२४” हुने

अगस्ट ३ मा बुसानमा “समर डान्स पार्टी २०२४” हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियाको ठुलो शहर बुसानमा गर्मिको अवसर पारेर सेवारो इन्टरटेन्मेन्टको आयोजना तथा किरात याक्थुङ चुम्लुङ बुसान शाखाको सहयोगमा अगस्ट ३ तारिख शनिबारका “समर डान्स पार्टी २०२४” आयोजना हुने भएको छ। किरात याक्थुङ चुम्लुङ बुसान शाखाद्वारा सञ्चालित युमा तरेबा हिम (सेल्टर) सञ्चालन सहयोगार्थ अगस्ट ३ तारिख शनिबारका दिन बुसानको 가야로 202. 태평포시즌 건물 1층 मा साझ ८ बजेदेखि बिहान ४ बजेसम्म ननस्टप डिजे म्युजिकको साथमा “समर डान्स पार्टी २०२४” हुने भएको हो। DJ CMAN र र्यापर DORZ JOJO को साथमा हुने समर डान्स पार्टी २०२४ को प्रवेश शुल्क २०,००० वन तोकिएको छ। अगस्ट ३ तारिख मा हुने SUMMER DANCE PARTY 2024 सफल पार्नको लागि दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण पार्टी लभर दाजुभाइ तथा दिदीबहिनी लगायत कोरियामा रहेका बुद्धीजिबी, समाजसेबी, व्यवसायी, विधार्थी, पत्रकार एवं सम्पुर्ण संघसंस्थाका अध्यक्ष तथा प...
म कुमारै बस्ने कि पार्टिले केटी खोज्ने हो निर्णय चाहियो : मुकुल ढकाल

म कुमारै बस्ने कि पार्टिले केटी खोज्ने हो निर्णय चाहियो : मुकुल ढकाल

Breaking News, जानकारी, भर्खरै
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले आफ्नो विवाहका बारेमा पनि पार्टीले निर्णय गर्न माग गरेका छन्। गर्लफ्रेण्डलाई समानुपातिक सांसद बनाएको प्रसंग उठेपछि ढकालले पेश गरेको प्रतिवेदनमा यो विषय उल्लेख गरेका हुन्। गर्लफ्रेण्डको कुरा मेरो जीवनकै बारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन। मैले बिहा नै गर्ने कि नगर्ने? कुमारै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्। उनले प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘केन्द्रीय समितिले नै योसँग गर् भन्छ भने पनि तयार छु। वा आफ्नो इच्छा गर भन्छ भने नि ठीक छ । तर निर्णय गरिदेओस। जुन दिन यो निर्णय उपयुक्त लाग्छ त्यही दिन गरिदिनुहोस्।’ उनले गर्लफ्रेण्डको कुरा गरेर आफूलाई आपत्ति नभए पनि एक जना नारीप्रति सम्मान नगरिएकोप्रति आपत्ति जनाएका छन्। म जान पाइनँ, एक जना नारी जाने? मेरो साटो भनेर रडाको मच्चाउँदा पनि सायद मुकुल ...
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगरेपछि महामन्त्री मुकुल ढकालले मुखमा टेप टाँसेर विरोध गरेका छन्

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक लाइभ नगरेपछि महामन्त्री मुकुल ढकालले मुखमा टेप टाँसेर विरोध गरेका छन्

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा विरोध प्रकट गरेका छन् । बुधबार बिहान सुरु भएको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध प्रकट गरेका हुन् । महामन्त्री ढकालले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए । तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् । महामन्त्री ढकालले केही अघि पार्टी नेतृत्वलाई ३२ पृष्ठ लामो प्रतिवेदन बुझाएपछि रास्वपामा आन्तरिक सङ्घर्ष बढ्दै गएको सन्देश प्रवाह भएको थियो । उनको प्रतिवेदनमा पार्टी सङ्कटमा पर्दै गएको उल्लेख छ । सोही प्रतिवेदनमाथि छलफल गर्नुका साथै मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रमबारे धारणा बनाउन रास्वपाले केन्द्रीय समिति बैठक आयोजना गरेको हो ।...
भारतको एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु

भारतको एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
भारतको उत्तर प्रदेश राज्यको हाथरस जिल्लामा एक धार्मिक कार्यक्रममा भएको भागदौडमा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको छ । जसमा अधिकांश महिलाहरु रहेका छन। हाथरस जिल्लाको रतिभानपुर गाउँमा धार्मिक कार्यक्रम समाप्त भएर बाहिरिने क्रममा मंगलबार भागदौड मच्चिएको स्थानीय प्रहरी अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भागदौडमा परेर १ सय ५० भन्दा बढी घाइते भएका छन् । गाउँमा भोले बाबा भनिने साकार हरि बाबा नामका एक सन्तको सहभागितामा सत्संग आयोजना गरिएको थियो । उनी कार्यक्रमस्थलबाट फर्किने क्रममा उनलाई छुन चाहनेहरु दौडिन थाले सोहि क्रममा भागदौड मच्चियो र मानिसहरु किचिए । कार्यक्रममा कम्तीमा १५ हजार जनाको उपस्थिति रहेको बताइएको छ । बाबा र उनकी श्रीमतीले सम्बोधन गरेर कार्यक्रमस्थलबाट बाहिरिँदा भागदौड मच्चिएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन । घटनास्थल...