Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

ली जे-म्युंग democrat party of korea (DPK) को तर्फबाट राष्ट्रपतिका उम्मेदवार ।

ली जे-म्युंग democrat party of korea (DPK) को तर्फबाट राष्ट्रपतिका उम्मेदवार ।

Breaking News, जानकारी, भर्खरै, समाचार
ली जे–म्युंग, कोरियाली उदारवादी डेमोक्रेटिक पार्टी (DPK) का पूर्व अध्यक्ष,ले आइतबार पार्टीको उम्मेदवारका रूपमा ३ जुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मनोनयन सुरक्षित गरेका छन् । यससँगै उनले तेस्रो पटक राष्ट्रपति पदको लागि प्रतिस्पर्धा गर्ने तयारी आधिकारिक रूपमा सुरु भएको छ । ६१ वर्षीय लीले ८९.७७ प्रतिशत समर्थन प्राप्त गर्दै मनोनयन सुरक्षित गरे, जहाँ निर्णयको ५० प्रतिशत पार्टी सदस्यहरूको भोट र ५० प्रतिशत जनमत सर्वेक्षणको नतिजामा आधारित थियो । लीको प्रबल अग्रताले पार्टीका अन्य दुई उम्मेदवारहरूलाई निकै पछाडि पारिदियो । ग्येङ्गी प्रान्तका गभर्नर किम डोङ–योनले ६.८७ प्रतिशत समर्थन पाए भने दक्षिण ग्येङ्साङ प्रान्तका पूर्व गभर्नर किम क्योङ–सुुले ३.३६ प्रतिशत मात्रै प्राप्त गरे । यो लीको तेस्रो राष्ट्रपति पदको प्रतिस्पर्धा हो । उनले पहिलो पटक २०१७ मा पार्टीको प्राथमिक निर्वाचनमा पराजित भएका...
आजको राशिफल: २०८२ वैशाख ५ गते शुक्रबार

आजको राशिफल: २०८२ वैशाख ५ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) धर्मकर्ममा रुचि रहला । अरुको सेवा गर्ने मौका मिल्नेछ । विभिन्न मठ मन्दिरको यात्रा हुने योग रहेको छ । आध्यात्मिक सुखानुभुतीपनि अवस्य प्राप्त हुनेछ ।। दिनको उत्तरार्धमा भने चोटपटकको भय रहेको छ सचेत रहनुहोला । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) मनमा नकारात्मक कुराले डेरा जमाउन सक्दछ । सकारात्मक बन्ने कोसिस गर्नुहोला । दुबिधा बड्नेछ । मालसामान हराउन सक्छ सचेत रहनुहोला तर दिनको उत्तरार्धमा भने राम्रो रहेको छ । मीठो भिजनको प्राप्ती पनि हुनेछ । पारिवारिक मेलमिलाप पनि होला मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रेम सम्बन्ध बलियो हुनेछ ।  कृषि छेत्रमा आम्दानी बढ्नेछ । अरुलाई खुसी पार्न सकिनेछ । तर दिनको उत्तरार्धमा सामान्य स्वास्थ समस्या आउला खानपानमा ध्यान दिनुहोला ।।दैनिक कार्यारम्भ गर्दा । सुर्यनारायणको दर्शन गरेद कार्यको आरम्भ गर्नुहोला दिन सफल रहनेछ । कर्कट (ही,हू,हे...
“वसन्त” अप्रिल २० मा सौलमा प्रदर्शन हुँदै ,तयारी पुरा

“वसन्त” अप्रिल २० मा सौलमा प्रदर्शन हुँदै ,तयारी पुरा

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज:गायक तथा अभिनेता प्रकाश सपूतले निर्देशन गरेका फिल्म ‘वसन्त’ दक्षिण कोरियाको सौलमा पनि यही आईतवार अर्थात अप्रिल २० तारिक प्रदर्शन हुने भएको छ । गीतमार्फत सामाजिक असमानता, देशको अस्थिरता र विभेदका मुद्दाहरू सशक्त ढंगले उठाउँदै आएका प्रकाश सपुतको पहिलो निर्देशकीय फिल्म “वसन्त” 𝐌𝐊 𝐄𝐍𝐓𝐄𝐑𝐓𝐀𝐈𝐍𝐌𝐄𝐍𝐓 को आयोजनामा अप्रिल २० तारिक आईतवारका दिन सौलको जोगेसास्थित हलमा प्रदर्शन हुने भएको हो । कोरियामा रहेको 𝐄7-4 भिषा तयारी ग्रुपकोषको सहयोगार्थ मध्यान्ह १२:३० बजे बाट प्रदर्शन हुने फिल्मको प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ । निर्देशक सपूत स्वयंको लेखन तथा संगीत रहेको फिल्ममा उनी स्वयं मुख्य भूमिकामा छन् । उनको जोडी अभिनेत्री स्वस्तिमा खड्कासँग बाँधिएको छ । प्रभात पल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायत...
सुवनको  मेगाबक्समा अप्रिल २० मा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “पिताम्बर”

सुवनको मेगाबक्समा अप्रिल २० मा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “पिताम्बर”

Breaking News, जानकारी, भर्खरै
  विशाल आवाज:दैलेख समाज दक्षिण  कोरियाको को आयोजनामा  कृषा चौलागाईको निर्देशनमा बनेको‌ बहुप्रतिक्षित नेपाली  चलचित्र “पिताम्बर”  अप्रिल २० तारिख सुवन  स्थित सुबीधासम्पन्न    मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। ह्वाइट डक इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले कोरिया प्रदर्शनको अधिकार पाएको  “पिताम्बर” चलचित्र यहि अप्रिल २० तारिख आइतबारका दिन दक्षिण कोरियाको सुवन स्थित मेगाबक्समा  कर्णाली प्रदेश समाज दक्षिण कोरियाको सहजीकरणमा दैलेख समाज दक्षिण  कोरियाको को आयोजनामा प्रदर्शन गर्न लागेको हो। मध्यान्न १२:०० बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३० हजार कोरियन वन तोकेको छ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। टिकटको लागि सम्पर्क  Name       :-  KHADKA PADAM BAHADUR Account   :- 1002263112551 Bank        :-  Woori Bank  (우리 운행)  Phone no. :- 010...
दक्षिण कोरियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

दक्षिण कोरियाले थप तीन नेपालीलाई गर्‍यो निष्कासन

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियामा गैरकानुनी रूपमा बसेका तीन जना नेपालीलाई निष्कासन (डीपोर्ट) गरिएको छ। कोरियाली अध्यागमन प्रहरीले उनीहरूलाई कोरियन एयरको विमानबाट नेपाल फर्काएको हो। निष्कासनमा पर्नेमा नेपाली, गुरुङ र योगी थरका रहेको स्रोतले जानकारी दिएको छ। उनीहरू गैरकानुनी तरिकाले दक्षिण कोरियामा बस्दै आएका थिए। उनीहरूलाई यसै साता काठमाडौं फर्काइएको थियो। यसअघि दक्षिण कोरियाले दुई जनालाई निष्कासन गरेको थियो। निष्कासनमा पर्नेमा श्रेष्ठ र थापा मगर थरका रहेका थिए। पछिल्लो समय गैरकानुनी रूपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरूपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।...
सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा नयाँ वर्ष २०८२ को अवसरमा देउडा कार्यक्रम सम्पन्न

सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा नयाँ वर्ष २०८२ को अवसरमा देउडा कार्यक्रम सम्पन्न

Breaking News, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नयाँ नेपाली वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिममा प्रत्येक नयाँ वर्षको अवसरमा मनाइँदै आएको मौलिक पर्व “विशु पर्व” लाई लक्षित गर्दै समाजले देउडा खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको हो । आइतबार सम्पन्न उक्त कार्यक्रममा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत सुदूरपश्चिमका थुप्रै व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा लोकप्रिय देउडा गायिका गिता चनाराले कर्णाली र सुदूरपश्चिम क्षेत्रका लोक भाका तथा देउडा गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा समाजका अध्यक्ष महेश भट्टले गायिका चनारालाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । कोरियाको राजधानी सउलमा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष महेश भट्टको सभापतित्व रहेको थिय...
दक्षिण कोरियामा गठन रसुवा समाज, अध्यक्षमा गोपीप्रसाद(गौरभ) न्यौपाने

दक्षिण कोरियामा गठन रसुवा समाज, अध्यक्षमा गोपीप्रसाद(गौरभ) न्यौपाने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा रहेका सम्पूर्ण रसुवाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एकताबद्ध गर्दै अगाडि बढ्ने उद्देश्यका साथ दक्षिण कोरियामा पनि आइतबारका दिन रसुवा समाज दक्षिण कोरियाको गठन गरिएको छ। आइतबारका दिन दक्षिण कोरियाको राजधानी सौलको दोङ्गेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा आयोजित रसुवा समाज दक्षिण कोरियाको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट गोपीप्रसाद न्यौपाने (गौरभ न्यौपाने) को अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ। बागमती प्रदेश एकता समाजको अध्यक्ष सरोज केसीको प्रमुख अतिथ्यता तथा दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाका पदाधिकारीहरू लगायत पत्रकारहरूको रहोबरमा सम्पन्न समाजको कार्यसमिति गठन तथा घोषणा कार्यक्रमबाट नयाँ कार्यसमिति गठन गरिएको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा फुर्पु दोर्जे तामाङ, उपाध्यक्षमा नुर्बु थोक्रा, अन्जली तामाङ (अन्जि ता...
स्याङ्जा परिवार बुसान किम्हे शाखा कोरियाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

स्याङ्जा परिवार बुसान किम्हे शाखा कोरियाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ । गत कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसरमा किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु आमन्त्रण गरी "स्याङ्जा बुसान सांगीतिक धमाका २०२४" आयोजना गरी परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो भन्ने कार्यक्रम नारा अनुसार नै प्राप्त मुनाफा रकमबाट कार्यक्रमको उद्धेश्य अनुरुप योजना कार्यान्वयन गरिएको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए । "परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो" भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा स्थानीय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा सभ्...
आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको कडा आपत्ति

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको कडा आपत्ति

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले एक सार्वजनिक कार्यक्रममा आफूमाथि गरिएका अमर्यादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्। नेपाल सरकारका माननीय राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा, महामहिम नेपाली राजदूत र गुरुङलाई लक्षित गर्दै प्रयोग गरिएको तुच्छ र आपत्तिजनक भाषाप्रति सामाजिक संजाल फेसबुक मार्फत गुरुङले गम्भीर असन्तोष व्यक्त गरेका हुन्। गुरुङले जारी गरेको वक्तव्यमा यस्तो व्यवहारले न केवल व्यक्तिगत गरिमा, तर संस्थागत मर्यादा र सम्पूर्ण प्रवासी नेपाली समाजको सम्मानमाथि पनि आघात पु¥याएको उल्लेख छ। उनले यस्ता गैर-जिम्मेवार अभिव्यक्तिहरूको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षहरूलाई भविष्यमा यस्ता गतिविधिबाट परहेज गर्न अनुरोध गरेका छन्। ...
किम्हे बुसानमा अप्रिल १२ तारिख नेपाली नयाँ वर्ष डान्स पार्टी हुँदै

किम्हे बुसानमा अप्रिल १२ तारिख नेपाली नयाँ वर्ष डान्स पार्टी हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: जय नेपाल दक्षिण कोरिया ले नेपाली नया बर्ष २०८२ को अवसर पारि अप्रिल १२ तारिख शनिबार किम्हे बुसानमा “NEPALI NEW YEAR DANCE PARTY” ‌आयोजना गर्नेभएको छ। नेपाली नयाँ वर्षको अवसर पारेर कोरियाको देश्रो ठुलो शहर बुसानको 유라이부 김해시 가야로 202 (태평포 시즌건물 1 층 101 호) मा हुने कार्यक्रम स्थलसम्म जानका लागि बसको समेत व्यवस्था गरिएको छ । यही शनिबार अर्थात् अप्रिल १२ तारिख शनिबार साझ ८ बजेदेखी भोली बिहान ४ बजेसम्म स्थानीय कलाकारहरूको साथमा हुने ननस्टप डिजे डान्स पार्टीको प्रवेश शुल्क २० हजार ओन तोकिएको छ। कार्यक्रममा कोरियामा रहेका नेपाली डिजे RX को साथमा र्यापर GEN-Z र र्यापर तथा डान्सर दिया खड्काको धमकेदार प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै यसपालिको नेपाली नयाँ वर्षमा किम्हे बुसानमा हुने नाइट डान्स पार्टी सफल बनाउन दक्षिण कोरिया बुसानमा रहेका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूला...