Advertisement
Advertisement

सुदूरपश्चिम समाज, दक्षिण कोरियाद्वारा नयाँ वर्ष २०८२ को अवसरमा देउडा कार्यक्रम सम्पन्न

Advertisement
Advertisement

सुदूरपश्चिम समाज, दक्षिण कोरियाले नयाँ नेपाली वर्ष २०८२ को अवसरमा शुभकामना आदानप्रदान तथा देउडा कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिममा प्रत्येक नयाँ वर्षको अवसरमा मनाइँदै आएको मौलिक पर्व “विशु पर्व” लाई लक्षित गर्दै समाजले देउडा खेलसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको हो ।

आइतबार सम्पन्न उक्त कार्यक्रममा कोरियामा विभिन्न क्षेत्रमा कार्यरत सुदूरपश्चिमका थुप्रै व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा लोकप्रिय देउडा गायिका गिता चनाराले कर्णाली र सुदूरपश्चिम क्षेत्रका लोक भाका तथा देउडा गीतहरू प्रस्तुत गरेर दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा समाजका अध्यक्ष महेश भट्टले गायिका चनारालाई प्रशंसापत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

कोरियाको राजधानी सउलमा सम्पन्न सो कार्यक्रममा सुदूरपश्चिम समाजका अध्यक्ष महेश भट्टको सभापतित्व रहेको थियो भने समाजका संरक्षक जितेन्द्र महता प्रमुख अतिथि थिए ।

शुभकामना मन्तव्यका क्रममा प्रमुख अतिथि महताले विशु पर्वको पौराणिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पार्दै देश-विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

कार्यक्रममा जितेन्द्र महता, ईश्वर धामी, नरेश रावल, दिपेन्द्र रोकाया, नेत्र कुँवर लगायतले आ-आफ्ना मौलिक प्रस्तुति दिएका थिए ।

कार्यक्रमका सभापति महेश भट्टले शुभकामना व्यक्त गर्दै समाजमा सबैले गरेको योगदानप्रति आभार प्रकट गरे । कार्यक्रमको सञ्चालन समाजका महासचिव नवराज तिमिल्सिनाले गरेका थिए ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

लामो समयको अन्तरालपछि शेर्पा संघ दक्षिण कोरियाको छैटौँ महाधिवेशनपश्चात् नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः दोर्ची शेर्पा

दक्षिण कोरियामा रहेका शेर्पा समुदायको साझा संस्था शेर्पा संघ दक्षिण कोरिया को सातौँ कार्यसमिति अन्ततः गठन भएको छ। लामो समयदेखि नेत...
यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×