Advertisement
Advertisement

स्याङ्जा परिवार बुसान किम्हे शाखा कोरियाबाट आफ्नो गृह जिल्लाभित्रका विद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग

Advertisement
Advertisement

बोम्जन गुरुङ:कोरियामा स्थापित स्याङ्जा परिवार किम्हे बुसान शाखाद्धारा आफ्नो गृह जिल्लाभित्र विभिन्न भेगका १६ वटा सरकारी तथा सामुदायिकविद्यालयहरुलाई करिब १४ लाख रुपैयाँ बराबरको सहयोग प्रदान गरिएको छ । गत कोरियन नयाँ वर्ष सलनाल २०२४ को अवसरमा किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा नेपालबाट चर्चित राष्ट्रिय कलाकारहरु आमन्त्रण गरी “स्याङ्जा बुसान सांगीतिक धमाका २०२४” आयोजना गरी परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो भन्ने कार्यक्रम नारा अनुसार नै प्राप्त मुनाफा रकमबाट कार्यक्रमको उद्धेश्य अनुरुप योजना कार्यान्वयन गरिएको संस्थाका अध्यक्ष आशिष रानाभाटले जानकारी दिए ।

“परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” भन्ने मूल नारासँगै किम्हे स्थितको सुविधा सम्पन्न Eunseok Cultural and Walfare हलमा स्थानीय कलाकारहरु र नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकारहरुको साथमा सभ्य र भव्य रुपमा सम्पन्न भएको बताउँदै संस्थाको बृहत बैठकले कार्यक्रमको उद्धेश्य अनुरुप योजनाहरु तर्जुमा भएको संस्थाका निवर्तमान अध्यक्ष कमल अर्यालले बताए ।

सहयोग प्रदान गरिएका विद्यालयहरुले आफ्नो आवश्यकता अनुसार अक्षय कोष स्थापना, कक्षा कोठा व्यवस्थापन, टेलिभिजन, प्रोजेक्टर, खेलकूद सामाग्री खरिद, दराज तथा अन्य शैक्षिक सामाग्रीहरु जुटाउने र पूर्णतया शिक्षण सिकाईलाई प्रत्यक्ष प्रभाव गर्ने र विद्यार्थी लाभान्वित हुने गरी सहयोग गरिएको संस्थाका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद लामिछानेले बताए । यसरी कोरियामा भएका अन्य संघ संस्थाहरुसँग सहकार्य गर्दै हरेक स्याङ्जाली मात्र नभएर भएको अन्य नेपालीहरुको सुख दुःखमा सारथी बन्दै परोपकारी तथा सामाजिक कार्यमा संस्था निरन्तर अगाडी बढिरहेको सन्दर्भ संस्थाका संरक्षक सागर पोख्रेलले थपे ।

सहयोग प्राप्त विद्यालयहरुमा भानु मा.वि. (चापाकोट १) ले 306,000 कोरियन वोन, ज्ञानोदय मा.वि (गल्याङ् ९) ले 1,339,000 कोरियन वोन, सरस्वती आधारभुत विद्यालय (अर्जुनचौपारी ३ आग्रीखर्क) ले 1,339,000 कोरियन वोन, राधा दामोदर मा.वि. (चापाकोट ७, साँखर) ले 735,000 कोरियन वोन, राष्ट्रिय मा.वि. (आधिखोला- ३) ले 1,245,000 कोरियन वोन, भद्र नारायण मा.वि फेदिखोलाले 13,52,000 कोरियन वोन, महिमा मा.वि. (हरिनास २ चिसापानी) ले 5,25,000 कोरियन वोन, जेठी कन्या आधारभुत विद्यालय (वालिङ् – ४) ले 5,15,000 कोरियन वोन, जन मा. वि. (अर्जुनचौपारी ४ रापाकोट) ले 13,39,000 कोरियन वोन, कन्या आधारभूत विद्यालय आरुपाटाले 7,17000 कोरियन वोन, कालिका आधारभुत विद्यालय (वालिङ् ५) ले 710,000 कोरियन वोन, वाल ज्योती आधारभुत विद्यालय कालिगण्डकी गा.पा. ले 7,28,000 कोरियन वोन, विश्व ज्योती आधारभुत विद्यालय पुतलीबजार न.पा. ले 525,000 कोरियन वोन, भविष्य मा.वि. (विरुवा ४ ओरस्टे)ले 525,000 कोरियन वोन, राष्ट्रिय मा.वि. (गल्याङ् – ७) ले 1,365,000 कोरियन वोन र जनहित मा.वि. (आँधीखोला १ पञ्चमूल) ले 7,35,000 कोरियन वोन रहेको संस्थाका सचिव रसिक पाण्डेयले जानकारी दिएका छन् ।

स्याङ्जा परिवारसँग आबद्ध तथा हाल स्वदेश फिर्ता भएर आफ्नो सामाजिक जीवन व्यतित गरिरहेका संस्था सम्बद्ध अग्रज व्यक्तित्वहरु रिटर्निज कोरिया स्याङ्जा परिवार नेपालका संस्थापक अध्यक्ष धर्म गुरुङ, स्याङ्जा किम्हे बुसान शाखाका पूर्व अध्यक्ष जीवलाल काफ्ले, कोरियामा लामो समय रहेर स्याङ्जा परिवारका योगदान दिएका नवराज वाग्ले, हिमानी गुरुङ, बिपना गुरुङ, रमेश भट्टराई, प्रकाश लामिछाने, हिरण्यराज लामिछाने लगायतका व्यक्तित्वहरुले व्यस्त समयको बावजूद विभिन्न विद्यालयहरू सहयोग हस्तान्तरण कार्यक्रममा महत्वपूर्ण योगदान दिए बापत आयोजक संस्था स्याङ्जा परिवार किम्हे बुसान शाखा कोरियास्थित स्याङ्जा परिवार केन्द्र, स्याङ्जा परिवार थेगु शाखा र विभिन्न सङ्घ संस्था तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

 

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा सुरु भयो २०२६–२७ को स्की सिजन, जलवायु परिवर्तनका कारण रिसोर्टहरू चुनौतीमा

दक्षिण कोरियामा २०२६–२७ को हिउँदे स्की सिजन सुरु भएको छ। गाङ्वन प्रान्तका स्की रिसोर्टहरूले नोभेम्बर २२ देखि औपचारिक रूपमा सेवा सञ...
CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

CSAT परीक्षाको नक्कल नियन्त्रणमा कमजोरी देखिएपछि दक्षिण कोरियाका शिक्षामन्त्रीद्वारा राजीनामा

दक्षिण कोरियाका शिक्षामन्त्री चोई क्यो-जिनले सन् २०२७ को विश्वविद्यालय प्रवेश परीक्षा (CSAT) मा नक्कल नियन्त्रणका लागि अपनाइएका उप...
दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियाको किम्हेको CGV CINEMA HALL र बुसानमा डिसेम्बर ६ र ८ तारिख नेपाली चलचित्र ‘बाटुलो जुन’ प्रदर्शन हुँदै

दक्षिण कोरियामा नेपाली चलचित्र ‘बाटुलो जुन’ विशेष प्रदर्शन हुने भएको छ। घुमन्ते इभेन्ट्स (Ghumante Events) र कोरिया–नेपाल सांस्कृत...
छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

छुसकमा आयोजित लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६बाट १ करोड २३ लाख वनभन्दा बढी बचत, बाढीपीडितका लागि ९० हजार रुपैयाँ सहयोग

दक्षिण कोरियामा आयोजित ‘लुम्बिनी सांगीतिक साँझ तथा रात्रिभोज कार्यक्रम–२०२६’ बाट १ करोड २३ लाख ४४ हजार ८२५ कोरियन वन बचत भएको छ। उ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×