Advertisement
Advertisement

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए अध्यक्ष बुद्धि गुरुङको कडा आपत्ति

Advertisement
Advertisement

दक्षिण कोरिया — गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले एक सार्वजनिक कार्यक्रममा आफूमाथि गरिएका अमर्यादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

नेपाल सरकारका माननीय राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा, महामहिम नेपाली राजदूत र गुरुङलाई लक्षित गर्दै प्रयोग गरिएको तुच्छ र आपत्तिजनक भाषाप्रति सामाजिक संजाल फेसबुक मार्फत गुरुङले गम्भीर असन्तोष व्यक्त गरेका हुन्।

गुरुङले जारी गरेको वक्तव्यमा यस्तो व्यवहारले न केवल व्यक्तिगत गरिमा, तर संस्थागत मर्यादा र सम्पूर्ण प्रवासी नेपाली समाजको सम्मानमाथि पनि आघात पु¥याएको उल्लेख छ। उनले यस्ता गैर-जिम्मेवार अभिव्यक्तिहरूको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षहरूलाई भविष्यमा यस्ता गतिविधिबाट परहेज गर्न अनुरोध गरेका छन्।

“म कसैसँग व्यक्तिगत दुश्मनी राख्दिन। म सधैं सभ्य र प्रक्रियागत समाधानमा विश्वास राख्छु,” उनले स्पष्ट पारेका छन् ।

साथै, उनले एनआरएनए दक्षिण कोरियाको ९औं महाधिवेशनको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार उक्त निर्वाचनमा पराजित उम्मेदवार बिपिन गुरुङले स्वघोषित रूपमा आफैँलाई अध्यक्ष घोषणा गर्नु, ‘एकता महाधिवेशन’ को नाटक मञ्चन गर्नु र त्यसकै आडमा चरित्र हत्या अभियान चलाउनु नियोजित विभाजनको प्रमाण रहेको उल्लेख गरेका छन् ।

“यदि यस्ता अवाञ्छित गतिविधिहरू रोकिएनन् र सार्वजनिक रूपमा माफी नमागिए, म कानुनी बाटो अवलम्बन गर्न बाध्य हुनेछु,” गुरुङले चेतावनी दिएका छन्।

उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई शान्ति, एकता र सहकार्यको सन्देश फैलाउने आफ्नो अटूट प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×