सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेको एक मन्त्रीले बताए।
घिसिङलाई २०७८ साउन २५ गतेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो। उनी दोस्रो कार्यकालका लागि प्राधिकरणमा नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल साउन २४ गते सकिँदै थियो। तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो। डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङ विवादित बन्दै आएका छन्। उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ।
यसअघि प्राधिरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता विद्युत् महसुल नतिरेको भन्दै उद्योगीहरूको लाइन काटेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकार बनेपछि उद्योगीहरूको लाइन जोड्ने निर्णय गरेको थियो।...
४ चैत्र २०८१, मंगलवार १३:३०४ चैत्र २०८१, मंगलवार १३:३०४ चैत्र २०८१, मंगलवार १३:३० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले दशौं एकता महाधिवेशन लाइ मध्यनजर गर्दै मार्च २२ तारिख भर्चुअल माध्यम जुम मार्फत एकता महाधिवेशन २०२५ अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ।
एकता, रूपान्तरण र सामाजिक उत्तरदायित्व: एनआरएनए दक्षिण कोरियाको साझा प्रतिबद्धता भन्दै विपिन कुमार गुरुङ नेतृत्वको गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA NCC) दक्षिण कोरियाले यहि अप्रिल ६(चैत २४) मा सउलको दोङ्देमुन स्थित खुमिनह्वेग्वानमा एकता महाधिवेशन २०२५ गर्दैछ। सोही एकता महाधिवेशनलाई मध्यनजर गर्दै मार्च २२ तारिख शनिबारका दिन बेलुकी ८:४५ बजे भर्चुअल माध्यम जुम मार्फत अन्तरक्रिया कार्यक्रम राखिएको आयोजकले जनाएको छ। जुम आइडी 82097839556 र पासकोड NRNA राखिएको अन्तरक्रिया कार्यक्रममा कोरियामा रहेका विभिन्न सङ्घसंस्था तथा व्यक्तिहर...
३ चैत्र २०८१, सोमबार ११:०२३ चैत्र २०८१, सोमबार ११:०२३ चैत्र २०८१, सोमबार ११:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय संस्था स्याङ्जा समाज दक्षिण कोरियाले बर्सिनी रुपमा आयोजना गर्दै आइरहेको रमाइलो बनभोज कार्यक्रम यसपालि पनि मे ३ र ४ मा गर्ने गरी तयारी गरेको छ।
आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका स्याङ्जालीहरुको साझा संस्था स्याङ्जा सम्पर्क समिती दक्षिण कोरियाले मे ३ र ४ तारिख 별빛펜션 (태안군 원북면 신두해변길 201-26 번지 태안मा रमाइलो वातावरणमा बनभोज कार्यक्रम गर्ने भएको हो।
बिगतका बर्षहरुमा जस्तै यसपालिको कार्यक्रममा पनि स्याङ्जाली लगायत दक्षिण कोरियामा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिति रहने कुरामा बिस्वस्त रहेको र आफुहरुले कार्यक्रम तयारीमा कुनै कमि नराख्ने संस्था अध्यक्ष सुशील गुरुङले विशाल आवाजलाई बताउनुभयो।
विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा ...
२ चैत्र २०८१, आईतवार १५:०२२ चैत्र २०८१, आईतवार १५:०२२ चैत्र २०८१, आईतवार १५:०२ by विशाल श्रेष्ठNo Comments
सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन हानगाङमा भएको होली महोत्सव २०२५ मा केही समूहले प्रधानमन्त्री केपी ओली लक्षित नाराबाजी गरेपछि सोबारे घोर आपत्ति जनाउँदै आयोजक संस्थाले प्रेस विज्ञप्ति निकालेको छ।
दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फेको प्रमुख अतिथ्यतामा आयोजित कार्यक्रममा औपचारिक कार्यक्रमको समापन पश्चात अनौपचारिक (सांस्कृतिक) कार्यक्रममा कार्यक्रमको मर्मविपरीत केही युवाहरूको समूहले प्रधानमन्त्री केपी ओलीको विरुद्ध नाराबाजी गरेका थिए। कार्यक्रमको मर्म विपरीत सो समूहले गरेको आपत्तिजनक गतिविधि प्रति संस्थाको प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा कुनै पनि भूमिका नरहेको प्रष्ट पार्दै आयोजक संस्थाले विज्ञप्ति निकाली उक्त गतिविधिलाई सामाजिक सञ्जालमा अतिरञ्जित नगरिदिनुहुन र अपलोड गरिएको भिडियो सामग्री हटाइदिन अनुरोध समेत गरेको छ।
...
२९ फाल्गुन २०८१, बिहीबार १३:१९२९ फाल्गुन २०८१, बिहीबार १३:१९२९ फाल्गुन २०८१, बिहीबार १३:१९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: फागुन २९ गते (होली) बाट नेपालमा प्रदर्शनमा आइरहेको मिलन चाम्स निर्देशित फिल्म “अन्जिला” दक्षिण कोरियाको ह्वासङमा पनि मार्च २३ तारिख प्रदर्शन हुने भएको छ।
महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले स्कुले जीवनदेखि फुटबल खेलाडी बन्न गरेको सङ्घर्ष र राष्ट्रिय टिमको कप्तान बन्दासम्मको कथा समेटिएको चलचित्र “अन्जिला” ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजनामा मार्च २३ तारिख आइतबारका दिन ह्वासङसीमा प्रदर्शन हुने भएको हो। ह्वासङ नेपाली परिवार, दक्षिण कोरियाको आयोजना तथा किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाको सहजीकरणमा ह्वासङसीमा रहेको फारान स्थित साराङ फाङमा मा मध्यान्ह १२ बजे च्यारिटी शोको रूपमा प्रदर्शन गरिने चलचित्र “अन्जिला” हेर्न दर्शकले सहयोग स्वरूप १५००० वन तिर्नुपर्नेछ भने सहयोग गर्नुहुनेले जति पनि सहयोग स्वरुप दिना सकिने आयोजकले जनाएको छ।
नेपाल ल...
२७ फाल्गुन २०८१, मंगलवार १४:५२२७ फाल्गुन २०८१, मंगलवार १४:५२२७ फाल्गुन २०८१, मंगलवार १४:५२ by विशाल श्रेष्ठNo Comments
धराने इभेन्ट्स कोरिया आयोजनामा मार्च ३० तारिख कोरियाको सउलमा हुने “PURNA राई and दाजुभाइहरू लाइभ इन कोरिया”मा ब्यान्डले सौल तताउने पक्का भएको छ।
कोरियामा रहेका नेपाली हरुलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको "धराने इभेन्ट्स कोरिया" ले अहिलेको यूवा पुस्तामाझ चर्चित PURNA राई and दाजुभाइहरूको साथमा सउलको HW 건밴션 센터मा लाइभ कन्सर्ट गर्ने भएको हो। 서울특별시 종로구 지하문로225(부암동 162-3) मा हुने यो ग्राण्ड इभेन्टमा कोरियामै रहेको फुल्याङ ब्याण्ड र नया दृश्य ब्यान्डको साथमा DJ RX को special performance रहनेछ भने कार्यक्रम सञ्चालन रेश्मा राईले गर्ने आयोजकले जनाएको छ।
मार्च ३० तारिख आइतबार का दिन दिउसो १ बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रमको प्रवेश शुल्क ४० हजार वन तोकिएको छ। यसैगरी इभेन्टको अनलाइन टिकट GMONEY TRANS को एप्स बाट समेत काट्न सकिनेछ।
युवा पुस्ताको गीत संगीत प्रति...
२६ फाल्गुन २०८१, सोमबार १२:३८२६ फाल्गुन २०८१, सोमबार १२:३८२६ फाल्गुन २०८१, सोमबार १२:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाली राजदूतावास दक्षिण कोरियाको आयोजना र नेपाली सम्पर्क समिति बुसानको सहआयोजनामा यही मार्च २६ तारिखका दिन किम्हे बुसानमा श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा हुने भएको छ।
नेपाली राजदूतावासले कोरियामा रहनुभएका नेपाली सम्पूर्ण नागरिकहरूलाई सहज र सरल रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले विभिन्न समयमा विभिन्न ठाउँहरूमा राहधानी र कन्सुलर घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम गर्दै आइरहेको छ। सोही कार्यक्रमलाई निरन्तरता दिँदै यही आउँदो मार्च १६ तारिख का दिन नेपाली राजदूतावासका आयोजना तथा नेपाली सम्पर्क समिति बुसान शाखाको सहकार्यमा बुसानको किम्हे शहर स्थित 3F,Garakro 95,Gimhaesi,Gyeongnam मा घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम आयोजना गरिने भएको हो।
नेपाली राजदूतावास सियोलले एक सूचना जारी गर्दै राहदानी र...
२६ फाल्गुन २०८१, सोमबार ११:४२२६ फाल्गुन २०८१, सोमबार ११:४२२६ फाल्गुन २०८१, सोमबार ११:४२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको मार्च प्रमोसन पठाउनुहोस् र प्रत्येक हप्ता जित्नुहोस् आकर्षक उपहार अन्तर्गतको पहिलो हप्ताको सामसुङ ग्यालेक्सी ट्याब विजेता घोषणा गरिएको छ।।
मार्च प्रमोसनको पहिलो हप्ता अन्तर्गत मार्च १ तारिखदेखि ७ तारिख भित्रमा रेमिट्यान्स गर्ने हरूबाट आइतबारका दिन सेन्ट-वी रेमिट्यान्सले फेसबुक लाइभ गरी विजेता घोषणा गरेको छ। मार्च १ तारिखदेखि ७ तारिख भित्रमा रेमिट्यान्स गर्नेहरूबाट फेसबुक लाइभमा लक्कि ड्र गरी विजेता छनोट गर्दा नोर्बु लामाले samsung galaxy tab जित्न सफल भएका छन्।
सेन्ट-वी रेमिट्यान्स र कुमारी बैंकको संयुक्त सहकार्यमा भइरहेको मार्च प्रमोसन बाट प्रत्येक हप्ता विभिन्न आकर्षक उपहारहरू पाउन सकिनेछ। जसअनुसार पहिलो हप्ता मार्च १ तारिखदेखि ७ तारिखसम्म रेमिट्यान्स गर्दा ग्यालेक्सी ट्याब ,...
२५ फाल्गुन २०८१, आईतवार १२:४०२५ फाल्गुन २०८१, आईतवार १२:४०२५ फाल्गुन २०८१, आईतवार १२:४० by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:सनातन साहित्य संगीत साधना समूह (पाँच स) दक्षिण कोरियाको आयोजनामा मार्च १६ तारिखका दिन 한강 मा हुने होली महोत्सव २०२५ मा दक्षिण कोरियाका लागि नेपाली राजदूत शिवमाया तुम्बाहाम्फे पनि उपस्थित हुनुहुने भएको छ।
पूर्वीय कला ,संस्कृति परम्परा ,संस्कार लाई सम्बर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले दक्षिण कोरियामा स्थापित नेपालीहरूको साझा संस्था सनातन साहित्य संगीत साधना समूह पाँच "स" दक्षिण कोरियाको आयोजनामा हानखाङ नदिको किनारमा मार्च १६ तारिख आइतबारका दिन मध्यान्न १२ बजेबाट सुरु हुने होली कार्यक्रमको कलाकारसहितको ब्यानर सार्वजनिक गर्दै आयोजकले तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
होलिका लागि आवश्यक रङ र टिसर्ट कार्यक्रम स्थलमै उपलब्ध हुनेका साथै नेपाली मौलिक खाना सेलरोटी चिया तथा पानीपुरी समेत उपलब्ध हुने कार्यक्रममा नेपाली मौलिक संस्कृति झल्किने र परम्परागत एवं सांगीतिक प्रस्तुति समेत र...
२२ फाल्गुन २०८१, बिहीबार १४:५६२२ फाल्गुन २०८१, बिहीबार १४:५६२२ फाल्गुन २०८१, बिहीबार १४:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियामा रहेको नेपाल भलिबल संघ दक्षिण कोरियाले मार्च ९ तारिकको दिन जुम भर्चुअल माध्यमबाट “भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन कक्षा” सञ्चालन गर्ने भएको छ।
“स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मूल नारासहित नेपाली भलिबल खेलको विकास र विस्तारका लागि दक्षिण कोरियामा स्थापित नेपाल भलिबल संघ, दक्षिण कोरिया शाखाले आफ्नो मातहतमा आयोजना हुने भलिबल प्रतियोगिताहरूलाई व्यवस्थित रूपमा सञ्चालन गर्न नेपाली भलिबल रेफ्रीहरूलाई लक्षित गर्दै “अफिसियल भलिबल नियम २०२५-२०२८” अनुसार भलिबल रेफ्री गाइडलाइन्स तथा निर्देशन सम्बन्धी जुम भर्चुअल कक्षा सञ्चालन गर्ने भएको हो।
नेपालका अन्तर्राष्ट्रिय भलिबल रेफ्री टहल सिंह थापा ले प्रशिक्षण गर्ने कक्षामा नाम दर्ता तथा सहभागिता जनाउनका लागि मार्च ९ तारिख दिउँसो २ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाउदै दक्षिण कोरियामा रहेका सम्पू...