Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

सर्बाधिक धनराशिको NRNA कप फुटबल टुर्नामेन्ट जुन २९ मा

सर्बाधिक धनराशिको NRNA कप फुटबल टुर्नामेन्ट जुन २९ मा

Breaking News, जानकारी, भर्खरै, समाचार
NRNA दक्षिण कोरियाले हाल सम्म कै सर्बाधिक धनराशिको फुटबल टुर्नामेन्ट जुन २९ मा कोरियाको इक्सान सहरमा सम्पन्न गर्ने भएको छ l नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहयोग रहेको प्रतियोगिताको प्रथम पुरस्कार ४५ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार २२ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र साथै सेमिफानलिस्ट टिम लाई ६ लाख ५० हजार वन र प्रमाणपत्र दिईने छ । साथै अन्य ७ बिधा बेष्ट प्लेयर , बेष्ट किपर , बेष्ट डिफेन्स , बेष्ट मिडफिल्डर , बेष्ट फरवार्ड , हाई स्कोरर र बेष्ट कोच लाई समेत पुरस्कृत गरिने छ । नकआउट चरणमा खेलाईने उक्त टुर्नामेन्टको लागि अन्तिम टिम दर्ता जुन २२ तारिख तोकिएको छ भने टिम दर्ता शुल्क ४ लाख वन रहेको छ । NRNA कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लब हरुलाई सहभागिताको लागि हार्दिक आव्हान गरेको छ ।...
यही २२ जूनमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को आयव्यय सार्वजनिक हुने

यही २२ जूनमा “माछापुच्छ्रे सांगीतिक सौगात भाग ४” को आयव्यय सार्वजनिक हुने

जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:२०२५ सालको कोरियन नयाँ बर्ष सलनालको अवसर पारेर कास्की परिवार दक्षिण कोरियाद्धारा आयोजना गरिएको नेपालको लोकप्रिय ब्याण्ड 1974 AD को साथमा "माछापुच्छ्रे सांगीतिक सौगात भाग ४" कार्यक्रमको आयव्यय सार्वजनिक हुने भएको छ । यही जून २२ तारिक दिनको १२ बजे शुरु हुने गरी सउलस्थित निक नेपाल ट्राभल्स दोङ्देमुनको सभाहलमा सो कार्यक्रम आयोजना गर्ने भएको हो । नेपाली सम्पर्क समिति (NCC) को सहजीकरण तथा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रमको मुख्य प्रायोजक Oasis इमिग्रेसन ग्रुप र SNB कन्सल्ट्यान्सी तथा सह प्रायोजकको रुपमा पोखरा रेष्टुरेन्ट एण्ड बार रहेको उक्त कार्यक्रम "आपतकालीन राहतकोष अभिवृद्धि सहयोगार्थ" नारासँगै गत जनवरी २८ तारिक दक्षिण कोरियाको राजधानी सउल स्थित हान नदी किनारमा रहेको झम्सील रंगशालामा भव्य रुपमा सम्पन्न भएको थियो । कास्की परिवारद्धारा आ...
वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

वनभोज कार्यक्रमबाट राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

जानकारी, भर्खरै, समाचार
कोरियाको ख्यङ्गि दो प्रान्त अन्तर्गत ख्वाङ्जु, सङ्नाम, इछन, यजु र योङ्गिनमा रहनुहुने सम्पुर्ण नेपालीहरुको साझा संस्था ख्यङ्गी ख्वाङ्जु नेपाली एकता समाज दक्षिण कोरियाले दैनिक कामको थकान र तनाव कम गर्दै रमाइलो गर्ने उद्देश्यले १९ अप्रिल २०२५ मा आयोजना गरिएको रमाइलो वनभोज कार्यक्रममा संकलित रकम मध्ये बचत भएको रकममा संस्थाका साथीहरुको स्वेच्छिक सहयोग र संस्थाको कोषबाट थप गरि नेपालमा विज्ञान, अनुसन्धान तथा आविष्कारको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आइरहेको संस्था राष्ट्रिय आविष्कार केन्द्रलाई रु एक लाख पचास हजार (रु १,५०,०००/-) रकम सहयोग गरेको छ । हाल विरगञ्ज कृषि औजार कारखानामा व्यस्त राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महाविर पुनलाई भेटेर सहयोग रकम सहित संस्थाले सम्मान पत्रद्वारा सम्मान गरेको हो । दक्षिण कोरियामा रहेका नेपालेहरु बिच आपसी सद्भाव कायम गर्दै आपसमा विविध सहयोग साथै नेपा...
तमू धीं कोरियाले आयोजना गर्ने बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा [कार्यतालिका सहित]

तमू धीं कोरियाले आयोजना गर्ने बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा [कार्यतालिका सहित]

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ : कोरिया स्थित गौरवमय जातीय संस्था तमू धींले यही जून महिनाको ७ र ८ तारिक आयोजना गर्ने दुई दिने स्योँ कैं तथा बृहत् बनभोज कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ । संस्थाले [경기도 가평군 청평면 대성리 570-2] मा सो कार्यक्रमको आयोजना गर्ने तय भएको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध तमू दाजुभाई तथा दिदीबहिनीहरु साथै नेपाली समुदाय विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको संस्थाकी अध्यक्ष रुपा गुरुङले जानकारी दिईन् । संस्थालाई थप चलायमान गराउनुका साथै मनोरम दृश्य अवलोकनसँगै विविध मनोरञ्जनात्मक कार्यक्रम सहित सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले कार्यक्रममा ब्यापक सहभागिता हुने विश्वास महासचिव वाईबी गुरुङले व्यक्त गरे । विविध आकर्षणहरु सहित तमू धीं दक्षिण कोरियाद्धारा आयोजना हुने उक्त स्योँ कैं तथा बृहत् ...
दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा इ जे म्यङ विजयी

दक्षिण कोरियाको नयाँ राष्ट्रपतिमा इ जे म्यङ विजयी

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा हिजो सम्पन्न राष्ट्रपतिय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार इ जे म्यङ विजयी भएका छन् । उनले कुल खसेको मतको ४९.४२% मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्दी पिपुल्स पावर पार्टीका किम मुन्सुले ४१.१६ % मत प्राप्त गरेका थिए । हिजो बिहान ६ बजेदेखी साँझ ८ बजेसम्म भएको मतदानमा ७९.४ प्रतिशत मत खसेको थियो । यसअघि २०२२ मा सम्पन्न निर्वाचनमा ७७.१ प्रतिशत मत खसेको थियो । जम्मा ४ करोड ४३ लाख ९१ हजार ८ सय ७१ मतदाता मध्य, ३ करोड ५२ लाख, ४० हजार ४ सय १६ मत खसेको थियो । विजयी राष्ट्रपति इजेम्यङले तत्कालै कार्यभार सम्हाल्ने छन् । सामान्य अवस्थामा भने २ महिनाको संक्रमण अवधी राखी निर्वाचित भएको २ महिनापछी मात्रै कार्यभार सम्हाल्ने प्रावधान थियो । निर्वाचनबाट इजेम्यङ राष्ट्रपति चुनिएपछी कोरियाभर भने उत्साह छाएको छ । यहाँका जनताहरुले लामो समयदेखीको कोरियाली राजनितिक तथ...
कोरियाली दुताबासले जुन ९ तारिखदेखि, भिषा /राहदानी लिने समय परिवर्तन गर्यो सुचना सहित

कोरियाली दुताबासले जुन ९ तारिखदेखि, भिषा /राहदानी लिने समय परिवर्तन गर्यो सुचना सहित

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल स्थित कोरियाली दुताबासले आउँदो जुन ९ तारिक देखि भिषा आवेदन दिएकाहरुले भिषा/ राहदानी लिने समय परिवर्तन गरेको छ। यस अगाडी भिषा/ राहदानी लिने समय दिउँसो २ बजेदेखि ४ बजेसम्म अर्थात १४:०० – १६:०० बजेसम्म रहेकोमा जुन ९ तारिखदेखि परिवर्तन भएर भिषा /राहदानी लिने समय दिउँसो २ बजेदेखि २:३० अर्थात १४:०० – १४:३० बजे परिवर्तन भएको छ। ※ यदि भिषा /राहदानी लिन आउने व्यक्तिहरू परिवर्तन भएको समयमा उपस्थित नभएर ढिलो आए भने, उनीहरूले अर्को दिनमा कार्यालय समयमा आउनुपर्नेछ भनेर सुचना जारी गरेको छ। दुतावासले जारी गरेको सुचना यस्तो छ।...
दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव : देशभर उच्च सुरक्षा, मतदान बिहान ६ बजेदेखि सुरू

दक्षिण कोरियामा आज राष्ट्रपति चुनाव : देशभर उच्च सुरक्षा, मतदान बिहान ६ बजेदेखि सुरू

Breaking News, जानकारी, भर्खरै, समाचार
ओमलाल ओली:दक्षिण कोरियामा आज राष्ट्रपतीय चुनाव शान्तिपूर्ण रूपमा सुरु भएको छ। बिहान ६:०० बजेदेखि नै देशभरका मतदान केन्द्रहरूमा मतदान प्रक्रिया अघि बढाइएको छ। यो चुनाव पूर्व राष्ट्रपति युन सुक-योलको पदच्युतिपछि नयाँ राष्ट्रपतिको चयनका लागि आयोजना गरिएको हो। निर्वाचन आयोगका अनुसार आजको मतदान साँझ ८:०० बजेसम्म जारी रहनेछ। देशभरका हजारौं मतदान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको छ, र मतदाता परिचयपत्र (जस्तै 주민등록증, 운전면허증, वा पासपोर्ट) सहित आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित हुनुपर्नेछ। निर्वाचन आयोगले अनुमान गरेको छ कि आज राति वा भोलि बिहानसम्म प्रारम्भिक नतिजा सार्वजनिक गरिनेछ। यद्यपि, यदि उम्मेदवारहरूबीचको प्रतिस्पर्धा निकै कडा देखिएमा अन्तिम नतिजा आउन केही समय लाग्न सक्ने बताइएको छ। देशका प्रमुख उम्मेदवारहरूले अन्तिम दिनसम्म जनमत प्रभावित पार्न प्रयास गरेकाले आम जनमानसमा उत्साह ब...
नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

नेपाली शैलीको माने स्थापनार्थ मोक्पोमा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको प्रख्यात सहर मोक्पोमा पनि  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको विभिन्न सहरमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार कार्यक्रम सहयोगार्थ मोक्पोमा रहेका तिन संस्था मोक्पो साम्हो साझा चौतारी, कियाचु छल्लादो साखा, छल्लादो मगर संघ दक्षिण कोरियाले संयुक्त रूपमा   यही जुन १ तारिख आइतबारका दिन दिउँसो १ बजे  मोक्पोको 전남 영암군 삼호읍 신항로 63-12 (हान्माउन 3 층, हुन्दाइ साम्हो) को  हलमा प्रदर्शन गर्ने भएको छ। चलचित्र प्रदर्शनबाट उठेको रकम  “बुद्ध वाज बर्न इन नेपाल” प्रचारप्रसार स्वरूप मोक्पो नजिकै रहेको छुक्सङ आम गुम्बामा नेपाली शैलीको माने स्थापना गरिने मगर संघ मोक्पो शाख...
जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

जुन १ मा बुसानमा उभौली साकेला मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले  सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै  यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला  मनाइने भएको छ।   “पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।   किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले ...
कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

कालीगण्डकी समाज कोरियाले आउँदो जून ७ र ८ तारिक रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्ने

Breaking News, जानकारी, भर्खरै, समाचार
बोम्जन गुरुङ:कोरिया स्थित कालीगण्डकी समाजले आउँदो जून महिनाको ७ र ८ तारिक दुई दिने "रमाईलो बनभोज तथा भेटघाट कार्यक्रम २०२५" आयोजना गर्ने भएको छ । संस्थाले मनोरञ्जनात्मक लोक दोहोरी, खेलकूद तथा सांस्कृतिक कार्यक्रम सहित [경기도 용인시 처인구 양지면 죽양대로 2071 번길 31 (용인힐링펜션] मा सो कार्यक्रमको आयोजना गर्ने तय गरेको हो । कोरियामा रहेर विभिन्न पेशा, व्यवसाय तथा रोजगारीको शिलशिलामा आबद्ध नेपाली दाजुभाई तथा दिदीबहिनीहरु विचको आत्मीयता र एकता अभिबृद्धि गर्ने अभिप्रायले उक्त बनभोज कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष कमल अधिकारीले जानकारी दिए । संस्थालाई थप चलायमान गराउनुका साथै वर्षेनी नियमित कार्यक्रमको रुपमा आयोजना गर्दै आईरहेको बनभोज कार्यक्रमलाई निरन्तरता दिँदै यसपटकको कार्यक्रम पनि मनोरम दृश्य अवलोकनसँगै सुविधा सम्पन्न बनभोज स्थल छनौट गरिएकोले ब्यापक सहभागिता हुने आयोजक समाजका संरक्षक राजेश पाण्डेय...