NRNA दक्षिण कोरियाले हाल सम्म कै सर्बाधिक धनराशिको फुटबल टुर्नामेन्ट जुन २९ मा कोरियाको इक्सान सहरमा सम्पन्न गर्ने भएको छ l
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहयोग रहेको प्रतियोगिताको प्रथम पुरस्कार ४५ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार २२ लाख वन , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र साथै सेमिफानलिस्ट टिम लाई ६ लाख ५० हजार वन र प्रमाणपत्र दिईने छ ।
साथै अन्य ७ बिधा बेष्ट प्लेयर , बेष्ट किपर , बेष्ट डिफेन्स , बेष्ट मिडफिल्डर , बेष्ट फरवार्ड , हाई स्कोरर र बेष्ट कोच लाई समेत पुरस्कृत गरिने छ ।
नकआउट चरणमा खेलाईने उक्त टुर्नामेन्टको लागि अन्तिम टिम दर्ता जुन २२ तारिख तोकिएको छ भने टिम दर्ता शुल्क ४ लाख वन रहेको छ ।
NRNA कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली फुटबल क्लब हरुलाई सहभागिताको लागि हार्दिक आव्हान गरेको छ ।
Post Views: 461









