विशाल आवाज: किरात राई यायोक्खा बुसान दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि यलेदोङ ५०८५ अर्थात् उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा झै यसपालि पनि जुन १ तारिख आइतबारका दिन ११ बजेदेखि बुसान को 삼락 공원 사상 मा उभौली साकेला मनाइने भएको छ।
“पहिचानको आन्दोलनमा एकता, भाषा, संस्कार र संस्कृतिको संरक्षण हाम्रो प्रतिबद्धता ” भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियाको बुसानमा पनि मनाउन लागिएको हो।
किराँत राई जातीहरुले बर्षमा उधौली र उभौली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै नभएर सीँगो नेपालको साँस्कृतिक विविधतालाई प्रतिनिधित्व गर्ने भएको हुँदा उक्त कार्यक्रममा कोरियामा रहेका सम्पूर्णलाई उपस्थिती भई दिनुहुन आयोजकले हार्दिक अनुरोध गरेका छन ।

कार्यक्रममा सर्वप्रथम प्रकृती/ सुम्निमा-पारुहाङ पूजा , विभिन्न साकेला सिली प्रदर्शन , सामुहिक साकेला नाँच साथै कार्यक्रममा किराँत राई जातीहरुको बिशेष आफ्नो मौलीक बिभिन्न परिकारहरुको पनि स्वाद लिन सकिनेछ ।









