Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

एमाले सचिव पद्मा अर्याल दक्षिण कोरिया आउँदै

एमाले सचिव पद्मा अर्याल दक्षिण कोरिया आउँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको अक्टोबर ६ मा हुने आठौं राष्ट्रिय अधिवेशन मा नेकपा एमालेकी सचिव पद्मा कुमारी अर्याल दक्षिण कोरिया आउने भएकी छिन्। पूर्वमन्त्री समेत रहेकी एमाले सचिव अर्यालसँगै  पूर्वी एशिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक पनि कोरिया आउने जनाइएको छ। समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान ‌ भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 종로 386 1 충 मा हुने नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च,दक्षिण कोरियाको आठौं राष्ट्रिय अधिवेशन मा नेताहरू  कोरिया आउने भएका हुन् । केही समय अगाडि प्रवासी नेपाली मञ्च दक्षिण कोरियाले आफ्नो संगठनको पूर्ण केन्द्रीय समिति बैठकमार्फत अक्टोबर ६ तारिख आइतबारका दिन राजधानी सौलमा सभ्य र भव्य रुपमा संगठनको अधिवेशन सम्...
“भोजपुर छुसक डान्स पार्टी २०२४” ‌स्थगित, यस्तो रहेछ कारण

“भोजपुर छुसक डान्स पार्टी २०२४” ‌स्थगित, यस्तो रहेछ कारण

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन महान चाड छुसकको अवसर पारेर आकस्मिक कोष संचालनार्थ  सेप्टेम्बर १५ तारिखका दिन सउलमा गर्ने भनिएको “भोजपुर छुसक डान्स पार्टी २०२४” स्थगित गरिएको छ। आयोजकले प्रेस विज्ञप्ति निकाल्दै  संस्थाको तर्फबाट पहिले नै कार्यक्रम स्थल (हल) को टुंगो लगाएर प्रचार प्रसार सामग्रीहरु समेत तयार गरिसकेको तर अन्तिम समयमा आएर हलवालाले हल उपलब्ध गराउन नसक्ने जानकारी गराएपछी बैकल्पिक ब्यबस्थाका लागि अनेक प्रयासहरु गरेको तथापि अन्तिममा पाएको हलमा पनि   एउटै मिति र समयमा सोही भवनको अर्को तलामा उस्तै प्रकृतिको कार्यक्रमका लागि अरुले नै  हल लिईसकेको जानकारी प्राप्त भइ कार्यक्रम स्थलहरु पाउन ज्यादै मुस्किल हुने भएकाले  प्रयासहरु सफल नभएको बताइएको छ।  यसैगरी विज्ञप्तिमा नेपालबाट निम्त्याईएका कलाकारहरुको लागि नेपाल स्थित कोरियाली दुतावासमा प्रवेषाज्ञा आवेदन ...
नेपाली कोरियन मैत्रीपुर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

नेपाली कोरियन मैत्रीपुर्ण फुटसल प्रतियोगिता तथा छुसक कार्यक्रम सम्पन्न

Breaking News, जानकारी, भर्खरै
हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा काठमाडौं तार्केश्वर मा कोरिया रिटर्नी नेपाली हरु र नेपालमै बसोबास गर्नुहुने कोरियनहरू बिच छुसक सेलिब्रेसन २०२४ मैत्रीपूर्ण फुट्सल प्रतियोगिता सम्पन्न भएको छ। हानुल टुर एण्ड ट्राभलको दोश्रो बार्षिकोत्सवको उपलक्ष्यमा कोरिया गई फर्किनुभएका कोरिया रिटर्नी साथीहरू र नेपालमै बसोबास गर्नुहुने कोरियनहरूको बीचमा आउदै गरेको कोरियन महान चाड(पर्व) छुसकको अवसरमा काठमाडौं तार्केश्वर स्थित “PRARAMVA WORLD SCHOOL & COLLAGE” मा मैत्रीपूर्ण फुट्सल प्रतियोगिता,सुमधुर भेटघाट कार्यक्रम, लक्कि-ड्र मार्फत् उपहार प्रदान सँगसँगै कोरियन-नेपाली विभिन्न परिकारको खाना सहित एकआपसमा शुभकामना आदानप्रदानको कार्यक्रम सम्पन्न भएको हो।   कार्यक्रममा नेपालमा बिभिन्न पेशा र ब्यबसायमा लामो समय देखि बसोबास गर्दै आउनु भएका कोरियन नागरिकहरू र कोरियाब...
एनआरएनए दक्षिण कोरियाको भोलि हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

एनआरएनए दक्षिण कोरियाको भोलि हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा

Breaking News, जानकारी, भर्खरै
एनआरएनए दक्षिण कोरियाले सौलमा भोलि अर्थात् सेप्टेम्बर ८ तारिख हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) नवौं कार्यसमितिले सेप्टेम्बर ०८ तारिख आइतबार का दिन  서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor मा  दिउसो ठिक १२:०० बजे NRNA दक्षिण कोरियाको वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो। एनआरएनए दक्षिण कोरियाको वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थासंग आबद्द रहनु भएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारी, कोरियावासी पंजीकृत सदस्य  तथा अधिवेशन प्रतिनिधिहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।   ...
Fonemoney पैसा डबलको छैठौं विजेता चयन

Fonemoney पैसा डबलको छैठौं विजेता चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
Fonemoney को “Fonemoney साथमा, 1 Crore हातमा” योजना अन्तर्गत कोरियाबाट पैसा पठाउँदा हरेक हप्ता पैसा डबल अफरका छैठौं विजेता चयन भएका छ । सोमबार कम्पनीको डिजिटल लक्की ड्र मार्फत धर्मराज गौतम बिजेता चयन भएका हुन। यस अघि पहिलो हप्ता सुजन स्याङ्बो, दोश्रो हप्ता राम बहादुर दिमदुङ,तेश्रो हप्ता अर्जुन खड्का विजयी भएका थिए । त्यसपछि चौथो सातामा पवन खरेल र पाचौ सातामा राजभाई लामा र यो सोमबार छैठौ साताको विजेतामा गौतम चयन भएका हुन्। यो सोमबारबाट आईतबार सम्म पैसा पठाउनेमध्येबाट आगामी सोमबार सातौं विजेता चयन हुनेछ । Fonemoney ले हरेक हप्ताको सोमबार कोरियाबाट पैसा पठाउने मध्येबाट ईलेक्ट्रोनिक लक्की ड्र मार्फत् एक जना विजेता चयन गर्दै आएको छ। कोरियाबाट Fonemoney मार्फत बैंक खाता, नगद वा eSewa Wallet मा पैसा पठाउँदा यो योजनामा सहभागि हुन सकिने छ। “Fonemoney साथमा, 1 Crore हातमा” य...
सेप्टेम्बर २२ मा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ हुदै

सेप्टेम्बर २२ मा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ हुदै

Breaking News, जानकारी, भर्खरै
छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण  कोरियाको आयोजनामा  सेप्टेम्बर २२ तारिकका दिन छन्जु बोङदोङमा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ आयोजना हुने भएको छ। "प्रदेशमा सबैबीच आपसी सद्भाव सम्मान र एकता" भन्ने नाराका साथ स्थापित छन्जु (वान्जुगुन) नेपाली समाज दक्षिण  कोरियाले सेप्टेम्बर २२ तारिखका आइतबारका दिन 전복 완주군 영진읍 완주로 860 완주 국민체육센터 को दोस्रो तल्लामा प्रथम छन्जु (वान्जुगुन) भलिबल कप २०२४ खेलाइने भएको हो । प्रतियोगितामा सहभागी हुनका लागि सेप्टेम्बर १४ तारिख शनिबार साँझ ५ बजेसम्म RIJAL TANK को Ibk bank मा रहेको खाता नम्बर 58203981201015 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने छ भने प्रतियोगिताको खेल टाई सिट सेप्टेम्बर १५ तारिख आइतबार साँझ ४ बजे सार्वजनिक गर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्र...
“हिमालयन सांगीतिक धमाका” को पोस्टर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी निःशुल्क E-7 भिसा बनाउन पाउने

“हिमालयन सांगीतिक धमाका” को पोस्टर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरी निःशुल्क E-7 भिसा बनाउन पाउने

Breaking News, जानकारी, भर्खरै
 ‘हिमालयन साङ्गीतिक धमाका–२०२४’ कार्यक्रमको पोस्टर, भिडियो फेसबुक र टिकटकमा पोस्ट गरी जसले धेरै भ्युज ल्याउन सफल हुन्छ उसलाई  E-7 भिसाको सबै प्रक्रिया पूरा गरिदिने र E-7 भिसा बनाइदिने भएको छ।  कोरियन चाड छुसकको अवसरमा शेर्पा सङ्घ दक्षिण कोरियाले निमा रुम्बा लगायत समीक्षा अधिकारीको साथमा  सेप्टेम्बर १७ तारिख सउलमा आयोजना गर्न लागेको कार्यक्रमको पोस्टर र भिडियो फेसबुक र टिकटकमा पोस्ट गरी सबैभन्दा भ्युज आउने मध्य एकजनालाई लक्की ड्र मार्फत Uijeongbu Migrant workers center (TDNK office) बाट E-7 भिसाको सबै प्रक्रिया पूरा गरिदिने र E-7 भिसा बनाइदिने भएको हो। “विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ” दक्षिण कोरियामा सक्रिय शेर्पा सङ्घ ले  छुसकको दोस्रो दिन सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन सउलमा रहेको 서울시 종로구 대학로 3 길 29,지하철 1호선 종로 5가역 2 번출구  बाट २५० मिटर अगाडि ह...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले छुसकमा भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले छुसकमा भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्ने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा सक्रिय संस्था सिन्धुपाल्चोक समाजले सेप्टेम्बर १५ तारिख सउलमा भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गर्ने भएको छ।  “आपसी सहयोग, सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलनको आधार” भन्ने मूल नाराका साथ सन् २०१४ मा स्थापित सिन्धुपाल्चोक समाज दक्षिण कोरियाले यही आउँदो सेप्टेम्बर १५ तारिख आइतबारका दिन साँझ ६ बजेदेखि सउलको होंदे स्थित यति रेस्टुरेन्टमा (서울 마포구 와우산으로 18길 20 홍대예티) मा डिनर सहितको भेटघाट तथा परिचयात्मक कार्यक्रम गर्नेभएको हो। कोरियन महान् चाड छुसकको अवसरमा सिन्धुपाल्चोक घर भई विभिन्न सिलसिलामा दक्षिण कोरियामा रहनुभएको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई एक अर्कासँग परिचित हुने र परिचित गराउने उद्देश्यका साथ भेटघाट तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष राजु लामाले बताउनुभएको छ । सिन्धुपाल्चोक समाज दक्षिण क...
सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात” बारे टिकटक बनाइ विभिन्न पुरस्कार जित्न सकिने

सेप्टेम्बर १६ मा हुने “रारा सांगीतिक सौगात” बारे टिकटक बनाइ विभिन्न पुरस्कार जित्न सकिने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज:कर्णाली प्रदेश दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १६ मा हुने  “रारा सांगीतिक सौगात भाग १” बारे टिकटक बनाइ पुरस्कार जित्न सकिने गरी आयोजकले टिकटक इभेन्ट सार्वजनिक गरेको छ।  कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने  उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा  सेप्टेम्बर १६ तारिखका दिन सउलमा बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ।  सोहि कार्यक्रमको व्यापक रूपमा प्रचारप्रसार गर्ने उद्देश्यले सेप्टेम्बर १ तारिख बिहान ६ बजेदेखि सेप्टेम्बर १३ तारिख राति १२ बजे १३ दिन सम्म सञ्चालन हुनेगरी टिकटक इभेन्ट खुलाइएको आयोजकले बताएका छन्। नेपालको ख्याति प्राप्त लोकप्रिय गायक प्रमोद खरेल,...
व्यवस्था परिवर्तनका लागि लडेका प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्छ : मोदी

व्यवस्था परिवर्तनका लागि लडेका प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्छ : मोदी

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पुष्पकमल दाहाल प्रचण्डलाई नोवेल पुरस्कार दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभामा धारणा राख्दै उनले व्यवस्था परिवर्तनमा लागि भएको जनयुद्धको कमाण्ड गर्नुका साथै पछि शान्तिका लागि अथक प्रयास गरेकाले नोवेल पुरस्कार दिनुपर्ने बताएका हुन्।  ­‘जनयुद्ध गरेको पार्टीको कमाण्डर प्रचण्ड जो लोकतन्त्र, नागरिकको पक्षमा समावेशीताका लागि लड्नुभयो’, उनले भने, ‘त्यसकारण उहाँलाई जनक भनिनुपर्छ। र उहाँलाई नोवेल पुरस्कारको व्यवस्था गर्नुपर्छ।’   सत्ता समीकरण परिवर्तनपछि माओवादीप्रति आक्रामक देखिएको एमालेले जनयुद्धलाई हिंसा भन्दै आएको सन्दर्भमा उनले त्यस्तो बताएका हुन्। माओवादीले  विगतमा भएका विभिन्न आन्दोलनको कुनै न कुनै रुपमा अहम् भूमिका रहेको र त्यसलाई आफूहरूले क्रान्ति बुझ्ने गरेको बताए।   ...