
एनआरएनए दक्षिण कोरियाले सौलमा भोलि अर्थात् सेप्टेम्बर ८ तारिख हुने वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ।
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) नवौं कार्यसमितिले सेप्टेम्बर ०८ तारिख आइतबार का दिन 서울 종로구 창신길 51, 종로중앙새마을금고, 5th Floor मा दिउसो ठिक १२:०० बजे NRNA दक्षिण कोरियाको वार्षिक साधारण सभा आयोजना गर्ने भएको हो।
एनआरएनए दक्षिण कोरियाको वार्षिक साधारण सभा कार्यक्रममा उपस्थित भईदिनु हुन संस्थासंग आबद्द रहनु भएका सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, पुर्व पदाधिकारी, कोरियावासी पंजीकृत सदस्य तथा अधिवेशन प्रतिनिधिहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।





Post Views: 281








