Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

कोरियाले जेल हाल्यो, कोरियन भाषाले जिन्दगी बदल्यो-प्रेम गुरूङ

कोरियाले जेल हाल्यो, कोरियन भाषाले जिन्दगी बदल्यो-प्रेम गुरूङ

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
सन्जिव वगाले/सेतोपाटि ग्लोबल नेपाली बाट साभार उनी बिहान पाँच बजे बागबजार पुग्छन्। साढे पाँच बजे कोरियन भाषा पढाउन सुरू गर्छन्। झन्डै अपराह्न दुई बजेसम्म पढाउनमै व्यस्त रहन्छन्। सन् २०१० देखि उनको यही दिनचर्या चलेको छ। उनी हुन् प्रेम गुरूङ। बागबजारमा उनले 'सिन्ह्वा कोरियन ल्यांग्वेज' चलाएका छन् जहाँ हाल २५ जनाले रोजगारी पाएका छन्। कोरियन भाषा कक्षासँगै उनले कोरियन स्वादको रेस्टुरेन्ट, चिया पसल र अर्को एउटा रेस्टुरेन्ट पनि चलाएका छन्। कुनै व्यवसायमा उनी एक्लै छन् त कुनैमा साझेदार। प्रेम यी सबै व्यवसायको भर्‍याङ चढ्ने खुड्किलो कोरियन भाषा नै हो। उनलाई कुनै समय कोरियन अध्यागमन विभागले गिरफ्तार गरेर १४ दिन जेलमा राखेर डिपोर्ट गरिदिएको थियो। त्यही घटना उनको जिन्दगी बदल्ने घुम्ती बनिदियो। सिन्ह्वा कोरियन ल्यांग्वेज चलाउनुअघि उनी करिब दुई वर्ष कानुनी र १७ वर्ष गैरकानुनी गरी १९ वर्ष दक...
कोरियाको संवैधानिक इतिहासमै पहिलो पटक राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी

कोरियाको संवैधानिक इतिहासमै पहिलो पटक राष्ट्रपतिलाई पक्राउ पुर्जी जारी

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाका राष्ट्रपति 윤석열 (युन सक योल) विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ, जुन संवैधानिक इतिहासमै पहिलो पटक हो। लोकतन्त्रको अभ्यास देशको परिवेश अनुसार फरक तरिकाले गरिन्छ, र दक्षिण कोरियाको अभ्यास विशेष भएको प्रमाण हो यो। अपराध अनुसन्धान मुख्यालयका उच्च पदस्थ अधिकारीहरू द्वारा राष्ट्रपति युन सक योल विरुद्ध माग गरिएको उक्त पक्राउ पुर्जी अदालतबाट जारी गरिएको थियो । यसमा मुख्य कारण राज्य द्रोह गरेको र अधिकारको चरम दुरुपयोग गरेको आरोपहरू लगाइएको छ। अब तोकिएको मितिमा राष्ट्रपति युन सक योलको निवासमा गएर पक्राउ गर्ने प्रयास हुनेछ। तर यो आदेशलाई सैन्य गोपनीयताका कारण र अपराध संहितामा तोकिएका मापदण्डका कारण सुरक्षा टोलीले पक्राउ पुर्जी कार्यान्वयन अस्वीकार गर्न सक्छ। यस्तो अवस्था आयो भने पक्राउ पुर्जी कार्यान्वयनको प्रयास गर्ने अनुसन्धान निकाय र सुरक्षा निकाय बीच टकराबको सम्भावना पनि...
स्याङ्जा भिरकोट आठथर तमू समाजद्धारा कोरियामा हर्षोल्लासका साथ ल्होसार सम्पन्न

स्याङ्जा भिरकोट आठथर तमू समाजद्धारा कोरियामा हर्षोल्लासका साथ ल्होसार सम्पन्न

Breaking News, जानकारी, भर्खरै
बोम्जन गुरुङ:स्याङ्जा भिरकोट आठथर तमू समाज दक्षिण कोरियाले यही डिसेम्बर २८ तारिक शनिवार सउल दोङ्देमुन स्थित नेपाली थाई रेष्टुरेन्टको हलमा तमू (गुरुङ) समुदायको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार भव्य रुपले मनाएको छ । तमू समुदायको वर्ग चक्र अनुसार मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई विदाई र सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गर्दै रात्रीभोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम सहित सो ल्होसार मनाएको हो । सोही समाजका संस्थापक अध्यक्ष तथा संरक्षक परिषद् प्रमुख नर कुमार गुरुङको प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा विशेष अतिथिहरुमा समाजका परिकल्पनाकार एवं तमू धीं दक्षिण कोरियाका पूर्वाध्यक्ष लेसन गुरुङ, समाज घर व्यवस्थापक तथा तमू धींका महासचिव वाईबि गुरुङ, समाजका निवर्तमान अध्यक्ष विजय गुरुङ, स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष सुशील गुरुङ र सोही संस्थाका पूर्वाध्यक्ष युवराज गुरुङ, स...
प्रथम स्याङ्जा पुरुष डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न

प्रथम स्याङ्जा पुरुष डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
दक्षिण कोरियामा स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्नदक्षिण कोरियाको स्याङ्जा परिवारद्वारा आयोजित प्रथम स्याङ्जा डबल ब्याडमिन्टन कप २०२४ भव्य रूपमा सम्पन्न भएको छ। "शिक्षाको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद" भन्ने मूल नाराका साथ डिसेम्बर २९, आइतबारका दिन नेपाल ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको सहजिकरणमा यस प्रतियोगिता सम्पन्न गरिएको हो।कार्यक्रमको मुख्य उद्देश्य दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच ब्याडमिन्टन खेलको प्रवर्द्धन गर्नु, खेलकुदमार्फत आपसी सद्भाव र भाइचारा सुदृढ बनाउनु, र गृह जिल्ला स्याङ्जाको शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउन अक्षय कोष स्थापनाका लागि कोष संकलन गर्नु रहेको थियो।प्रतियोगिताको मुख्य आकर्षण:यस प्रतियोगितामा कुल ४७ टिमको सहभागिता रहेको थियो। प्रतियोगिताले नेपाली खेलकुद क्षेत्रमा लुकेका प्रतिभाहरूलाई उजागर ...
कोरियाको दक्षिणपश्चिमी तटमा ८३ टनको जहाज पल्टियो; २ जनाको उद्धार, ५ जना बेपत्ता

कोरियाको दक्षिणपश्चिमी तटमा ८३ टनको जहाज पल्टियो; २ जनाको उद्धार, ५ जना बेपत्ता

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, भर्खरै
दक्षिण छुङ्नाम प्रान्तको पश्चिम सागरमा सात जना मानिस बोकेको जहाज पल्टिएको अनुमान गरिएको छ, दुई जनाको उद्धार गरिएको छ भने पाँच जना बेपत्ता छन्। ताईन कोस्ट गार्ड र चुङनाम फायर डिपार्टमेन्टका अनुसार, साँझ ६:२६ बजे एउटा ८३ टनको जहाज सियोलको लगभग 100 किलोमिटर दक्षिणपश्चिममा गोपा टापु, पाल्बोङ-म्योन, सिओसान-सी, चुङचेओङनाम-डो नजिकै समुद्रमा पल्टिएको थियो। जहाजमा सात जना (अनुमानित) सवार रहेको बताइएको छ । दुर्घटनापछि पल्टिएको जहाजमा सवार दुईजनाको उद्धार गरिएको तर हाल पाँच जना बेपत्ता रहेको कोस्ट गार्डले जनाएको छ । उद्धार गरिएका व्यक्तिले लाइफ ज्याकेट लगाएका थिएनन् । कोस्ट गार्ड र दमकल अधिकारीहरूले दुर्घटना क्षेत्र नजिकैको समुद्रमा खोजी गर्न गस्ती जहाजहरू, विमानहरू र उद्धारकर्मीहरू परिचालन गरिरहेका छन्। तर, उच्च ज्वारभाटाका कारण दुर्घटना नजिकैको क्षेत्रमा खोजी कार्यमा कठिनाइ भइरहेको छ । पल...
कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा संघसंस्थाहरू च्याउसरी स्थापना भएका छन्। भौगोलिक, क्षेत्रीय, जातीय , राजनीतिक, धार्मिक, साहित्यिक, खेलकुद लगायतका नाममा नेपालमै जसरी दक्षिण कोरियामा पनि संघ संस्थाहरू स्थापना हुनेक्रम बढ्दो छ। विभिन्न नारा लिएर स्थापना भएका यी सङ्घसंस्थाको अधिवेशन हेर्ने हो भने चाही मुख्यमुख्य पदाधिकारी रहने पदका लागि हानाथाप हुने तर अन्य पदमा भने खासै कसैको चासो नहुने देखिँदै आएको छ। पछिल्लो घटनाक्रम मात्र हेर्ने हो भने पनि बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनमा अध्यक्ष पदका प्रत्याशी चार जना हुँदा समेत वरिष्ठ उपाध्यक्ष,महासचिव लगायतका केहि जिल्ला संयोजकहरू को पदका लागि भने कुनै पनि उम्मेदवारी पर्न सकेन। अध्यक्षका प्रत्याशी ४ जनामध्ये एकजना अध्यक्ष र अन्य तीनजनालाई वरिष्ठ उपाध्यक्ष र महासचिवको पदका लागी आह्वान गर्दा समेत सबैले आनाकानी गरेको पाइयो। अ...
दक्षिण  कोरिया पठाइदिन्छु भनी ठगेर भाग्ने मान्छे पक्राउ

दक्षिण कोरिया पठाइदिन्छु भनी ठगेर भाग्ने मान्छे पक्राउ

Breaking News, जानकारी, भर्खरै
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा रूपन्देही सैनामैना नगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-२६ ठमेल बस्ने २९ वर्षीय ओम प्रकाश चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ। ओम प्रकाशले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट १६ लाख ९२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।...
कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
  हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ । वित्तीय अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाका पीडितहरूको सुरक्षाका लागि बीमाको क्षतिपूर्ति सीमा एक अर्ब डलर नेपाली रुपैयाँ एक खर्ब ३५ अर्ब (करिब १.४७२ ट्रिलियन वोन) तोकिएको बताएका छन् । सो बाहेक जहाजको मूल्य समेतको आधारमा एक खर्ब ३९ अर्ब भन्दा बढि नेपाली रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि दुर्घटनामा निधन भएका पीडित यात्रुका आफन्तहरुको एक्चुरी भ्यालुएशन गराउनु परेमा थप अर्बौ रुपैयाँ बढ्नेछ । कोरियाको चर्चित आर्थिक मिडिया मेल बिजनेस न्यूजपे...
भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज कोरियाको नयाँ कार्यसमिति गठन

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
महेश भट्टको नेतृत्वमा सुदूरपश्चिम् समाज दक्षिण कोरियाको कोरियाको नयाँ कार्यसमिति गठन भएको छ। आइतबार भएको समाजको अठारौं साधारणसभा एवं अधिवेशन मार्फत भट्टको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति गठन भएको हो। कोरियाको राजधानी सौलमा बिहान ११ बजेदेखि कार्यसमितिको १८औ अधिवेशन भएको थियो। अधिवेशनले भट्टलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दा वरिष्ठ उपाध्यक्षमा गणेश खड्का, उपाध्यक्षद्वयमा डम्बर न्यौपाने, प्रकाश कार्की र रमेश भट्ट, महासचिवमा नवराज तिमिल्सिना, सचीवद्वयमा तिर्थराज पनेरू र कमल बिष्ट कोषाध्यक्षमा झलक बिष्ट, सह-कोषाध्यक्षमा मनोज बोहरा निर्वाचित भएका छन्। जिल्ला संयोजकहरुमा बझाङका लागि भोजराज भट्ट, दार्चुलाका लागि ललित लोथ्याल र बाजुराका लागि जिवित सुनार रहेका छन्।सस्थामा एकदमै सकृय निबर्तमान उपाध्यक्ष बिकास बोहोराले बरिष्ठ  उपाध्यक्षमा उम्मेद्बारी  दिएतापनी सुपको कार्यसमितिमा भने पर्न सकेनन...
दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति

दक्षिण कोरियामा १४ दिनमा ३ राष्ट्रपति

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दक्षिण कोरियाको संसदमा शुक्रबार प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्ध विपक्षी दलले संसदमा दर्ता गरेको महाअभियोग प्रस्ताव पारित भएको छ । योसँगै उनी पनि पदमुक्त हुने भएका छन् । यसलाई कार्यवाहक राष्ट्रपति भएको बेला महाअभियोग सामना गर्नुपरेको पहिलो घटना भनिएको छ । तीब्र राजनीतिक उथलपुथलले दक्षिण कोरियाले दुई सातामा तीन राष्ट्रपति पाएको छ । गत मंसिर २९ गते राष्ट्रपति यून सुक योलविरुद्ध महाअभियोग प्रस्ताव पारित भएसँगै डक-सू कार्यवाहक राष्ट्रपति बनेका थिए । महाअभियोगको पक्षमा १९२ मत परेको थियो जुन आवश्यकभन्दा ५१ मत बढी थियो। महाअभियोग प्रस्तावमाथि मतदान हुँदा संसदमा ठूलो हंगामा भएको थियो। सत्ता पक्ष र विपक्षको बीचमा धकेलाधकेलको अवस्था बनेको थियो । सत्तापक्षले मतदान बहिस्कार गरेसँगै कार्यवाहक राष्ट्रपतिविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा कुनै मत परेन । अ...