Advertisement
Advertisement

कोरियाको सङ्घसंस्थाको अधिवेशन: भाइटल पदमा हानाथाप, अन्य पदमा हाहाकार

Advertisement
Advertisement

विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा संघसंस्थाहरू च्याउसरी स्थापना भएका छन्। भौगोलिक, क्षेत्रीय, जातीय , राजनीतिक, धार्मिक, साहित्यिक, खेलकुद लगायतका नाममा नेपालमै जसरी दक्षिण कोरियामा पनि संघ संस्थाहरू स्थापना हुनेक्रम बढ्दो छ। विभिन्न नारा लिएर स्थापना भएका यी सङ्घसंस्थाको अधिवेशन हेर्ने हो भने चाही मुख्यमुख्य पदाधिकारी रहने पदका लागि हानाथाप हुने तर अन्य पदमा भने खासै कसैको चासो नहुने देखिँदै आएको छ।

पछिल्लो घटनाक्रम मात्र हेर्ने हो भने पनि बागमती प्रदेश एकता समाज दक्षिण कोरियाको चौथो अधिवेशनमा अध्यक्ष पदका प्रत्याशी चार जना हुँदा समेत वरिष्ठ उपाध्यक्ष,महासचिव लगायतका केहि जिल्ला संयोजकहरू को पदका लागि भने कुनै पनि उम्मेदवारी पर्न सकेन। अध्यक्षका प्रत्याशी ४ जनामध्ये एकजना अध्यक्ष र अन्य तीनजनालाई वरिष्ठ उपाध्यक्ष र महासचिवको पदका लागी आह्वान गर्दा समेत सबैले आनाकानी गरेको पाइयो। अन्त्यमा बाध्यताबस कार्यक्रममै उपस्थित नभएको व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद सिफारिस गरिएको थियो। यसैगरी अध्यक्ष पदका प्रत्याशी एकजना लाई महासचिव पद र तीन जिल्लाको मात्र संयोजक तोकी अन्य सात जिल्लाको संयोजकहरू पछि तोकिने गरी अधिवेशन सम्पन्न गरिएको थियो।

बागमती प्रदेश एकता समाजको मात्र नभई हिजो नै सम्पन्न भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाको पनि हालत लगभग उस्ता उस्तै देखिन पुग्यो। अध्यक्ष पदका लागि ५ जना , वरिष्ठ उपाध्यक्षमा दुईजना, महासचिवमा २ जना, कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी पर्दा, ६ जिल्लाको भने जिल्ला संयोजकनै टुङ्गो नलगाई १८ औँ अधिवेशन सम्पन्न गरेको थियो। कोरियामा सिङ्गो सुदूरपश्चिमको प्रतिनिधित्व गर्ने सुप समाज अहिले आएर २०/२२ जना कार्यसमिति पूरा गर्नका लागि पनि उम्मेदवारको अभाव देखिएको छ। विभिन्न सिलसिलामा दक्षिण कोरियामा हाल करिब २५००/३००० जना आसपासमा रहेका सुप बासिहरु ९ वटा जिल्लाको संयुक्त संस्था भएर पनि कार्यसमिति पूर्णताको अभाव हुनु सोचनीय विषय भएको छ।यी त पछिल्लो केही प्रतिनिधि उदाहरणहरू मात्र हुन् प्राय सङ्घसंस्थाको अधिवेशनहरूमा यस्तो घटनाक्रमहरू सबैमा देख्न पाइन्छ।


यसरी हेर्दा पदाधिकारी मा बस्दा आफू सक्रिय हुन सकिने र ठाउँठाउँमा मानिसहरूले चिन्ने हुँदा भाइटल पदमै बस्न हानाथाप हुने र अन्य पदमा बस्दा आफू निष्क्रिय रहने र आफ्नो पद नामको लागि मात्र पद रहने जस्तो सोचि त्यो पदमा आकर्षण नभएको देखिन्छ। यति मात्र नभएर एक व्यक्ति एउटा मात्र संस्थामा नभई विभिन्न संस्थामा आबद्ध भएको हुँदा प्राय सबै संघसंस्थामा पदाधिकारीमै बस्न रुचि गरेको पाइन्छ।


विशाल आवाज लाइ प्राप्त भएको पछिल्लो तथ्याङ्क हेर्ने हो भने एनआरएनए दक्षिण कोरिया, नेपाली सम्पर्क समिति गणतन्त्र कोरिया साथै कोरियामा विभिन्न जिल्लागत संघसंस्थाहरू ५० भन्दा धेरै , दक्षिण कोरियाकै भूगोलको आधारमा बनाएका विभिन्न १० भन्दा धेरै (जस्तै:नोनसान समाज,इक्सान समाज,मोक्पो साम्हो,ख्यङ्गि ख्वाङ्गजु) संघसंस्था,यसैगरी जातीय तथा धार्मिक संस्थाहरू १५भन्दा धेरै, प्रदेश स्तरीय मा प्रदेश नम्बर २ अर्थात् मधेस प्रदेशबाहेक ६ वटा संस्थाहरू, क्षेत्रीय सङ्घसंस्थामा राप्ती समाज, तराई मधेश समाज ,हामी नेपाली दक्षिण कोरिया गरि ३ वटा , राजनैतिक दलका ८ वटा सङ्घसंस्थाहरू, साहित्यिकतर्फ विभिन्न ५ वटा भन्दा धेरै संघसंस्थाहरू, खेलकुदका विभिन्न सङ्घसंस्था लगायत नेपाली विद्यार्थी सङ्घ, वुमन फर वुमन, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनजाति पत्रकार महासङ्घ, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान कोरिया लगायतका विभिन्न संघसंस्थाहरू छन्।


प्रदेशमा रहँदा विभिन्न आइपर्ने समस्याहरू मिलेर समाधान गर्न र प्रवासको जीवनलाई पनि सहज रुपमा बिताउनका लागि यस्ता संघसंस्थाहरूको परिकल्पना गरी स्थापना गरेका हुन्छन्। क्षेत्रीय लगायत जिल्लाका सङ्घसंस्थाहरूले आफ्नो जिल्लावासीहरूसँग नजिकको सम्बन्ध बनाउन मद्दत पुगेको छ भने राजनीतिक लगायत साहित्यिक विभिन्न संघसंस्थाहरुको मद्धत वाट आफ्नो विचार ,अभिरुचि मिल्ने व्यक्तिहरूसँग को सम्बन्ध नजिक बनाउँदै आएको छ। यति मात्र नभएर प्रदेशमा रहँदा विभिन्न भैपरि समस्याहरु आउँदा आफू आबद्ध वा आफू नजिक भएका संघसंस्थाहरुले विभिन्न अभियानहरु गरी सहयोग गर्ने हुँदा संस्थाले सहज पुर्‍याउँदै आएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
3
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...

How Strict Is Betmica Verification Really?

ContentsWhy the Betmica Verification Process ExistsA Step-by-Step Walkthrough of the Betmica KYC ProcedureRequired Documents: What...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×