Advertisement
Advertisement

कोरियाले जेल हाल्यो, कोरियन भाषाले जिन्दगी बदल्यो-प्रेम गुरूङ

Advertisement
Advertisement

सन्जिव वगाले/सेतोपाटि ग्लोबल नेपाली बाट साभार

उनी बिहान पाँच बजे बागबजार पुग्छन्। साढे पाँच बजे कोरियन भाषा पढाउन सुरू गर्छन्। झन्डै अपराह्न दुई बजेसम्म पढाउनमै व्यस्त रहन्छन्। सन् २०१० देखि उनको यही दिनचर्या चलेको छ। उनी हुन् प्रेम गुरूङ।

बागबजारमा उनले ‘सिन्ह्वा कोरियन ल्यांग्वेज’ चलाएका छन् जहाँ हाल २५ जनाले रोजगारी पाएका छन्। कोरियन भाषा कक्षासँगै उनले कोरियन स्वादको रेस्टुरेन्ट, चिया पसल र अर्को एउटा रेस्टुरेन्ट पनि चलाएका छन्। कुनै व्यवसायमा उनी एक्लै छन् त कुनैमा साझेदार।

प्रेम यी सबै व्यवसायको भर्‍याङ चढ्ने खुड्किलो कोरियन भाषा नै हो।

उनलाई कुनै समय कोरियन अध्यागमन विभागले गिरफ्तार गरेर १४ दिन जेलमा राखेर डिपोर्ट गरिदिएको थियो। त्यही घटना उनको जिन्दगी बदल्ने घुम्ती बनिदियो।

सिन्ह्वा कोरियन ल्यांग्वेज चलाउनुअघि उनी करिब दुई वर्ष कानुनी र १७ वर्ष गैरकानुनी गरी १९ वर्ष दक्षिण कोरिया बसे।

‘खासमा म हङकङको लाहुरे हुन चाहन्थेँ। त्यसमा सफल नभएपछि भारतीय सेनामा जाने प्रयास गरेँ,’ प्रेमले भने, ‘त्यसमा पनि असफल भएपछि साउदी अरबको बाटो रोजेँ।’

साउदी अरब जान भनेर उनी सन् १९९१ मा (२०४८ साल) ताप्लेजङबाट काठमाडौं आए। कक्षा १० को अन्तिम परीक्षा एसएलसी उत्तीर्ण गरे पनि कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न पाएका थिएनन्।

मासिक सात हजार रूपैयाँ पाउने रोजागारीका लागि एउटा मेनपावर कम्पनीलाई १५ हजार रूपैयाँ बुझाएर साउदी अरब जान तयार भए। ठीक त्यही समय ताप्लेजुङकै डण्डु नामका एक जना साथीको सल्लाहमा कोरिया जाने कुरा भयो। त्यो बेला कोरिया जान ७५ हजार रूपैयाँ लाग्थ्यो।

बुबाले जग्गा धितो राखेर साहुसँग ऋण लिए। त्यही पैसा बुझाएर प्रेम १५ दिनको भिसामा कोरिया पुगे। प्रेम एक्ला थिएनन्। डण्डु र अर्का एक जनासहित तीन जना थिए। एक जना विमानस्थलबाटै डिपोर्ट भए।

‘एक जनालाई फिर्ता पठायो। म र डण्डु उतै (कोरियामै) बस्यौं। त्यहाँ, भाषा, संस्कृति, खाना र अरू धेरै कुराको समस्या भयो,’ उनले भने, ‘तर घरायसी समस्याले गर्दा म कोरिया बस्नै पर्ने थियो।’

उनकी आमा रोगी थिइन्। उनी पैसा कमाएर आमाको उपचार गराउन चाहन्थे तर उनको इच्छा पूरा भएन। उनी कोरियामा भएकै बेला सन् २००७ मा आमाको मृत्यु भयो।

घटना सम्झिँदै उनले भने, ‘आमा बित्नुभयो तर म आउन पाइनँ। अहिले पनि मलाई त्यो घटनाले पिरोलिरहन्छ।’

दिन बित्दै गयो। कोरियामा उनको गैरकानुनी बसाइ लम्बिँदै थियो। बीचमा करिब दुई वर्ष कानुनी तरिकाले बस्न सम्भव भयो तर फेरि गैरकानुनी भयो।

बसाइ गैरकानुनी नै भए पनि उनी सन् २००३ देखि कोरियामा नेपाली संस्कृति चिनाउने र प्रवर्द्धन गर्ने खालका सामाजिक काममा सक्रिय भए। समय ठीकै बित्दै थियो। सन् २०१० मा उनको गैरकानुनी बसाइबारे कुनै नेपालीले नै उजुरी गरिदियो। उनी पक्राउ परे। त्यहाँको अध्यागमन विभागले १४ दिन जेल राखेर नेपाल फर्काइदियो।

नेपाल आएपछि पनि उनलाई विदेशको रनाहाले छोडेको थिएन। बेलायत जाने तयारी गर्दै थिए। त्यही बेला कोरियामा रहेका उनका केही साथीहरू अन्नपूर्ण बेस क्याम्प (एबिसी) जाने गरी नेपाल आउने भए। ती साथीहरूलाई लिन उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गए। पर्खने क्रममा उनी शौचालय गए। बाहिर निस्किँदा जे देखे, त्यसले उनको हृदय छोयो।

उभिएर हेरे। सोचमग्न भए। मन भारी भयो।

त्यही दृश्यले उनलाई नेपालमै बस्ने बनाइदियो।

‘एउटा बच्चा साउदी अरब जान लागेका आफ्ना बाबुको खुट्टा समातेर रोइरहेको थियो। नजाऊ न बाबा भन्दै थियो,’ प्रेमले भने, ‘त्यसपछि मैले आफैलाई सोधेँ – १९ वर्ष कोरिया बसेर पुगेन, अझै विदेश जान्छस्? अनि त्यहीँ उभिएर मैले विदेश नजाने कसम खाएँ।’

साथीहरूसँगै प्रेम पनि एबिसी गए। त्यो यात्राले स्वदेशमै बस्ने उनको मन झन् बलियो बनाइदियो। आफ्नै देशमा बसेर दुई जनालाई भए पनि रोजगारी दिने गरी काम गर्छु भन्ने अठोट गरे।

कोरिया बसेर कमाएको पैसाले काठमाडौंमा एउटा घर बनाउन सकेका थिए। त्यसबाहेक बचत थिएन। कुनै न कुनै काम त गर्नैपर्ने थियो।

बुबासँग २० हजार रूपैयाँ मागे। त्यही पैसाले ललितपुरको शंखमुलमा ‘कोरियन भाषा कक्षा’ सुरू गरे। त्यसपछि उनको व्यावसायिक यात्रा अघि बढ्यो।

काम गर्दै जाँदा निराशा उत्पन्न नभएको पनि होइन। तर अठोटका साथ रातदिन मेहनत गरे। परिणाम राम्रै हुँदै गयो।

आजसम्म पछाडि फर्किनुपरेको छैन।

‘धेरै पटक लडेँ तर हरेस खाइनँ। बीचमा फेरि विदेश जाऊँ कि भन्ने नलागेको होइन। तर आफूलाई सम्हालेँ,’ उनले भने, ‘जे काम गरे पनि मेहनत र निरन्तरता जरूरी रहेछ। मैले भाषा पढाएका झन्डै सात हजार विद्यार्थी दक्षिण कोरिया पुगेका छन्।’

prem-7-1735636115.jpg
आफू विदेशबाट डिपोर्ट भएको कुरा खुलस्त भन्नेहरू निकै कम हुन्छन् तर प्रेम निस्फिक्री छन्। उनी लुकाउँदैनन् बरू धेरैले थाहा पाऊन् भन्ने चाहन्छन्। विदेशबाट डिपोर्ट हुँदैमा हरेस खान हुँदैन भन्ने बुझाउन चाहन्छन्।

कोरियन भाषा पढाएर प्राप्त आम्दानीबाट उनले ‘घैंटे चिया’ नाममा चिया व्यवसाय सुरू गरे। अहिले घैंटे चिया ब्रान्ड नै बनेको छ।

२०७६ सालमा बागबजारबाट सुरू भएको घैंटे चिया हाल जाउलाखेल र मानभवनमा समेत छ।

उनी भन्छन्, ‘मैले नेपाली स्वाद फैलाउनुपर्छ भनेर घैंटे चिया एन्ड क्याफे सुरू गरेको हुँ। नेपाली चियाको संस्कार चिनाउने र चियाका पारखीहरूलाई स्वाद दिने काम गरेको छु।’

प्रेम कोरियन भाषा कक्षा र घैंटे चियामा रमाउँदै थिए। यही बीचमा कोरिया बस्दाका केही साथी र उनी मिलेर संयुक्त लगानीमा २०७८ सालमा एउटा रेस्टुरेन्ट खोले।

जाउलाखेलमा रहेको यो रेस्टुरेन्टले कोरियन स्वादको बार्बिक्यु सहित विभिन्न परिकार खुवाउँछ। यो टिममा ६ जना छन्। यीमध्ये कोही अझै कोरियामै छन् त कोही नेपालमा। 

प्रेम भन्छन्, ‘नेपालमै रोजगारी सिर्जना गर्नुपर्छ भनेर हामीले कोरियन स्वादको रेस्टुरेन्ट सुरू गरेका हौं। अहिलेको अप्ठ्यारोमा पनि ठीकै चलेको छ।’

उनले केही आफन्तसँग एउटा टिम बनाएर बुढानीलकण्ठमा ‘छिमेकी चुल्हो’ नामको रेस्टुरेन्ट पनि चलाएका छन्। ‘छिमेकी चुल्हो’ चलेको ५ वर्ष भयो। प्रेम संलग्न सबै खालका व्यवसाय गरेर कुल ९० जनाले रोजगारी समेत पाएको उनको भनाइ छ।

 

कोरियन भाषा शिक्षक र व्यवसायी भएपछि उनको जीवनमा अर्को एउटा रोचक समय आयो। जुन देशले डिपोर्ट गरेको थियो त्यसैले उनलाई ‘मल्टिपल भिसा’ दिएको छ। त्यसयता उनी वर्षमा एकपटक कोरिया जाने गरेका छन्।

‘कोरियन भाषाले मेरो जिन्दगी बदलिदियो। कोरियन भाषा र कोरियालाई सम्मान गर्छु,’ उनी भन्छन्, ‘मैले विश्वका धेरै देश घुमेको छु। नेपालपछि मलाई कोरियाकै माया लाग्छ।’

प्रेमले कोरियन भाषा पढाएको १४ वर्ष भयो। हाल उनको भाषा कक्षामा करिब पाँच सय विद्यार्थी छन्। हरेक वर्ष गरिब तथा जेहेनदार केही विद्यार्थी छनोट गरेर निःशुल्क पढाउँछन् र सबै खर्च आफै बेहोरेर कोरिया पठाउँछन्।

सन्जिव वगाले/सेतोपाटि ग्लोबल नेपाली बाट साभार

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Wincrown Caribbean Stud Poker Strategy

ContentsUnderstanding the Basic Rules of Caribbean Stud PokerAchieving the Perfect Caribbean Stud Poker StrategyWhen to Consider t...

Google Pay Deposits on Kingia: Supported Countries

Contents1. What is Google Pay and Why Use It at Kingia?2. Step-by-Step Guide to Making a Google Pay Deposit3. Supported Countries ...

VipLuck Bonus de Bienvenue Expiration: Ne le Perdez Pas à Cause du Temps

SommaireComprendre les Conditions de Délai du Bonus VipLuckLes Étapes pour Utiliser Votre Bonus Avant ExpirationStratégies pour Re...

Desktop versus mobile experience at maxwin casino online for live dealer blackjack tables

Live dealer blackjack has become the gold standard for online casino realism, but the platform you choose to play it on can dr...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×